समाचार

बारीमै कुहिन थाल्यो अदुवा,कम मूल्यमा बिक्री गर्न बाध्य किसान

तनहुँ । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउछन् । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ”, उनले भने। गत वर्ष अदुवाको माग नभएपछि बिक्री गरिएको थिएन । यस वर्ष पनि माग नआएको उनी बताउछन् । “बारीमै कुहिनुभन्दा कम मूल्यमै बेच्न थालेका… पुरा पढौ

बंगलादेशमा विपक्षी दलको कडा विरोध

नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दलका करिब १ लाख समर्थक शनिबार ढाकामा भेला भएका छन्। विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सबै सात सांसदले उक्त कार्यक्रममा संसद्बाट राजीनामा दिने घोषणा गरेका छन्। यससँगै देशको विधायिकालाई मुख्यतया रबर स्ट्याम्पको रूपमा छोड्नेछ। पश्चिमा सरकार र संयुक्त राष्ट्रसंघले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन्। यो एसियाको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो। तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेलको आयात स्थगित गर्न बाध्य… पुरा पढौ

समानुपातिक सांसदहरुको सूची सच्याउन दलहरुलाई २ दिन समय

निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिकतर्फको सांसदहरुको सूची सच्याउन भोलि (सोमबार)सम्मको समय दिएको छ। समानुपातिक सिद्धान्त र क्लस्टरअनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले दलहरुलाई आज (आइतबार र भोलि (सोमबार) समय दिएको हो। आयोगको तालिकाअनुसार दलहरुले शनिबार सामानुपातिकतर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए। ती नामावलीभित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ। दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ। निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ। यदि क्लष्टर नमिलेको भए सच्याएर पुन: पेस गर्न… पुरा पढौ

समानुपातिक सांसदको नामावली सोमबार सार्वजनिक गरिदैं

निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्दैछ। राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगको तयारी छ। राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले समानुपातिकतर्फबाट सांसद भएको एक हप्ताभित्र निर्वाचनसम्बन्धी संपूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीसमक्ष बुझाउने जनाएको छ। मंसीर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले) ले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले… पुरा पढौ

गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्छ : भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् । आज दमौलीको बीपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताए । उनले सङ्गठन सुदृढीकरण गर्न सकेको भए निर्वाचनमा कांग्रेसले अझ बढी सिट जित्न सक्थ्यो भन्दै सङ्गठन सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । रासस पुरा पढौ

१०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना

बागलुङमा चालू आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ ।  शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने बागलुङका  एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार र ३५ विद्यालयमा आइसिटी ल्याब स्थापनासँगै एक सय ४३ विद्यालयलाई स्थानीय पालिकामार्फत सम्झौता गरेर कार्यान्वयन गर्न थालिएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौमा… पुरा पढौ

गण्डकी प्रदेशसभाको समानुपातिकमा एमालेबाट १० सांसद छानिए

नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ। शनिबार एमालेले चयन गरेका १० सांसदमा कास्की र बागलुङका नेताहरुको बर्चस्व छ। समानुपातिकमा खसआर्य महिलातर्फ यशोदा रिमाल (लजमुङ) र देवका पहाडी (कास्की) छन् भने खसआर्य पुरुषतर्फ कृष्णप्रसाद पाठक (बाग्लुङ) र प्रकाशबहादुर केसी (कास्की) छन्। त्यस्तै, आदिवासी जनजाति महिलातर्फ विनाकुमारी थापा (बाग्लुङ) र निर्मला थापा (स्याङ्जा) छन्। यसैगरी, अल्पसंख्यकतर्फ राजकुमारी भुजेल (कास्की), आदिवासी जनजाति पुरुषतर्फ लिलाबहादुर थापामगर (बाग्लुङ) तथा दलिततर्फ नन्दकला दमाई (कास्की) र गोविन्दबहादुर नेपाली (बाग्लुङ) छन्। पुरा पढौ

सुपादेउराली दर्शन गरेर फर्कदै गरेको कार दुर्घटना हुँदा एकै परिवारका ५ जना घाइते

गोरूसिङ्गे–सन्धिखर्क सडक खण्डको शितगंगा–२ सितापुर राजुबास झोलङगेपुल नजिकै कार दुर्घटना हुँदा एकै घर परिवारका ५ जना घाइते भएका छन्। तनहुँ जिल्लाबाट सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको जिप सडकबाट झन्डै ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा परि घाईते हुनेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ बर्षीय लक्ष्मी त्रिपाठी, ५२ बर्षीय अंशु त्रिपाठी, २७ बर्षीय शिशिर त्रिपाठी, २५ बर्षीय प्रकृति त्रिपाठी र कार चालक ३१ बर्षीय शिशन त्रिपाठी घाइते भएको प्रहरीले जनाएको छ।… पुरा पढौ

आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस

आज अंग्रेजी डिसेम्बर महिनाको ११ तारिक अर्थात अन्तर्राष्ट्रिय पर्वतीय दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्वमा जोड दिँदै हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो। यस वर्षको पर्वतीय दिवसमा 'Women move mountain’ अर्थात् ‘महिलाहरूले पर्वतलाई चलाउन सक्दछन्’ नारा तय गरेको छ। लैगिंक क्षमता र प्रकृतिलाई जोडेर यस वर्ष विश्व पर्वतीय दिवसको खाका कोरिएको हो। दिवसको अवसरमा नेपाल पर्वतारोहरण संघले विभिन्न कार्यक्रम गर्ने गरेको छ। पोखरामा… पुरा पढौ

खड्ग र सन्तोषीले जिते नेपालगञ्ज म्याराथनको उपाधि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन्। नेपालगञ्जमा भएको म्याराथनमा खड्काले निर्धारित दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्। म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमश: नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए। रावतले निर्धारित दूरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा पूरा गरे। यसअघि, सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए। उपाधि विजेता खड्काले… पुरा पढौ