समाचार

कास्की प्रहरीको सक्रियता,फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो । अभियानअन्तर्गत शुक्रबार मात्रै दश जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । यस्तै, गत बिहीबार चेक अनादर कसुरमा नौ जना र मङ्गलबार चेक अनादर र चोरी मुद्दामा गरी छ जना फरार प्रतिवादी पक्राउ परेका थिए । शुक्रबार पक्राउ परेकामध्ये चेक… पुरा पढौ

पोखराका व्यवसायीहरुको गुनासो, महानगरमा कर तिर्न जाँदा सास्ती किन ?

पोखरामा विभिन्न व्यवसायमा आवद्ध संस्थाका प्रतिनिधिहरूले पोखरा महानगरपालिका कार्यालयमा व्यवसायिक कर तिर्न जाँदा अनावश्यक झन्झट र सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। । शनिबार आयोजित जुत्ता व्यवसायी संघ कास्कीको टेबल क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै व्यवसायीहरूले अहिले ऋणधन गरेर व्यवसाय धान्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कर तिर्न जाँदा समेत विभिन्न बहाना देखाएर समस्या सिर्जना गरिएको बताएका हुन्। उनीहरूले कर तिर्ने प्रक्रिया सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। । बुद्ध बजार व्यवसायी एसोसियसन पोखराका अध्यक्ष बुद्धिबहादुर कुँवरले घरधनीले घरबहाल कर तिरेको प्रमाण… पुरा पढौ

फेवा महोत्सवको तयारी सकियो,आइतबार उद्घाटन हुँदै

२१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । चैत २९ गतेबाट सुरु हुने महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । खहरेदेखि सहिदचोकविचको सडकमा आयोजना हुने महोत्सवमा भाग लिन पर्यटकहरु पोखरा आउने क्रम सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । खहरे चोकबाट विभिन्न सांस्कृतिक झाँकी र र्यालीसहित बिहान ११ बजे महोत्सव सुरु हुने र अम्बोटमा पुगी उद्घाटन समारोहमा परिणत हुने अध्यक्ष सुवेदीले बताए ।… पुरा पढौ

गण्डकी विश्वविद्यालयबाट ४४ जना छात्रछात्रा दीक्षित,“शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन”–मुख्यमन्त्री पाण्डे

गण्डकी विश्वविद्यालयबाट यस बर्ष ४४ जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको प्रथम ऐतिहासिक दीक्षान्त समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ४४ जना छात्रछात्रा दीक्षित गरे । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताए । उनले वर्तमान समयको आवश्यकताअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिक जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याए । मुख्यमन्त्री पाण्डेले वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोगमार्फत उत्पादन, उद्योग र वितरण प्रणालीमा नवीनता ल्याउनुपर्ने बताए । विश्वविद्यालयका… पुरा पढौ

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक रहेको परराष्ट्रमन्त्री खनालको जोड

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका छन् । मौरिससको पोर्ट लुइसमा आजदेखि सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको उल्लेख गरे । परराष्ट्रमन्त्री खनालले मध्यपूर्वमा भइरहेको द्वन्द्वका क्रममा नेपालले एक जनाको ज्यान गुमाइसकेको र अन्य केही घाइते भएको उल्लेख गरे । “मध्यपूर्वमा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन्… पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलको ४१ औं वार्षिकोत्सव सम्पन्न, पत्रकार पौडेलसहित शिक्षक, कर्मचारी र पुर्व विद्यार्थी सम्मानित

पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोडिङ स्कुलले बिभिन्न कार्यक्रम गरी ४१ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयमा शनिबार आयोजित कार्यक्रममा विद्यालयले पोखरामा रही शिक्षा पत्रकारिताको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पत्रकार शिशिर पौडेललाई सम्मान गरेको छ । दुई दशक देखि पोखरामा रही पत्रकारितामा क्रियाशिल पौडेल सहित सोही विद्यालयमा अध्ययन गरी एमविविएसमा पुर्ण छात्रवृति प्राप्त गर्न सफल कृषा श्रेष्ठ, ईन्जिनियरिङमा छात्रवृति प्राप्त गरेका प्रसिद्ध पराजुली, बिडिएस तर्फ छात्रवृति पाएका शिव हमाललाई कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नंं. १ का वडाध्यक्ष… पुरा पढौ

माउन्ट अन्नपूर्ण माविमा कक्षा १२ का विद्यार्थीको विदाई

पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका बिद्यार्थीलाई शुक्रवार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थी र बिद्यालयको संयोजनमा भएको कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले उदघाट्न गरेका थिए । उक्त अवसरमा बोल्दै प्रधानाङ्गले बिद्यार्थी बिदाई भएर गए पनि उनीहरु बिद्यालयको हिस्सा भएको बताए । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय… पुरा पढौ

मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल

गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटर फाइनलका खेल सकिएका छन् । मालेपाटन खेलमैदानमा आज भएको पहिलो खेलमा आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सलाई ३–० को गोल अन्तरले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकतामाथी एनके एफसीले ३–० गोल अन्तरले सहज जीत निकाल्यो । तेस्रो खेलमा एट टु नाइनलाई पोखरा १५ ले २–० गोलले पराजित गर्दै पोखरा १४ क्वाटरफाइनलमा प्रवेश गर्यो । यस्तै चौथों… पुरा पढौ

रात्रिकालीन सडक दौड प्रतियोगितामा ३ देशका १०० बढी धावक सहभागी हुँदै

पर्यटकीय राजधानी पोेखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड प्रतियोगिता २०८३ को तयारी पूरा भएको छ । जाग्छ पोखरा दौडाउँछ पोखरा भन्ने उद्घोषका साथ शनिबार साँझ ७ः०० बजे बराहीघाटबाट सुरु हुने उक्त प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० भन्दा बढी धावकको सहभागिता रहने आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ । बाराहीघाटदेखि सुरु हुने प्रतियोगिता सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क फल्चामा पुगेर समापन हुने छ ।प्रतियोगितामा खुला, महिला, विदेशी तथा… पुरा पढौ

पोखरामा एकल महिलाको हत्यामा आफ्नै भाञ्जा संलग्न

पोखराको सभागृह चोक नजिकै धारिलो हतियार प्रहार गरी एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ५ जिरो किलोमिटर घर भई हाल वडा नम्बर १८ सेदी बस्दै आएकी सिर्जना केसी पौडेलको हत्यामा संलग्न भएको आरोपमा पर्वत कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।गत बुधबार शिवालय चोक नजिकै सिर्जनालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका… पुरा पढौ