समाचार

बिरामीलाई डायलासिस उपचारमा सहज

दमौली अस्पतालमा सञ्चालित डायलासिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन् । तनहुँ सहित छिमेकी लमजुङ, गोरखा र कास्की का मिर्गौला पीडित बिरामीलाई डायलासिस गर्न सहज भएको छ । विसं २०७२ मङ्सिर २ गतेदेखि रु एक करोड २५ लाखको लागतमा दमौली अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । हाल डायलासिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शाखा प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । डायलासिस सेवा सञ्चालन भएदेखि हालसम्म दुई सय २८ जनाको ४२ हजार पाँच… पुरा पढौ

मध्यरातमा एमाले नेता काफ्ले माथि आक्रमण

गोरखा सम्वाददाता । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा चुनाव प्रचारमा हिडेका एमाले नेता कार्यकता माथि एमालेकै युवा संगठन युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो रिसोर्टमा गएराती युवासंघ नेपाल भानु गाउँपालिकाका अध्यक्ष चिजबहादुर लामा समुहमा रहेका युवाहरुले चुनाव प्रचारमा हिडेको आफ्नौ पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरी काफ्लेका टाउकोमा बियरको बोतलले हानेर गम्भीर घाइते बनाएका हुन् । ‘भानुका युवा संघका अध्यक्ष चिजबहादुर लामा सहित राम सापकोटा, अन्जन पन्त लगायतका युवाहरु दिउँसोदेखि… पुरा पढौ

हेमजाको सुईखेत खोला नियन्त्रण गर्न एमाले उम्मेदवारको जोड

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेल बैरागी र ३ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले पोखरा २५ हेमजामा रहेको सुईँखेत खोलाले वर्षेनी मानव वस्ती र खेतियोग्य जमिनमा असर गरेको भन्दै यसको नियन्त्रण गर्ने बताएका छन् । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घरदैलो पछि हेमजाको कालिकाचोकमा भएको कोणसभामा उनीहरुले सुईखेत खोलाको नियन्त्रण गर्ने नयाँ भिजन आफूहरुसँग भएको बताउँदै हेमजावासीले आउदो वर्खामा सुईखेत खोलाको असर भोग्न नपर्ने उल्लेख गरे ।… पुरा पढौ

गोरखामा चुनावी माहौल ह्वात्तै बढ्यो

गोरखा । प्रतिनिधि सभा र प्रदेश सभाको मँसिर ४ गते हुने निर्वाचनको माहौल गोरखामा ह्वात्तै बढेको छ । बजारका चोक, गल्ली, गाउँघरका चौतारा, चियापसलमा जताजतै राजनैतिक परिचर्चा हुने गरेको हो । मानिसहरुले प्रचण्ड गोरखा आउनुको कारणबारे जिज्ञासा खोजिरहेका छन् । २२ वर्षको कलकलाउँदो उमेरमा गोरखा आएर शिक्षण गरेका र निल परेको विद्यालयलाइ प्रथम श्रेणी सहितको उत्कृष्ट विद्यालय निर्माण गरेका प्रचण्डले गोरखामा नै बसेर राजनैतिक यात्रा तय गरेका थिए । पञ्चायत विरोधी आन्दोलन गोरखा बसेर नै गरे । जनक्रान्ति र गणतन्त्रको… पुरा पढौ

हवाई प्रदर्शन गरिरहेका दुई सैनिक विमान आपसमा ठोक्किएपछि…

अमेरिकाको टेक्सास राज्यको डल्लासमा हवाई प्रदर्शनीको क्रममा शनिबार दुईवटा सैनिक विमान आपसमा ठोकिएर दुर्घटनाग्रस्त भएका छन्। ती विमान विस्फोट हुँदा आकासमा आगोको डल्लो र कालो धुवाँको मुस्लो फैलिएको थियो। तर, विमानमा कति जना सवार थिए भन्ने अझै स्पष्ट भइसकेको छैन। सहरको मध्यभागदेखि करिब १० माइल टाढाको डल्लास विमानस्थलमा तत्कालै आपतकालीन उद्धार टोली घटनास्थलमा पुगेको थियो। न्युज फुटेजमा विमानस्थल परिसरको घाँसे मैदानमा विमानस्थलका भग्नावशेष छरिएका देखिन्छन्। डल्लास अग्नि–उद्धार टोलीले दुर्घटनाका कारण जमिनमा रहेका अन्य कुनै पनि व्यक्ति घाइते नभएको दी डल्लास… पुरा पढौ

