समाचार

माछापुच्छ्रे गाउँपालिकाका स्थानियले गरे एमाले उम्मेरवारलाई भोट दिने वाचा

पोखरा । माछापुच्छ्रे गाउँपालिकाका स्थानियले एमाले उम्मेदवारहरुलाई जितको लागि शुभकामनासहित फेरी पनि अविर लगाउन पाईयोस भन्दै आर्शिवाद दिएका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागी र ३ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङलाई गाउँपालिकाका विभिन्न वडामा भएको घरदैलोका क्रममा स्थानियले भोट दिने वाचा गर्दै जितको लागि शुभकामना दिएका हुन् । तर, जितपछि आफनो गाउँमा विकासको पूर्वाधार निर्माण गरिदिनुपर्ने उनीहरुको माग छ । माछापुच्छ्रे… पुरा पढौ

वैदेशिक रोजगारीमा रहेकालाई आइपिओमा आरक्षण

काठमाडौँ । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ ? आफूले कमाएको पैसा भविष्यका लागि पनि बचत होस् र त्यसबाट प्रतिफल पनि प्राप्त होस् भन्ने चाहनुहुन्छ रु यदि त्यसो हो भने तपाईंका लागि सहज हुने भएको छ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई समेत शेयर बजारमा प्रवेश गराउने उद्देश्यका साथ ‘धितोपत्र निष्काशन तथा बाँडफाँट छैटौँ संशोधन निर्देशिका, २०७९’ लागू गरेको छ । बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई कुनै साधारण शेयर आइपिओ मा सहजै लगानी गर्न सकून भन्ने उद्देश्यका साथ आरक्षणको व्यवस्था गरेको… पुरा पढौ

मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर– राष्ट्रपति

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताएका छन । आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गरे । उनले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि बताए । बहुसाँस्कृतिक आयाम बोकेर सदियौँको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको महत्वलाई… पुरा पढौ

आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला : अध्यक्ष दाहाल

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताएका छन । गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताए । आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न उनले अपिल गरे । संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेर केही गणतन्त्र विरोधीलेले संविधानविरुद्ध गतिविधि गरेपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेको अध्यक्ष दाहालको भनाइ… पुरा पढौ

वडातहमै मतदाता शिक्षा

गलकोट । तथा प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचनको कार्यालयले तयारीलाई तीव्रता दिएको छ । यसपटकको निर्वाचनमा वडा तहबाटै मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्वाचन कार्यालयको तयारी रहेको छ । यसका लागि कार्यालयले वडास्तरमै जनशक्ति परिचालन गर्न थालेको छ । कार्यालयका अनुसार आसन्न निर्वाचनमा गत स्थानीय तहको निर्वाचनभन्दा एक हजार तीन सय ९८ कम मतदाता सहभागी हँुदैछन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार स्थानीय तहमा अन्तिम मतदाता नामावलीमा मतदाता सङ्ख्या लाख ९३ हजार छ सय २५ रहेकामा… पुरा पढौ

सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए। “किसान तथा समूहले फूलका थुङ्गाका अलावा… पुरा पढौ

स्थानीयको सक्रियतामा ब्यूँतिँदै विद्यालय

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा तीन वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु सन्तानलाई निजी विद्यालयमा पढाउन सुरु गरेसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा थियो । तर कोरोना महामारीको समयमा गाउँ फर्कनु भएका दीपेन्द्र खत्री विद्यालयको कमजोर अवस्था देखेर चिन्ता लाग्यो । उनी विद्यालय सुधारको योजनासहित अघि बढे । केही समयमै खत्री विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनिए । अध्यक्ष भएसँगै खत्रीले अभिभावकलाई आकर्षित गर्नका लागि गुणस्तर बढाउन लागे । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउनका… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गरेकी हुन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आउनुभएको हो । केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने… पुरा पढौ

भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ सहभागिता हुने

पोखरा । ‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सहभागिता हुने भएको छ । छिमेकी राष्ट्र भारत सरकारको वाणिज्य मन्त्रालय अन्तरगत जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सीलका प्रतिनिधिमण्डल ‘भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’को निमन्त्रणा दिन बिहीबार काठमाडौं आएका थिए । काउन्सिलका तर्फबाट प्रतिनिधिका रुपमा आएका वरिष्ठ प्रर्दशनी प्रवन्धक अजय पुरोहितले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई निमन्त्रणा गरेका थिए । निमन्त्रणालाई स्वीकार्दै महासंघका अध्यक्ष श्रेष्ठले शोमा सुनचाँदी व्यवसायी सहित सहभागिता जनाउने बताए… पुरा पढौ

स्थानियलाई विकास बुझाउँदै,योजना सुनाउँदै एमाले उम्मेदवार कार्की

पोखरा, १७ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ ९१० का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका विकासका योजना सुनाउँदै मत माग्न व्यस्त छन् । निर्र्वाचन क्षेत्रअन्र्तगत कास्कीको दक्षिणी भेगमा पर्ने पोखरामहानगरका दुई वडा २१ र ३३ का मतदातासँग निरन्तर भेटघाटमा रहेका कार्कीले जनतालाई उक्त पर्यटकीय क्षेत्र घोषणा भएको र विस्तारै अब पूर्वाधारका काम पूर्ण हुँदै जादा… पुरा पढौ