समाचार

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन्। दिवसका अवसरमा आज (सोमबार) दिएको सन्देशमा राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गरेकी छिन्।“नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र… पुरा पढौ

आज संविधान दिवस

आज असोज ३ गते अर्थात् आठौं संविधान दिवस। आजकै दिन २०७२ मा नयाँ संविधान घोषणा नयाँ गरिएको थियो। असोज ३ गते नयाँ संविधान जारी भएको सम्झनामा यो दिवस मनाइन्छ। यस अवसरमा हिँजो (असोज २ गते, आइतबार) देखि भोली (असोज ४ गते, मंगलबार) सम्म ३ दिनसम्म संविधान दिवस मनाइँदै आएको छ। जुन संविधानले २०६३ पुस १ गते तत्कालीन नेकपा माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापन गरेको थियो। देशले… पुरा पढौ

कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन

कर्णाली । कर्णालीमा दसैँ, तिहार र छठलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन भएको छ । शनिबारदेखि सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा सुपथ पसल सञ्चालन भएको छ । चाडपर्वको बेलामा बजारमा अस्वाभाविकरूपमा मूल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो । उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे । सो अवसरमा उनले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारीरूपले तीव्र पारिने बताए । रिजालले यस्ता सहुलियत मूल्य पसल सहरमा मात्र नभई गाउँसम्म पु¥याउन आवश्यक… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३३ दशमलव ९७ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७६ दशमलव ४१ अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव शून्य चार अङ्कले ओरालो लागेको छ । कूल दुई सय २९ कम्पनीको ६२ लाख ९६ हजार चार सय ४५ कित्ता शेयर रु एक अर्ब ६० करोड १८ लाख २२ हजार… पुरा पढौ

वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो । नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबहाक अध्यक्ष तथा सम्पादक समाजका पूर्वअध्यक्षसमेत रहेका गौतमको श्रीमती र दुई छोरा छन । उनी काठमाडौँको कमलपोखरीमा जन्मिएका थिए । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य गौतमको आजै पशुपति आर्यघाटमा… पुरा पढौ

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

काठमाडौँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त सूची बुझाउन असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेकाले आज पहिलो दिन ठला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा, प्रदेशसभाका लागि सूची बुझाउन आठ स्थल र… पुरा पढौ

सडक दुर्घटनामा २७ जनाको मृत्यु, २० घाइते

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा आइतबार बिहान बस दुर्घटना हुँदा २७ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । सठचालिस जना सवार बस सान्डु शुईे क्षेत्रको राजमार्गमा गुडिरहेको बेला दुर्घटना भएको जिल्लाको सार्वजनिक सुरक्षा ब्यूरोले जनाएको छ ।रासस पुरा पढौ

अष्ट्रेलिया अध्ययनका लागि म्याक्सी म्याक्स पोखरामा विस्तार

पोखरा । अष्ट्रेलियामा मुख्य कार्यलय रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ । पोखरामा आयोजित एक कार्यक्रममा शैक्षिक परामर्श केन्द्रको उद्घाट्न उनकै बुुवा साहित्यकार कवि विष्णुकुमार श्रेष्ठ अल्पविराम र आमा राजेश्वरी श्रेष्ठले म्याक्सी म्याक्स को लोगो अंकित व्यानर अनावरण तथा कवि तीर्थ श्रेष्ठले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । नेपाली संगीतमा ख्याती कमाएका पोखरेली ब्याण्ड कन्दराका गायक बिबेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको पोखरा शाखा नेपालका लागि तेस्रो शाखा हो… पुरा पढौ

गाउँमा विद्यालय नहुँदा पढाइ छाडेर भारततर्फ

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका पुकार थापा मगर विद्यालय नगएको एक साता भयो । ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनलाई विद्यालय पुग्न छ घण्टा पैदल हिँड्नुपर्छ । वर्षात्का समयमा यो बाटोमा जाखिमपूर्ण यात्रा गर्नुपर्छ । करिब छ घण्टा पैदलयात्रा गर्दा सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेव पुग्न थापालगायत यहाँका विद्यार्थीले निकै सास्ती खेप्नुपर्छ । गाउँमा माध्यमिक विद्यालय नहुँदा आठ किलोमिटरको जोखिमपूर्ण बाटो भएर विद्यालय जानुपर्दा यहाँका धेरै विद्यार्थीले पढाइ छोडेर रोजगारीका लागि भारततर्फ जाने गरेका छन् ।… पुरा पढौ

सहमतिनै समस्या समाधान हो : शिक्षामन्त्री पौडेल

काठकाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोहको अवसरमा शनिबार क्याम्पस आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने धारणा राखेका थिए । विश्वविद्यालयमा पहुँचको भरमा नियुक्ति हुनु राम्रो नभएको भन्दै पौडेलले विश्वविद्यालयमा आफ्नो क्षमता र योग्यता सिद्द गरेर प्रतिस्पर्धाबाटै, सक्षम व्यक्ति आउने कुरा स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए । महिलाहरूको मुलतः अध्ययन र अध्यापन गराउने… पुरा पढौ