समाचार

गाउँमा भिडियो एक्सरे सेवा

बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड (भिडियो एक्सले मेसिन) सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ । लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने नेपालीले सङ्कलन गरेको सहयोगले युकेमै खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन (भिडियो एक्सरे) धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई सहयोग गरिएको हो । गाउँमै गर्भवती महिलाको स्वास्थ्यपरीक्षणका लागि निकै उपयोगी मानिएको भिडियो एक्सले मेसिन धम्जा सामुदायिक स्वास्थ्य एकाईलाई सहयोग प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाइका अनमी कृष्णमाया पुनले जानकारी दिनुभयो । दुर्गम… पुरा पढौ

प्रेस काउन्सिल सञ्चार अनुगमनमा सक्रिय

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनलाई तीव्र बनाएको छ। काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको काउन्सिलले जनाएको छ। अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाइ काम सुरु गरेको छ। काउन्सिलले मंगलबार अनुगमनमा खटिएका कर्मचारीसहित तथ्यांकविज्ञसँग छलफल गरेको जनाएको छ। यसअघिका आम निर्वाचनमा समेत तथ्यांक प्रशोधनसहित अनुगमनको अनुभव संगालेका तथ्यांकविज्ञद्वारा तथ्यांक प्रशोधन, अनुगमन विधिबारे अभिमुखीकरण कार्यक्रम गरेको… पुरा पढौ

बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदै

सरकारले आज र भोलि पोखरासहित देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ। ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र वा स्वास्थ्य संस्थामा गइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेका छन्। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो। वर्षमा २… पुरा पढौ

एमाले अध्यक्ष ओलीले कात्तिक ४ गते नागरिकसँग फोनमा कुराकानी गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफोनमा कुराकानी गर्दैछन्। ओलीले हिँजो मंगलवार फेसबुकमा एक तस्बीर सार्वजनिक गर्दै कात्तिक ४ गते शुक्रवार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने जानकारी दिएका हुन्। आउँदो चुनावका लागि केन्द्रीत रहेर ओलीले नागरिकको सुझाव लिन खोजेको बताइएको छ। अध्यक्ष ओलीसँग कुराकानी गर्न चाहनेले आफ्नो नाम र नम्बर ओलीको फेसबुक पेजको म्यासेज बक्समा पठाउनुपर्ने छ। नम्बर पठाउनेलाई आफैँ फोन गरेर कुराकानी गर्ने ओलीले पोस्ट गरेको फोटोमा उल्लेख छ। पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि अन्धगल्छी–रुप्से झरना–बाजाढुंगा गुफा जोड्ने पदमार्ग निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी–रुप्से झरना–बाजाढुंगा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुंगासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी, रुप्से झरनाको शिरको डाँडो सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुंगा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए । रुप्से छहराको संरक्षण तथा पर्यटकीय… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक

मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुन: देखिन थालेका छन् । दशैंको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । दशैंका बेला दैनिक ८० भन्दाबढी पर्यटक आएपनि मौसम खराब भएसँगै शून्य जस्तै बनेको यस पदमार्गमा अहिले पुन: पर्यटकको चहलपहल देखिएको छ । अहिले दैनिक एक सयदेखि एक सय ५० जनासम्म पर्यटक आउन थालेको उक्त… पुरा पढौ

पोखराको यातायातलाई हरित प्रणालीमा विकास गरिने

पोखराको यातायात प्रणालीलाई हरित प्रणालीमा विकास गर्न प्रक्रिया सुरु भएको छ। कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिकाबीच हरित यातायात प्रणालीबारे छलफल गरिएको छ । छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रीत थियो। परियोजनाअन्तर्गत कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने सहमति भएको छ। ५ दिनसम्म पोखरामा रहेको टोलीले यहाँको सार्वजनिक यातायात र यसको रुटबारे स्थलगत अध्ययन गरेको हो। टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमले पोखराका ८४ वटा बस… पुरा पढौ

‘समृद्धिको अभियानलाई सार्थक बनाउन उम्मेदवारी’—विद्या भट्टराई

नेकपा एमाले कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकको समृद्धिको अभियानलाई सार्थक बनाउन आप्mनो उम्मेदवारी भएको बताएकी छन्। पोखरा–१७ विरौटामा स्थापना गरिएको निर्वाचन परिचालन कमिटि कार्यालयको मंगलवार उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै जनताका आधारभुत आवश्यकता पूरा गर्न एमालेको विकल्प नरहेको बताइन्। अधुरा काम पूरा गर्ने लक्ष्यका साथ २ बर्षअघि दु:खद अवस्थामा भएको उपनिर्वाचनमा निर्वाचित भएसँगै यस क्षेत्रको भौतिक, सामाजिक एवं मानवीय विकासमा आप्mनो तर्पmबाट सक्दो प्रयास गर्दै आएको स्मरण गराइन्।… पुरा पढौ

गठबन्धनका उम्मेदवार विजयी उन्मुख : शर्मा

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भइसकेको बताएका छन्। मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र समृद्ध बनाउने अभियानमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अनुरोध समेत गरे। नेता शर्माले व्यक्तिसँग भएको साधन, श्रोत र उर्जालाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र रोजगारी प्रदान गर्नु पहिलो प्राथमिकता गठबन्धनका उम्मेदवारले बोकेको समेत उल्लेख गरे। प्रजातन्त्र, संविधान र समानतालाई दीगो बनाउन लागि परेको गठबन्धनका उम्मेदवारलाई… पुरा पढौ

महिला सशक्तिकरण र समावेशी विकासका लागि उम्मेदवारी: मिना गुरूङ

आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्। पोखरा–८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले महिला हकहितका पक्षमा काम गर्ने उल्लेख गरेकी छन्। उम्मेदवार गुरूङले विगतमा एमाले नेतृत्वको प्रदेश सरकारले सुरु गरेका तर सरकारको फेरबदलका कारण पूरा हुन नसकेका विकास निर्माणका अधुरा योजना… पुरा पढौ