समाचार

प्रदेश सरकार खर्चिला भए भन्ने भ्रम नपाल्न गण्डकीका मुख्यमन्त्री पाण्डेको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जुन रुपमा प्रदेश सरकार खर्चिलो भयो भनेर बाहिर प्रचार भइरहेको छ, त्यो भ्रम मात्र भएको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सातौँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘सङ्घीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका’ विषयक नीति संवाद कार्यक्रममा मुख्यमन्त्री पाण्डेले त्यस्तो भ्रममा नपर्न आग्रहसमेत गरे । महालेखाको वित्तीय विवरणअनुसार सङ्घ सरकारको ५० प्रतिशत, स्थानीयको ४५ प्रतिशत र प्रदेश सरकारको पाँच प्रतिशत खर्च हुने गरेको तथ्याङ्क मुख्यमन्त्री पाण्डेले जानकारी दिए । गण्डकी प्रदेश सरकारले… पुरा पढौ

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण सम्पन्न भएको छ । पोखराको सेती पुल भने निर्माणाधीन छ । उक्त पुलको भौतिक प्रगति ५८दशमलव ३७ प्रतिशत पुगेको आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माण पूरा भइसकेको प्रमुख कुँवरले बताए । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ । पोखरा–मुग्लिन… पुरा पढौ

शेरबहादुर देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्ने प्रहरीको तयारी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्ने तयारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले रेड नोटिस जारी गर्नको लागि तयारी थालेको हो ।उपचारका लागि सुरुमा सिंगापुर गएका देउवा र सुरुमा दिल्ली पुगेकी आरजु त्यसपछि हङकङ गएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र आरजु राणाविरुद्ध पक्राउ अनुमति मागेको थियो । सोही आधारमा जिल्ला अदातल काठमाडौंले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति दिएको हो । हाल देउवा दम्पती… पुरा पढौ

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ । केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेश विपरीत हुनेगरी शैक्षिकसत्र प्रारम्भ हुनपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्नेगरेको कार्य सच्च्याउन यही चैत २२ गते निर्देशन दिइएको थियो । केही संस्थागत विद्यालयबाट अझै पनि कानुन विपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको सन्दर्भमा… पुरा पढौ

गण्डकी प्रदेशमा स्वास्थ्य विमा प्रभावकारी, ६७ प्रतिशत परिवार बीमामा आबद्ध

गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ०१ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयको पछिल्लो आँकडाअनुसार गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बीमा भएको छ । जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको बोर्डका प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिए । कुल बीमितमध्ये सेवा लिनेको सङ्ख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४ दशमलव ०४ प्रतिशत रहेको छ । बीमा… पुरा पढौ

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली… पुरा पढौ

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । झण्डै एक वर्षको अवधिमा… पुरा पढौ

अण्डर–२० फुटसल प्रतियोगिता सम्पन्न, न्युरोड क्लब विजयी

पोखरामा आयोजित फुटसल प्रतियोगिताको उपाधी न्यूरोड फुटबल क्लबले उचालेको छ । न्युरोड युवा क्लब र पोखरा महानगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा शुक्रबार र शनिबार आयोजित प्रतियोगितामा उपविजेता भने सहारा फुटबल क्लब भएको छ। विजेता टिमले नगद ३० हजार, ट्रफी र मेडल र उपविजेताले १५ हजार ट्रफी र मेडल हात पारेका छन् ।त्यसै गरी उत्कृष्ट गोल रक्षकको ट्रफी सिद्धान्त श्रेष्ठले पाउन सफल भए भने उत्कृष्ट खेलाडीको ट्रफी गौरब थापाले प्राप्त गर्न सफल भएका थिए ।युवाहरूको खेल प्रतिभा अभिवृद्धि गर्ने… पुरा पढौ

‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’

नेपाल ट्रेड युनियन कांग्रेसले नेपालको संविधानमा नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेकाले यो अधिकार खोस्न नहुनेमा जोड दिएको छ । युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानको धारा ३४ को ३ ले श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदावाजी गर्न पाउने हकको ग्यारेन्टी गरेकाले ट्रेड युनियन खारेज गर्न नहुने स्पष्ट पारेको हो । युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले शासकीय सुधारका दृष्टिले सरकारले ल्याएका कार्यक्रम राम्रा भए पनि बुँदा नं १२ मा ट्रेड युनियन खारेज गर्ने निर्णय… पुरा पढौ

मगर जातिको इतिहास र भर्तीको फन्दा बजारमा

लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् । इतिहास तथा संस्कार र संस्कृति गरि दुई भागमा विभाजित ‘‘मगर जातिको इतिहास’’ पुस्तक १ सय ७६ पृष्ठको छ । पुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामाकरण , मगरात, मगरको मुल थलो, मगर राज्य र राजाहरु, मगरका थर र उप थर , मगर भाषा, धर्म संस्कार,… पुरा पढौ