समाचार

बास्केटबल टोलीको बिदाइ

काठमाडौँ । माल्दिभ्समा हुने महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता यही असोज ८ देखि १४ गतेसम्म हुनेछ । सहभागी खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन् । प्रशिक्षकमा विकास शाही र… पुरा पढौ

उज्यालो गाउँ अभियानमा जुटे युवा

रामपुर । ‘आफ्नो गाउँ आफैँ बनाउ’ भन्दै यहाँका युवा सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् । कामको सिलसिलामा वैदेशिक रोजगारीमा पुगेका युवाले कमाएकामध्ये केही रकम सामाजिक कार्यका लागि छुटयाएर काम गर्न थालेका हुन् । रामपुर नगरपालिका– ३ स्थित गण्डकीढिक र बोटेगाउँ क्षेत्रमा उज्यालो गाउँ अभियान सुरु भएको छ । वैदेशिक रोजगारीमा रहेका युवाको पहलमा विभिन्न स्थानमा सडक बत्ती जडान गरी गाउँघर उज्यालो बनाउने अभियान चलाइएको छ । गाउँघरमा जुनसुकै समय पनि हुनसक्ने चोरी र आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै गाउँ, सडक… पुरा पढौ

विहारमा चट्याङ लागेर एक्काइ जनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् । यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले… पुरा पढौ

मानव सेवाले दिएको खुसी

सुर्खेत । सञ्जिता गौतम मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजकका रुपमा कार्यरत छन । गौतमको जन्म भने धुलिखेल नगरपालिका–११ काभ्रेडाँडा गाउँमा भएको हो । मध्यम परिवारमा जन्मिएकी सञ्जिता समाज परिवर्तन र रुपान्तरणका लागि सङ्घर्ष गरिरहेका छन । उनले सानैदेखि नै गरिब, दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सोच राखे । समाजका सबै व्यक्ति समानरुपमा बाँच्न पाउनुपर्छ भनेर वकालतसमेत गर्ने गर्थे । गौतमको लक्ष्य नै दिनदुःखी र गरिबलाई सेवा गर्ने थियो । विद्यालयमा पढ्दादेखि नै साथीसँग मिलनसार गौतम सिर्जनशीलसमेत थिए । समाजमा सबै व्यक्तिको… पुरा पढौ

किसानलाई सघाउँदै कृषि सहकारी

सिन्धुपाल्चोक । काठमाडौँ बसेर काम गर्दै आएका मेलम्ची –१ भोटेचौरका विनोद धिमाललाई अहिले सूर्यमुखीले उद्यमी बनाएको छ । बन्दाबन्दीपछि गाउँ फर्किएका धिमालले अहिले गाईपालन र तरकारी खेतीबाट मासिक ५० हजार हाराहारी आम्दानी गरिरहेका छन । उनी जस्तै अरुले पनि यहाँबाट ऋण लिएर व्यवसाय गरिरहेका छन । पछिल्लो समय खुलेका सहकारी सेवा गर्ने उद्देश्यले भन्दा पनि नाफा कमाउने उद्देश्यतिर केन्द्रित हुँदा नागरिकमा सहकारीप्रतिको विश्वास घट्दै गएको छ । तर सूर्यमुखी साना किसान कृषि सहकारी मेलम्चीले भने किसानको हितका लागि काम गर्दै… पुरा पढौ

हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

काठमाडौँ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसँैका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसँैका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण… पुरा पढौ

मार्टिन रेजर नेतृत्वको टोलीले तालचोक–बेगनास सडकको स्थलगत अवलोकन

वल्र्ड बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर नेतृत्वको टोलीले तालचोक–बेगनास सडकको स्थलगत अवलोकन गरेको छ। पोखरा आएका मार्टिन नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित सो सडकको अवलोकन गरेको हो। उक्त सडक वर्ल्ड बैंकको सहयोगमा स्तरोन्नति गरिँदैछ। सोका लागि पोखरा महानगरपालिका र नेपाल सहरी सुशासन र पूर्वाधार परियोजनाबीच ५ मार्च २०२१ मा सम्झौता भएको थियो। सम्झौता १५ जुलाई २०२५ सम्म कायम रहनेछ। यस परियोजनामा वल्र्ड बैंकले रु. १ अरब ४९ करोड १५ लाख लगानी गर्नेछ। ३.२८ कि.मी लम्बाईको… पुरा पढौ

सकियो गण्डकी प्रदेश सभाको पहिलो कार्यकाल

गण्डकी प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिएको छ। २०७४ मंसिर १० गते निर्वाचित सांसदहरुले माघ ७ गते सपथ लिएका थिए। माघ २२ गते पहिलो बैठक बसेको संसदले हालसम्म ५९ वटा कानून बनाएको छ। सरकारले ६२ विधेयक संसदमा पेस गरेकोमा ३ वटा विधायन समितिमै छलफलको क्रममा छ। आमसञ्चार विधेयक, गण्डकी प्रदेश कानुन संशोधन विधेयक र कृषि ब्यवसाय प्रवद्र्धन ऐन संशोधन विधेयक पास गर्ने तयारी गरिएपनि हतारमा संसद अन्त्य गरेका कारण छलफल हुन पाएन। गण्डकी प्रदेशमा ३६ प्रत्यक्ष र २४ सामानुपातिकसहित ६०… पुरा पढौ

संविधान दिवसः पोखरा–१५ मा अन्तरविद्यालय सडक दौड

संविधान दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नं–१५ ले अन्तरविद्यालय सडक दौड प्रतियोगिता गरेको छ। ‘शान्ति र स्थायीत्वका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं–१५ को वडा कार्यालय परिसरमा आयोजित सडक दौड प्रतियोगितामा वडाका १८ विद्यालयका करिब २५० जना विद्यार्थीहरूको सहभागिता थियो। प्रतियोगितामा छात्रातर्फ श्री सिद्ध माविकी श्रेया मगर प्रथम, सिद्ध माविकै सोनिका परियार दोस्रो, भ्यूप्वाइन्ट स्कुलकी सजिना सुनार तेस्रो, सिद्ध माविकी रचना चौधरी चौथो बनिन् केल्स एकेडेमीकी अश्विनी पौडेलले सान्त्वना स्थान ओगग्न सफल बनिन्। यस्तै, छात्रतर्फ हिमालय लाइफ… पुरा पढौ

शिक्षासेवी थापालाई जनसेवाश्री विभुषण

पोखराका शिक्षासेवी एवं सामाजिक अभियन्ता चन्द्राकुमारी अधिकारी थापालाई जनसेवा श्री विभुषण प्राप्त भएको छ। संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक गरेको पदक तथा बिभुषण विवरणमा पोखरा १६ लामाचौर निवासी थापालाई राष्ट्रपतिबाट प्रदान गरिने सो विभुषण प्राप्त भएको उल्लेख छ। देशकै उत्कृष्ट मध्येको पहिलो सामुदायिक विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेकी थापालाई शिक्षा तथा समाज सेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत सो सम्मानीत विभुषण प्रदान गरिएको बताइएको छ। २ कार्यकाल विद्यालयको अध्यक्ष भएर त्यहाँको शैक्षिक तथा भौतिक विकासमा… पुरा पढौ