समाचार

फिफा विश्वकप: फ्रान्स र मोरक्को सेमिफाइनलमा

साबिक विजेता फ्रान्स र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। अब, फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनासँग सेमिफाइनल भिड्नेछन्। आइतबार बिहान सकिएको क्वार्टरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्सले अन्तिम ४ मा स्थान बनाएको हो। पहिलो हाफमा फ्रान्सका लागि १७ औँ मिनेटमा टचमेन्डीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो, जसमा कप्तान ह्यारी केनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। ७८ औँ मिनेटमा ओलिभर जिरुडको… पुरा पढौ

पत्रकार आरजू विष्ट ‘सल्यानी’ लाई युआरएल पत्रकारिता पुरस्कार प्रदान

पत्रकार आरजू विष्ट ‘सल्यानी’ युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्। गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ। प्रमुख अतिथ पोखराका मेयर धनराज आचार्य र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलको शुक्रबार आयोजित एक कार्यक्रममा नगदसहित सम्मानपत्र, खादा, माला लगाएर पत्रकार ‘सल्यानी’ लाई सम्मान गरेका हुन्। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा. सुरेश पौडेल र पत्रकार बासुदेव मिश्र सदस्य रहेको… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले प्रतिनिधि सभा र प्रदेश सभामा कास्कीबाट नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा कास्कीबाट निर्वाचित कास्कीका जनप्रतिनिधिहरुलाई मायाको चिनो र दोसल्ला ओढाइ बधाई, सम्मानसहित सफल कार्यकालको शुभकामना दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले संगठन विभाग प्रमुख तथा कास्की प्रदेश सभा १(१) बाट निर्वाचित प्रतिनिधि खगराज अधिकारीले शिक्षा र शिक्षक वर्ग समाजको सबैभन्दा माथि हुने भन्दै समाज परिवर्तनमा गुरुहरुको भूमिका अतुलनीय… पुरा पढौ

प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्राका सम्बन्धमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीको १६औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले प्रेसमाथि अङ्कुश लगाउने काम कहीँकतैबाट हुनु हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे । पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अङ्ग सचेत हुने बताउँदै मुख्यमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । जनहितविपरीतका गतिविधिमा सधैँ खबरदारी गर्नु सञ्चारकर्मीको दायित्व भएको बताउँदै उनले कोरोना कहरमा सञ्चारमाध्यमले… पुरा पढौ

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

काठमाण्डौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् । उनका अनुसार आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो समानुपातिक सांसदको नामावली

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली आयोगमा बुझाएको हो । पार्टी प्रवक्ता डा मुकुल ढकालका अनुसार पार्टीका तर्फबाट १३ जनाको नाम आयोगमा बुझाइएको हो । पार्टीले सन्तोष परियार, शिव नेपाली, डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर, सुमना श्रेष्ठ, डा चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत, लक्ष्मी तिवारी, मनिष झा, अशोककुमार चौधरी, असिम साहको नाम आयोगमा बुझाएको छ… पुरा पढौ

माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसीचौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावतीदेवी यादव र कल्पना मियाँ रहेका छन् । माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा… पुरा पढौ

ताङतिङमा निशुल्क स्वास्थ्य शिविर, १७३ जना लाभान्वित

पोखरा । कास्कीको मादी गाउँपालिका २ ताङतिङमा स्थानीयलाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । पोखरा रानीपौवास्थित आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी गाउँपालिका २ को समन्वयमा हिमालय मिलनमा एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको हो । नागार्जुङ स्वास्थ्य चौकीका प्रमुख हरिबहादुर गुरुङले सो स्वास्थ्य शिविरमा १ सय ७३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको जानकारी दिए । उनका अनुसार शिविरमा ४७ जनाले सामान्य प्रयोगशाला परिक्षण, ६० जनाले भिडियो एक्सरे तथा इसिजी… पुरा पढौ

नेपालको जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता, पायो एम्सको सदस्यता

पोखरा । नेपालकै जेठो म्याराथन–‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्वभरका दौडहरु ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता प्राप्ती संगै यसले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ भने आगामी फागुन ६ गते १७ औं सस्करणको तयारीमा जुटिसेको छ । हालै मात्रै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको दौड रुटले मान्यता पाएको थियो भने लगतै एम्सको… पुरा पढौ

एमाले कास्कीले धन्यवाद एवं बधाई सभा गर्ने, महासचिव पोखरेल आउने

पोखरा। नेकपा (एमाले), कास्कीले यही मंसिर २७ गते बृहत् कार्यकर्ता भेलासहित बधाई एवं धन्यवाद ज्ञापन सभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा बिहान ११ बजे हुने भेलालाई एमाले महासचिव शंकर पोखरेल लगायतका केन्द्रिय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए। सो सभामा पार्टीको तर्फबाट मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार र प्रतिस्पर्धी उम्मेदवारसहित कास्कीका अगुवा नेता, कार्यकर्तासहित आम जनसमुदायलाई सहभागी हुन कार्यवाहक अध्यक्ष अधिकारीले अपिल समेत गरेका छन्… पुरा पढौ