समाचार

गठबन्धनका उम्मेदवार भन्छन, पहिलो प्राथमिकतामा कृषि सडक

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका साझा उ्रम्मेदवारले पहिलो प्राथमिकतामा कृषि सडक राखिएको बताएका छन् । शनिवार विहान मतदातासँग भेट्दै उनीहरुले अधिकाशं मतदाता कृषिमा नै आत्मर्निभर भएकाले उनीहरुको आवश्यकता कृषि सडक रहेको बताए । सडक लगायत भौतिक पूर्वाधारमा काम गरिए पनि जनतालाई राहात पुग्ने गरि कृषि सडक भने नभइसकेको उनीहरुले बताएका थिए । आगामी दिनमा कृषि सडक बनाउनका लागि गठबन्धनका सवै उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरेका छन् । चालु आर्थिक वर्षमा पाँच दलिय गठबन्धनको सरकारले… पुरा पढौ

चुनावमा नाजायज चन्द संकलन र खर्च नगर्ने वेद वहादुर गुरुङ (श्याम)को घोषणा

पोखरा । नेकपा एमालेका उम्मेदवार वेद वहादुर गुरुङ श्यामले चुनाव जित्नको लागि नाजायज चन्द संकलन र खर्च नगर्ने घोषणा गरेका छन् । नेकपा (एमाले) को तर्फबाट कास्की १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार गुरुङले सामाजिक संजाल फेसवुकमा पोष्ट सेयार गर्दै उक्त कुरा व्यक्त गरेका हुन् । गुरुङले लेखेका छन् ‘चुनाव जित्नकै लागि म नाजायज चन्द लिदिनँ र नाजायज खर्च पनि गर्दिनँ ।’ उनले वर्तमान अवस्थामा नेताहरुले चुनाव जित्न अनेक तिकडम गर्ने कुरा पनि बताएका छन् । ‘म अनुचित… पुरा पढौ

पोखरा –१५ को ५ औँ संस्करणको सफाइ अभियान, दुई मतदान केन्द्र वरपर सरसफाइ

पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ को ५ औँ संस्करणको बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।पोखरा –१५ फलेपाटनस्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालय परिसरबाट सुरु भएको सफाइ अभियान कोल पाटन हुँदै राधे राधे मन्दिरसम्म पुगेर सम्पन्न भएको हो। सफाइ कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान स्वरूप सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताए। विशेष गरी आजको सफाइ कार्यक्रम आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको मतदान… पुरा पढौ

पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिनुस्: विन्दु कुमार थापा

पोखरा । कास्की२(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार विन्दु कुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् । ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले… पुरा पढौ

मदरल्याण्डको आकस्मिक रक्तदानमा १३३ युनिट रगत सङ्कलन

पोखरा। जीवनरक्षाका लागि रक्तदान भन्ने उद्देश्यका साथ नेपाल युवा रेडक्रस सर्कल मदरल्याण्ड माध्यमिक विद्यालय पोखराको आयोजना तथा क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा शुक्रबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि आकस्मिक रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा १३३ युनिट रगत सङ्कलन भएको कुरा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले बताएका छन्। प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति डण्डराज शर्मा र विद्यालय निर्देशक त्रिभुवन शर्माले संयुक्तरूपमा पहिलो रक्तदाता विद्यालयका प्राचार्य नारायण बराललाई ब्लड ब्याग हस्तान्तरण गरि… पुरा पढौ

राजनीतिलाई समाज सेवा ठान्ने गणेशमान

पोखरा, कात्तिक २६ प्रायजसो सबै नेताले पेशा के गर्नुहुन्छ ? भनेर सोध्यो भने राजनीति भन्छन् । किनकी उनीहरुले राजनीतिलाई नै पेशा बनाए । खासमा राजनीति सेवा हुनुपर्ने हो । तर नेपालमा राजनीतिलाई सेवा भन्दा पेशा नै ठान्नेको भीड छ । तर सबैलाई एउटै बास्केटमा हालेर सबै उहि ड्याङ्को मुला त हो नि भनिहाल्नुपनि हतारो हुन्छ । किनकी राजनीतिलाई सेवा ठान्नेहरुपनि छन् । ती मध्ये एक हुन् कास्की निर्वाचन क्षेत्र नम्बर–३ (१) का एमाले उम्मेदवार गणेशमान गुरुङ । तस्बिर : उमेश… पुरा पढौ

जनमतको कदर गर्दै सेवामा खटिरहन्छु : बराल

पोखरा । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले जनमतको उच्च कदर गर्दै सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गरेका छन् । झुटो कुरा नगर्ने र सक्ने कुरा मात्र गर्ने भन्दै उनले जनपक्षिय काम गर्ने बताए । शुक्रबार पोखरा २९ मा घरदैलो र मतदातासँग भेटघाट गर्ने क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिदै भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउन प्रयास गर्ने प्रतिवद्वता व्यक्त गरे । ‘आज मात्रै होइन, भोलि पनि भेटिनुपर्छ उनले भने – झुटो नबोलि जनताले प्राथमिकताका आधारमा तय… पुरा पढौ

जनताको विश्वासलाई कहिल्यै घात गर्ने छैन : मनबहादुर गुरूङ

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनता र पार्टीले गरेको अपार विश्वास र माया माथि आफुले कहिल्यै घात नगर्ने बताएका छन् । चुनाव केन्द्रित घरदैलो कार्यक्रम अन्तर्गत मादी गाउँपालिका वडा नम्वर १२ का मतदातासँग उनले विगतमा आफ्नो पार्टीले गरेका कार्यहरु प्रस्तुत गर्दै अबको ५ बर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिवद्धता जनाए । नेकपा एमालेका कास्की जिल्ला अध्यक्ष समेत रहेका… पुरा पढौ

अधिकार दिनुहोस कर्तव्य पुरा गर्दछौ : विद्या भट्टराई

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिनुहोस कर्तव्य पुरा गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले आवश्यक निती निर्माणसंगै यस क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले पोखरामा थपिएका नयाँ वडाहरुको घरदैलो कार्यक्रममा मतदाताको पहिलो आवश्यकता सडक निर्माण रहेको उल्लेख गर्दै त्यसका लागि सम्भाव्यता अध्ययन गरे तीनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याइन् । जुनसुकै… पुरा पढौ

उपप्रमुख गुरुङको नेतृत्वमा कात्रे, बाम्दी घाटीछिनाँ सडक अनुगमन

पोखरा । पोखरा महानगरपालिका २३ हुदैँ पञ्चासे र कास्कीको अन्नपूर्ण गाँउपालिका जोडने सडक निर्माणमा ढिलाई भएपछि पोखरा महानगरपालिको अनुगमन समितिले शुक्रबार अनुगमन गरेको छ । पोखरा २४ पामेदेखि पोखरा २३ को कात्रे, बाम्दी, घाटीछिना हुदै पञ्चासे पुग्ने सडकको निर्माण कार्य ढिलाई भएको भन्ने गुनासो आएपछि पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा प्राविधिक सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनमा पोखरा वडा नम्वर ४ का अध्यक्ष एवं अनुगमन समितिका सदस्य देवकृष्ण पराजुली, कार्यपालिका सदस्य मन्दिरा गौतम, महानगर… पुरा पढौ