समाचार

पोखरामा सातौं पर्वतीय महोत्सव शुरु

पोखरा । पर्वतीय दिवसको अवसरमा अन्र्ताराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् ।उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उनको भनाइ छ । ‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल… पुरा पढौ

सात वर्षदेखि अलपत्र पक्की पुलको काम सुरु

निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको हो । सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको उक्त पुलको म्याद तीन पटक थपिएको छ । पछिल्लो पटक थपिएको म्याद गत वर्षको भदौ ९ गते सकिँदा हालसम्म तीन वटा पिल्लरको मात्रै काम सम्पन्न भएको छ । नदी किनारमा दुई र नदीको बीचमा एउटा पिल्लर ठडिएको छ ।… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

पोखरा । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता अनुप जोशीले बताए । उनका अनुसार यस्तो खालको उद्धार अभ्यास हरेक दुई–दुई वर्षमा गर्ने गरिए पनि विमानस्थल… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा चुनावी खर्च सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछानले रु ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण आज बुझाएका हुन् । मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए… पुरा पढौ

व्यापार मेलामा बैंकहरुका आकर्षक योजनाहरु

पोखरा । बैंक तथा वित्तीय संस्थाहरु यतिबेला तरलता अभावबाट गुज्रिरहेका छन् । तरलता अभाव हटाउन बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्याज बढाएका छन् । तर, सोचेजस्तो निक्षेप संकलन भने भएको छैन । उता, अनुत्पादक क्षेत्रमा गरिने लगानीमा भएको कडाइले ती क्षेत्रमा गरिने लगानी संकुचित बनेको छ । यो परिस्थितिबाट बाहिर आउन बैंक तथा वित्तीय संस्थाहरुले नयाँ योजनाहरु भने अघि सारिरहेका छन् । भएकालाई सन्तुष्ट बनाउने र नयाँ ग्राहक थप्ने अघोषित प्रतिस्पर्धामा रहेका बैंकहरुले ग्राहक लक्षित विशेष योजनाहरु धमाधम सार्वजनिक गरिरहेका… पुरा पढौ

१३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवमा कास्की मोड्नाइज च्याम्पियन

पोखरा । १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवमा कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा पोखरामा शुक्रबार सम्पन्न भएको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत १ सय ६६ अंक सहित कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको हो । कास्की मोड्नाइज एकेडेमीले सिनियर बास्केटवल छात्र तर्फ उपाधि, व्याडमिन्टन सिनियर छात्र तथा छात्रा तर्फ दोहोरो उपाधि, फुटवल सिनियर तथा जुनियर सेभेन ए साइड फुटवल प्रतियोगितामा र टेवल टेनिस सिनियर छात्र तर्फ… पुरा पढौ

चेन हुई र पटेल जोडी आइटीएफ डबल्स विजेता

पोखरा । ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्समा प्रथम स्थान हाँसिल गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६–४, १–६ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पटेल जोडी विजयी भएका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीको जोडीले… पुरा पढौ

‘नेपाल क्यान्सर हस्पिटल’ले गर्यो पोखरामा क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम

पोखरा । ‘नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर’ हरिसिद्दि ललितपुरले पोखरामा क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। पछिल्लो समय नेपालमा बढ्दै गरेको विभिन्न खालका क्यान्सर र त्यसको अबस्थाको बारेमा हस्पिटलका नाक, कान, घाँटी, तथा थाइराइड क्यान्सर विशेषज्ञ डाक्टर प्रभात चन्द्र ठाकुरले नेपालमा क्यान्सर रोग र समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा सचेतना गराएका थिए। नेपाल क्यान्सर हस्पिटलले बिशेषतस् समाजमा सानो भएपनि क्यान्सर सम्बन्धि चेतना जागोस् भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरेको डा. ठाकुरले बताए । उनले समस्यामा परेका कतिपय… पुरा पढौ

छोरीको उपचार गर्न मनिपाल पुगेकी महिलाको अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यू

पोखरा, मंसिर २३ पोखराको मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यू भएको छ । पोखरा–१८ सराङ्कोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको अस्पतालको तेश्रो तलाबाट खसेर आज पूर्वाह्न ११ः५० बजे मृत्यू भएको कास्की प्रहरीले जनाएको छ । घर्ती मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी थिईन् । अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको हेरचाहमा खटिएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए… पुरा पढौ

भूकम्पपीडित भन्छन् स् ‘घरले पेट अघाउँदो रहेनछ’

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ करलिममा एकैनासका १० घर छन् । सिमेन्टको ब्लकको पर्खाल । निलो जस्तापातको छानो । झट्ट हेर्दा लाग्छ यहाँ बस्ने स्थानीय सुखी नै छन् । यहाँ बस्ने दलित समुदायको पीडा छुट्टै छ । विसं २०७२ वैशाखमा आएका भूकम्पले काठेखोला–५ काउले गाउँमा रहेको उनीहरुको घर भत्कियो । त्यही बर्खागाउँ नै पहिराले चिराचिरा प¥यो । घरसहित भएभरको सम्पत्ति पहिराको उच्च जोखिममा परेपछि उनीहरु घरबासविहीन भए । केही वर्ष उनीहरु छरछिमेकी र आफन्तकामा आश्रय लिएर बसे । सरकारले… पुरा पढौ