अमेरिकी मध्य निर्वाचन: सिनेटमा डेमोक्रयाट, सदनमा अनिर्णित

अमेरिकी सिनेटमा डेमोक्रयाटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ। योसँगै उक्त दलले आगामी २ वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ। नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्रयाटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ। सिनेटमा अब डेमोक्रयाटसँग ५० सिनेटर भएका छन् भने रिपब्लिकनका ४९ जना मात्र छन्। प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको। यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ। पछिल्लो मत परिणामअनुसार रिपब्लिकन पार्टीले २११ स्थान जितेको छ भने डेमोक्रयाटिक पार्टीले २०४ सिटमा विजयी भएको… पुरा पढौ

पोखराको २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्कसहितका आकर्षक पोखरी निर्माण गर्न स्थानीयको आग्रह

पोखराको २१ र ३३ मा अत्याधुनिक मनोरञ्जन पार्कसहितका आकर्षक स्मार्ट ३ पोखरी निर्माण गर्न स्थानीयले आफ्नो क्षेत्रका एमाले उम्मेदवारहरुलाई आग्रह गरेका छ्न्। निर्वाचन अभियानका क्रममा सो क्षेत्रका मतदाता भेटघाटमा नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीलाई स्थानीयहरूले यस्तो आग्रह गरेका हुन्। साविकको भरतपोखरी, निर्मलपोखरी, भोटेपोखरी र कृष्तीका स्थानीयहरूले अत्याधुनिक आइटी सुविधा र मनोरञ्जन पार्कसहितका आकर्षक स्मार्ट ३ पोखरी निर्माण गर्ने योजना बनाउन आग्रह गरे। पोखरीहरूको भेगको रूपमा परिचितसमेत रहेको… पुरा पढौ

दीपक कोइरालाको पहिचान, व्यवहारमा मिलनसार, काममा परिपक्व

हरेकजसो चुनावी सभामा काँग्रेस नेता यज्ञबहादुर थापा कास्की–१ को (१) मा प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाको तारिफ गर्छन्। कोइरालाले आफ्नो पहिलो कार्यकालमा थुप्रै काम गरेको भएपनि प्रचार–प्रसार नगरेकोमा गाली पनि गर्छन्। थापा भन्छन्, ‘उनी मिजासिलो छन्। सबैसँग मिल्छन्। धेरै काम गरेर पनि आफूले यो, यो गरे भनेर भन्न जान्दैनन्।’ पूर्वमन्त्री समेत रहेका थापा उम्मेदवार कोइरालाले चुनाव जितेपछि प्रदेशको ‘पावरफुल’ मन्त्रालय सम्हाल्ने पक्कापक्की रहेको मतदातालाई बताउँछन्। ‘यत्तिको युवा नेता यो क्षेत्रले पाएको छ। जितेर गएपछि मन्त्री बन्छ, बन्छ,’ उनले मतदाताको बीचमा… पुरा पढौ

देशलाई सबैभन्दा माथि राखेर काम गर्छु: बराल

कास्की–१ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश सबैभन्दा माथि भएको बताएका छन्। देशलाई सबैभन्दा माथि राखेर देश र जनताको सेवा गर्नका लागि आफ्नो उम्मेद्बारी भएको उनको भनाई छ। उनले गठबन्धन देशको आवश्यकता भएको उल्लेख गरे। बरालले गठबन्धन निर्वाचन जित्नका लागि र कसैलाई सत्तामा पुर्‍याउनका लागि मात्र नभएको स्पष्ट पारे। उनले देश बचाउन र उपलब्धीको रक्षाका लागि गठबन्धन भएको उल्लेख गरे। पोखरा–२७ मा आइतबार घर–दैलो र मतदाता भेटघाट गर्दै पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार समेत रहेका बरालले जनतालाई झुटो… पुरा पढौ

कस्केली जनताले देखेका विकासका मोडेललाई पूरा गर्ने प्रतिबद्धतासहित निर्वाचनमा होमिएकी विद्या भट्टराई

विद्या भट्टराई, नेपालको पछिल्लो राजनीतिमा एक गर्विलो नाम हो। स्वच्छ र पारदर्शी छविले पछिल्लो समय सबैको मन जितेर राजनीतिमा स्थापित भट्टराई तार्किक, बौद्धिक, प्राज्ञिक र सरल व्यक्तित्वको रूपमा चिनिन्छिन्। यसअघि, भएको उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ बाट अत्यधिक मतले निर्वाचित भट्टराई पार्टी प्रतिको निरन्तर लगनशीलता र वफादारितासँगै कस्केलीको अगाडि पुन: चुनावी मैदानमा छिन्। सामाजिक विभेद र आर्थिक असमानताका कारण महिलाहरू राजनीतिमा प्रतिस्पर्धी बन्ने सवालमा देखिएका चुनौतीहरुलाई सामना गरेर राजनीतिमा आउन चाहने आम महिलाका लागि उनी एक संघर्षशील र उदाहरणीय व्यतित्व… पुरा पढौ