समाचार

भोट तान्न स्थानीय ‘एजेण्डा’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन नौ दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव्र बनेको छ । गाउँगाउँमा आयोजित चुनावीसभामा उम्मेदवार र राजनीतिक दलका नेताले राष्ट्रिय एजेण्डाभन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् । गाउँगाउँमा आयोजित आमसभामा उम्मेदवारले माहोल बनाउन र मतदाता रिझाउन प्रयास गरिरहेका छन् । मतदानमा सहभागी हुने दिन नजिकिँदै जाँदा वडास्तरमा भइरहेका सभामा उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् । कलकारको टोलीसहित उम्मेदवार वडामा पुग्न थालेपछि चुनावी माहोल पनि तात्दै गएको छ । आफ्नो पार्टीको… पुरा पढौ

संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताएका छन । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनु परेको चर्चा गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए… पुरा पढौ

केशवटारमा पानीटयाङ्की निर्माण

व्यास नगरपालिका–१४ केशवटारमा एक लाख ८० हजार लिटर क्षमताको पानीटयाङ्की निर्माण गरिएको छ । नेपाल सरकारको रु सात करोड ७८ लाख लगानीमा एक घर, एक करेसाबारी कार्यक्रमअन्तर्गत खानेपानी आयोजनाको पानीटयाङ्की निर्माण गरिएको हो । खानेपानी आयोजना अन्तर्गत गजौदी खानेपानी आयोजनाको दुईवटा टयाङ्की निर्माण गरिएको वडासदस्य दुर्गाबहादुर आलेले जानकारी दिए । एउटा एक लाख ५० हजार र अर्को ३० हजार लिटर क्षमताको पानीको टयाङ्की निर्माण गरिएको वडासदस्य आलेले बताए । आयोजनाबाट उक्त वडामा रहेको केशवटार, रुम्सी, नयाँगाउँ, ठीन, हर्कपुरलगायतका क्षेत्रका बासिन्दामा… पुरा पढौ

राष्ट्रपति शनिबार स्वदेश फर्कंदै

राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै छन । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ डब्लुपिएल कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिईन । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ वुमन लिडर्समा उनले विशेष सम्बोधनसमेत गरेकी थिईन । साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेकी थिईन। राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग्ने… पुरा पढौ

अन्नपूर्ण–धौलागिरि पदमार्गले फेरिएको टिकोट गाउँ

विदेशी पाहुनासहित पहिलो पटक टिकोटहुँदै अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भ्रमणमा आएका विश्व भेगन अर्गनाइजेशनका ज्याक टिकोटको प्राकृतिक सुन्दरता देखेर मख्ख परे । पदमार्गमा रहेका ज्याक यहाँको चिसो हावापानी, नजिकैबाट हिमालको दृश्यावलोकन, प्राङ्गारिक खाना, पदयात्रामा देखिने मनोरम दृश्यलगायतका कारण विदेशी पर्यटक टिकोटमा एक दिन बसेर यहाँबाट दृश्यावलोकन गर्न आकर्षित हुने उनले बताए । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७… पुरा पढौ

बेँसी झर्ने बेला जिल्ला भित्रिँदै मनाङवासी

हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् । मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौँ, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । “मनाङवासी मतदान गर्न… पुरा पढौ

आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छुः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन्। चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताए । “मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु”, उनले भने, “राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।” उनले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गरे… पुरा पढौ

एकै दिन एक हजार तीन सयले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार तीन सयले बढेको छ । बिहीबार प्रतितोला रु ९५ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९६ हजार सात सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय छ । तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला… पुरा पढौ

अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउनु छ: विन्दु थापा

पोखरा । कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउने बताएका छन् । विहिबार घरदैलो गर्दै पोखरा १६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफु निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘अर्मलाकोटको समस्या भनेकै सडक हो । यहाँ बाह्रै मासे सवारी चल्न सक्ने सडकको आवश्यकता छ । सडकका कारण स्थानीयले भोग्नुपरेको समस्याका विषयमा म जानकार छु । कति काम हिजो सरकारमा हुँदा… पुरा पढौ

एमालेमा गएको दुई हप्ता नपुग्दै होम नेपाली नेकपा एसमै फर्किए

पोखरा, कात्तिक २५ केहि दिन अघिमात्र नेकपा एमाले प्रवेश गरेका नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेता होमबहादुर नेपाली पुनः नेकपा एसमै फर्किएका छन् । नेकपा एसका कास्की सचिव नेपाली गत कात्तिक १२ गतेमात्र नेकपा एमाले प्रवेश गरेका थिए । तर एमालेमा गएको दुई हप्तापनि नपुग्दै नेपाली आफ्नो पार्टी नेकपा एसमा फर्किएका हुन् । पुराना एमाले कार्यकर्ता नेपाली एमाले फुटेर बनेको नेकपा एस कास्कीका संस्थापक हुन् । माधव नेपाल समूहका उनी पार्टी फुटेपछिपनि नेपालकै साथमा लागेका थिए । तर गत कात्तिक… पुरा पढौ