समाचार

जापानमा उच्च शिक्षाको अवसरका लागि संवाद

पोखरा विश्वविद्यालयले जापानमा उच्च शिक्षाको अवसर सम्बन्धमा नेपाल–जापान शैक्षिक संवाद कार्यक्रम आयोजना गरेको छ । दी युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजना र पोखरा विश्वविद्यालय एवम् मिडिया हेल्पलाइनको सहकार्यमा विश्वविद्यालयको प्राज्ञिक भवन लेखनाथमा आयोजित विद्यार्थीका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम, अध्ययन वातावरण र रोजगारीका विभिन्न विषयमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले बजारको आवश्यकताअनुसार उत्पादन र रोजगारमुखी कार्यक्रम सञ्चालन गरेर देशको सामाजिक एवम् आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताए । उनले शिक्षाको गुणस्तर र नवीनताका… पुरा पढौ

पर्यटकको रोजाइ बन्दै अक्टोपस र बुङ झरना

बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ । मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टा झैँ झरेको अक्टोपस झरना पनि हो । वर्षायामका कारण सुनसान रहेको विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने यस झरनामा यतिबेला पर्यटकको भीडभाड हुन थालेको छ । यहाँ यतिबेला दैनिक सयदेखि दुई सयजनासम्म आन्तरिक तथा विदेशी पर्यटक आउन थालेको… पुरा पढौ

नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध

आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा निर्वाचन विरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न÷नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको हो”, प्रजिअ सुमन घिमिरेले भने, “निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताले मदिरा… पुरा पढौ

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए । गएराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेख्छन्, ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति… पुरा पढौ

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १४ सयले बढेर ९५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९४ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य बुधबार ३० रूपैयाँले बढेर १ हजार २९५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

आगामी निर्वाचन मार्फत महिलालाई नेतृत्वमा पु¥याउन सवैले सहयोग गरौःवक्ता

पोखरा । आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मार्फत महिला उम्मेद्धारलाई नेतृत्वमा पु¥याउनको लागि सहयोग गर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सञ्चारिका समुह गण्डकी प्रदेश समितीले आयोजना गरेको ‘कास्कीका महिला उम्मेद्धारहरुसंग मंसिर ४ निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम’ मा वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रमका अवसरमा नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आगामी मंसिर ४ गतेको निर्वाचन महिलाका हक अधिकार र समाज परिवर्तन गर्ने नेतृत्वमा पुग्ने… पुरा पढौ

कर्णालीबाट प्रतिगामीहरुलाई शून्य बनाउनुपर्ने प्रचण्डको उद्घोष

कर्णाली र सुदूरपश्चिमको विकासमा प्राथमिकता दिने प्रतिबद्धताजुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कर्णालीमा प्रतिगामी, निरंकुशतावादी र सामन्तवादीहरुलाई शून्य बनाउनु पर्ने बताउनु भएको छ। मंगलबार जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनकारी, निरंकुशतावादी र सामन्तवादीलाई शून्य बनाएर कर्णालीबासीले रेकर्ड राख्नुपर्ने बताउनु भएको हो। ‘तपाईं कर्णालीवासीले प्रतिगमनकारीहरुलाई शून्य बनाएर रेकर्ड बनाउनु पर्नेछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कर्णाली प्रदेश जागरण र परिवर्तनको प्रदेश, न्याय समानताको पक्षमा दृढतापूर्वक उभिने प्रदेशका रुपमा खडा गर्नुपर्ने छ। जुम्लावासीले रेकर्ड बनाए कर्णालीभरि नै त्यही बन्नेछ… पुरा पढौ

पोखरामा मृगौला रोग सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

पोखरा । नेलम्बो नेपाल र मृगौला पडित सरोकार समाज कास्कीको संयुक्त आयोजनाममा सञ्चालन गरिएको मृगौला रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मृगौलासम्बन्धी समस्याहरुका बारेमा जानकारी गराउनका उद्देश्यले आयोजना गरिएको कार्यक्रमको पोखरा ४ का वडाध्यक्ष देव कृष्ण पराजुलीले उद्घाटन गरे । उनले समाजमा विभिन्न रोगसँग सम्बन्धित सचेतनामुलक कार्यक्रमको खाँचो रहेको बताए । उनले समाजमा भौतिकसँगै बौद्धिक विकासको पनि जरुरी रहेको बताउँदै यस्ता कार्यक्रमले स्वस्थ समाज निर्माणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेलम्बो नेपालका उपाध्यक्ष सरोज कोइरालाले रोग… पुरा पढौ

‘कास्की–३ (ख) मा ब्रेक थ्रु हुन्छ, नयाँ नतिजा आउँछ’ : उम्मेदवार बराल

पोखरा । आशन्न मंसिर ४ को निर्वाचन अन्तर्गत कास्की–३ (ख) मा विशेषगरि दुई युवाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । संयुक्त गठवन्धनबाट नेपाली कांग्रेसका प्रकाश बराल डेब्युको तयारीमा छन् भने नेकपा एमालेका राजीव पहारी दोश्रो कार्यकालका लागि तयारीमा छन् । बराल गठवन्धनबाट ढुक्क छन् भने पहारी एमालेको संगठन बलियो भएकाले कसैले हराउन नसक्नेमा ढुक्क छन् । स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा दुवै पक्षबीच निकै कडा प्रतिस्पर्धा छ । यस क्षेत्रका केही वडामा माओवादीले आफ्ना उम्मेद्वार उठाएको थियो भने धेरै… पुरा पढौ

गण्डकीका मन्त्री आचार्य बर्खास्त

पोखरा । गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मंगलबार पदबाट बर्खास्त गरेका हुन् । मन्त्री आचार्यले गठबन्धनलाई असहयोग गर्नुका साथै एमालेलाई सहयोग गरेका कारण बर्खास्त गरिएको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ । मुख्यमन्त्री पोखरेलले शीर्ष नेताहरुको सहमति लिएर आचार्यलाई बर्खास्त गरेको मुख्यमन्त्री पोखरेलको सचिवालय निकट श्रोतले जनाएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नै आचार्यलाई कारवाही गर्न मुख्यमन्त्री पोखरेललाई निर्देशन दिएको श्रोत बताउँछ । सोमबार नै… पुरा पढौ