समाचार

सिर्जनामा ‘घाचोक’

पोखरा । एउटा सानो उपत्यका झै लाग्ने कास्कीको माछापुछ«े गाउँपालिका–१ ‘घाचोक’ प्राकुतिक सुन्दरताले भरिएको ठाउँ हो । यहाँको दृश्य मन लोभ्याउँदो छ । पहाडी दृश्य, त्यसमाथि गुरुङ÷मगर बस्ती, त्यहाँ बनेका परम्परागतशैलीका घर, नजिकै ठूला ठूला पहाड भएपछि कलाकारलाई अरु केही चाहिएन । सेतो पर्दाझैँ लाग्ने हिमशृङ्खला थपिँदाको दृश्यपान घाचोक पुग्नेका लागि ठूलो सपना भइदिन्छ । शनिबार भने त्यो अवसर राम्ररी जुरेन । मौसम परिवर्तनले नजिकबाट नियाल्न पाउने हिमशृङ्खलालाई क्यान्भासमा उतार्न नपाइए पनि बेलाबेलामा बादल छिचोल्दै टुप्लुक्क निस्कने हिम चुचुराले चार… पुरा पढौ

अझै केही दिन वर्षा हुने

काठमाडौँ । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ । राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पारिलो घाम लागे पनि अपराह्नबाट हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको… पुरा पढौ

संविधान दिवसः गौरिकासहित खेलकुदका २१ जनालाई विभुषण

सरकारले संविधान दिवसका अवसरमा खेलकुद क्षेत्रका २१ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभुषित गर्ने भएकी छन्। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु विभिन्न विभूषणबाट विभुषित गर्न लागिएको हो। तेक्वान्दोका पूर्व कीर्तिमानी खेलाडी दीपक विष्ट प्रबल जनसेवाश्री पदकबाट विभुषित हुने भएका छन्। पौडीका ओलम्पियन गौरिका सिंह राष्ट्रदीप पदकबाट विभुषित हुने भएका छन्। यस्तै, जनसेवाश्री पदकबाट भलिबल प्रशिक्षक जगदीश भट्ट, ट्रयायथालन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, फेन्सिङका महासचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवद्र्धक जगतबहादुर खड्का, पाराओलम्पियन पलेश गोवर्धन, फुटबल… पुरा पढौ

महिला साफ च्याम्पियनसीपः उपाधिका लागि नेपाल बंगलादेशसँग भिड्दै

महिला साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि आज (सोमबार) घरेलु टोली नेपाल र बंगलादेश भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ। यसअघिका सबै साफमा च्याम्पियन रहेको भारतलाइ पराजित गर्दै प्रवेश गरेकाे नेपाल उच्च मनाेबलका साथ मैदानमा उत्रने छ । नेपाललाई घरेलु मैदानमा उपाधि रक्षा गर्ने अवसर रहेकाे छ। नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन्। आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने… पुरा पढौ

६८१ कैदीको सजाय मिनाहा, २१ जनालाई माफी

आठौँ संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू हुने गरी माफी मिनाहा गरेकी हुन्। संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको… पुरा पढौ

उच्चतम समझदारी आवश्यकः सभामुख सापकोटा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिबीच उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको बताएका छन्। संविधान दिवसका अवसरमा सन्देश दिँदै सभामुख सापकोटाले संविधान जारी भएपछि संघीय संसद्, प्रतिनिधि सभाको पहिलो कार्यकालमा संविधान रक्षाका लागि अनेक पहल पनि भएको उल्लेख गरेका छन्। उनले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै काम भएको उल्लेख गर्दै यसबीचको अवधिमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध बनाउँदै लैजानुपर्ने धारणा सन्देशमार्फत व्यक्त गरेका छन्। नेपाली जनताको दशकौँ… पुरा पढौ

संविधान गतिशलि दस्तावेजः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजानुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रूपमा रहेको आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई महान् उत्सवका रूपमा लिएर सक्रिय सहभागिता जनाउन सबै मतदातालाई आग्रह गरेका छन्। वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संविधानको संकल्प… पुरा पढौ

महेन्द्र गुफामा वृहत विकास परियोजना सुरु

पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा गण्डकी प्रदेश सरकारको सहयोगमा वृहत विकास परियोजना सुरु गरेका छन्। सामुदायिक विद्यालयतर्फ नेपालकै पहिलो नमुना विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालय, वाटुलेचौरको संरक्षण तथा व्यवस्थापनमा संचालित महेन्द्र गुफामा विद्यालयले तयार पारेको व्यवस्थित विकासको गुरुयोजना अनुरुप एक वर्षभित्र सक्नेगरी विभिन्न योजना समेटिएको परियोजना सुरु भएको हो। महेन्द्र गुफा परिसर सुधार तथा विभिन्न पुर्वाधारहरुको निर्माण कार्यको आइतवार एक कार्यक्रमबीच गण्डकी प्रदेशका भौतिक पुर्वाधार, शहरी विकास एवं यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलान्यास गरे। कार्यक्रममा वोल्दै मन्त्री खड्काले पोखराभित्र रहेका… पुरा पढौ

संविधान दिवसः ९९८ जना विभुषित हुँदै

आठौं संविधान दिवसको अवसरमा ९९८ जना व्यक्तित्वहरु विभुषित हुँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयअनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत आज (सोमबार) सार्वजनिक भएको हो। पूर्ण विवरण आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ । साथै गोरखापत्र अनलाइनमा समेत हेर्न र पढ्न सकिन्छ। नाम पढ्नका लागि नीलो लेखिएका अक्षरमा थिच्नु होस्। महानुभावहरु ९९८ जनालाई मानपदवी… पुरा पढौ

संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको छः प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन्। साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने संपूर्ण ज्ञातअज्ञात… पुरा पढौ