समाचार

घरमा पानी ल्याइदिने रामजीलाई मत

पोखरा २१, कार्तिक । कास्कीको पोखरा महानगरपालिका वडा नं १८ सराङकोट बासिले गाउँमा पानी ल्याइदिने रामजी प्रसाद बराल जीवनलाई मतदान गर्ने भएका छन् । पिउने पानीको लामो समय देखि समस्या झेल्दै आएका सराङकोट बासीको हिजोआज घर घरमा पानीको सुविधा पुगेसंगै पानी व्यबस्था मिलाउने उमेदवार बराललाई यसपाली गुन तिर्न पनि मतदान गर्ने उद्घोष गरेका हुन्। स्थानिय अगन्धर तिमिल्सिनाले आफुहरुले सराङकोटमा सहज रुपमा पानी प्राप्त नगर्दा विस्थापित हुन लागेको बस्ती नै हाल रोकिएको बताए । घण्टौं पैदलबाट पानीको जोहो गर्नुपर्ने सराङकोट मा… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन मुख्य प्रायोजकसंग छलफल

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन मुख्य प्रायोजक संस्था सुजल डेरी प्राली संग छलफल गरेको छ । आगामी फागुन ६ गते आयोजना हुने सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने पोखरा म्याराथनको तयारी सुरु भए संगै छलफल सुरु गरेको जनाएको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार विगतका केही संस्करणहरु कोभिड १९ का कारण फरक–फरक मितिमा आयोजना हुँदै आएको पोखरा म्याराथनका सम्पूर्ण इभेन्टहरु एकै… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो । खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् । जितसँगै पुलिस समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । खेलमा जितको लागि पुलिसले मधेश प्रदेशलाई २७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मधेश प्रदेश २९… पुरा पढौ

बगर भाई खलक एट–ए साइड फुटबललाई हिमालयन ब्रुअरीको मुख्य प्रायोजन

पोखरा । बगर भाई खलक एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितालाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । चौधरी ग्रुप अन्र्तगतको हिमालयन ब्रुअरीले आगामी पाँच वर्षका लागि बगर भाई खलकसँग मुख्य प्रायोजन गर्ने सम्झौता गरेको हो । सोमबार पोखरामा एक कार्यक्रमका विच संस्थाका अध्यक्ष अध्यक्ष दिल बहादुर गुरुङ र हिमालयन ब्रुअरी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक करण चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै अरुण चौधरी फाउन्डेशन तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण कुमार चौधरीले बगर भाइ खलकसँग जोडिन… पुरा पढौ

चुनावी अभियानमा उत्साहित छौँ, जनताका आवश्यकता पूरा गछौँ : भण्डारी

पोखरा,२२ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र नं ३ को प्रदेशसभा १ मा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीले चुनावी अभियानमा जनताबाट व्यापक साथ र सहयोग मिलेको बताउनुभएको छ । निर्वाचन क्षेत्रका विभिन्न चुनावी कार्यक्रम, घरदैलो तथा कोणसभामा जनताले राम्रो प्रतिक्रिया दिएकाले गठबन्धनका उम्मेदवार विजयी हुने विश्वास उहाँको छ । पोखरा–१९ मा भएको घरदैलो तथा कोणसभामा उहाँले जनताका आवश्यकताहरुलाई टिपोट गरिएको र निर्वाचित भएलगत्तै क्रमश ः पूरा गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“चुनाव प्रचारका क्रममा जनताले हामीलाई धेरै… पुरा पढौ

गठबन्धनको वाचाः पोखराका दुर्गम क्षेत्रलाई सुगममा परिणत गर्छौ

पोखरा । कास्की २ मा पाँच दलीय गठबन्धनका उम्मेद्वारले पोखरा महानगरमा पछि थपिएका दुर्गम वडालाई योजनावद्ध रुपमा चाडै सुगममा परिणत गर्ने प्रतिवद्धता गरेका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, कास्की २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने र कास्की २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले आफ्नो क्षेत्रमा रहेका दुर्गम भेग चाडै सुगम बन्ने वाचा गरेका हुन् । मंगलबार पोखरा–२१ र पोखरा–१६ मा भएको कोणसभासहितका घरदैलो कार्यक्रममा बोल्दै गठबन्धनका तीन… पुरा पढौ

निजी साधनले तोकिएको भाडा कार्यान्वयनमा समस्या

बलेवा । बागलुङ बजारदेखि जिल्लाको दक्षिण केन्द्र कुश्मिशेरा बजार पुग्न एक घण्टा समय लाग्छ । २१ किलोमिटर सडकमध्ये २० किलोमिटर सडक कालोपत्र भएको छ । पक्की सडकमा २१ किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ होला रु जो–कोहीलाई लाग्न सक्छ पक्की सडकको भाडा सरकारले तोकेबमोजिम नै हुन्छ, तर यो सडक खण्डमा गुड्ने सवारीले तोकिएको भाडाभन्दा दोब्बर भाडा उठाउँछन् । केही महिना पहिले यातायात व्यवस्था कार्यालयसँग परामर्श गरेर जैमिनी नगरपालिकाले नगरपालिकाभित्रका सडकको भाडादर कायम गरेर सूचना प्रकाश ग¥यो । नगरको सूचनाअनुसार बागलुङ… पुरा पढौ

बगर भाई खलक एट–ए साइड फुटबललाई हिमालयन बु्रअरीले पाँच वर्षका लागि मुख्य प्रायोजन गर्ने

पोखरा । बगर भाई खलक एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितालाई हिमालयन बु्रअरीले मुख्य प्रायोजन गर्ने भएको छ । चौधरी ग्रुपको मुख्य उत्पादन मध्येको एक हिमालयन व्रुअरीले आगामी पाँच वर्षका लागि मुख्य प्रायोजन गर्ने भएको हो । मुख्य प्रायोजनका लागि सोमबार एक कार्यक्रमका विच संस्थाका अध्यक्ष दिल बहादुर गुरुङ र हिमालयन बु्रअरी तथा सिजी होल्डिङ्सका प्रवन्ध निर्देशक करण चौधरीले हस्ताक्षर गरेका छन् । चौधरी ग्रुप र बगर भाई खलकका विच सम्पन्न गरिएको मुख्य प्रायोजनका लागि सर्पोट नेपाल युकेका संस्थापक सदस्य… पुरा पढौ

वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड

पोखरा । रोजगारको शिलशिलामा वैदेशिक रोजगारमा जाने महिलाहरुमा थुप्रै चुनौति देखिएको भन्दै यसलाई न्यूनिकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागिहरुले सुरक्षित र मर्यादित सेवाको सुनिश्चिता हुनुपर्नेमा जोड दिएका हुन् । वैदेशिक रोजागरका लागि दुबई र कतार गएर फर्किनु भएकी देवी सुनाले वैदेशिक रोजगार अवसरसँगै चुनौति भएकाले यसमा… पुरा पढौ

घट्यो सुनको मूल्यः चाँदीको स्थिर

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु ९४ हजार तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार एक… पुरा पढौ