समाचार

छाला उद्योग आर्थिक सङ्कटमा

वीरगञ्ज । नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग यतिबेला आर्थिक सङ्कटमा परेका छन् । नेपाल छाला उद्योग सङ्घका अनुसार नेपाली लगानीमा सञ्चालनमा रहेका १२ तयारी छाला उत्पादन गर्ने उद्योग आर्थिक सङ्कलनमा परेका हुन् । विशेषगरी नेपालमा उत्पादित तयारी छालाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली बजारमा उत्पादित छाला उद्योगको व्यापार फस्टाउन नसकेको सङ्घका केन्द्रीय महासचिव मोहम्मद जुनेद इफ्तखारले बताए । नेपाल छाला उद्योग सङ्घका अनुसार नेपालमा हाल नेपाली लगानीका तयारी छाला उत्पादन गर्ने १२ उद्योग मात्रै सञ्चालनमा… पुरा पढौ

एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो । नेपाल र बङ्गलादेशबीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार तेस्रो हार बेहोरेको नेपाल बङ्गलादेशविरुद्धको खेलमा पहिलो जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल पहिलो खेलमा भूटानसँग २–० गोअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल… पुरा पढौ

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२७ को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्नका लागि योजना बनाउने जानकारी यसअघि नै दिएका… पुरा पढौ

नेपालका संविधानमा कृषि र किसान

काठमाडौँ । नेपालको पहिलो संविधान जारी भएको ४६ वर्ष पछिका संविधानले कृषि उत्पादनलाई जोड दिएको इतिहास छ । ‘नेपाल सरकार वैधानिक कानून’ का नामबाट जारी नेपालको पहिलो संविधान २००४ सालमा बनेको हो । यो संविधान २००५ वैशाख १ गतेदेखि लागू भएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यपश्चात् जारी ‘नेपाल अधिराज्यको संविधान– २०४७’ को भाग ४ को धारा २६ को उपधारा ५ मार्फत पहिलो पटक कृषि उत्पादन बढाउन संविधानले प्रष्ट बोलेको छ । संविधानका जानकारले संविधानलाई मूल कानूनकारुपमा व्याख्या गरेका छन् ।… पुरा पढौ

किसानलाई धान उत्पादन घट्ने चिन्ता

राँझा । समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो । यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताए । यस वर्ष समयमै पानी नपरेका कारण ढिलोगरी धान रोपाइँ भएको थियो । खेतीका बेला मल नपाएउँदा खेती लाउन नपाइएको उनको भनाइ छ । बाँकेको नरैनापुर गाउँपालिकामा पानी नपर्दा यस वर्ष १५ प्रतिशत मात्र… पुरा पढौ

सामुदायिक बिद्यालयका शिक्षक/शिक्षिकालाई क्षमता अभिवृद्धिको कार्यशाला

पोखरास्थित सामुदायिक विद्यालयका शिक्षकहरुलाई दिइएको तीनदिने क्षमता अभिवृद्धिको कार्यशाला सम्पन्न भएको छ । पोखराको नदिपुरस्थित ज्ञानभुमी माद्यामिक विद्यालय र कन्या माद्यामिक विद्यालयका ३५ जना शिक्षक/शिक्षिकाहरुलाई रोटरी क्लब अफ पोखराले योगाको ध्यानबिधिबारे कार्यशाला गरेको हो । ‘एउटा शिक्षक खुशी बन्यो भने उसले विश्वमै परिवर्तन ल्याउन सक्छ’ विषयक कार्यशालामा केन्द्रीत विज्ञानमा आधारित विपश्यना ध्यानविधीबारे तालिम प्रदान गरेको हो । तालिममा Singing Bowl Music Meditation, Mindful Breathing Meditation and Body–Scan Meditation लाई जोड दिइएको थियो । पुरा पढौ

एएफसी यु–२० एसियन कप छनोटः नेपालले अन्तिम खेल खेल्दै

बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा खराब प्रदर्शन गरेको नेपालले आज (आइतबार) अन्तिम खेल खेल्दैछ । सान्त्वना जितको लक्ष्यसहित नेपालले बंगलादेशविरुद्ध खेल्न लागेको हो । यसअघि, लगातार ३ खेल हारेको नेपाल बंगलादेशविरुद्ध आज पहिलो जितको खोजीमा रहनेछ । नेपालको खेल शेख अलि बिन मोहमद अल खालिफा रंगशालामा राति राती ८ः४५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानसँग २–० ले पराजित बनेको थियो । दोस्रो खेलमा कतारसँग ३–१ ले पराजित भएको नेपाल तेस्रो खेलमा आयोजक… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सुदूरपश्चिममा

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक सिंह, सुदूरपश्चिमका ९ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरु दीपक श्रेष्ठ, मिरा राई र अरुणा शाहीलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो । बृहत राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरिएको हो । ट्रफीलाई ७… पुरा पढौ

निर्वाचन प्रकिया आजबाट सुरु, समानूपातिकतर्फको बन्दसूची आज र भोली पेश गर्ने कार्यतालिका

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रकिया आज आइतबार)बाट सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन् । निर्वाचन आयोगले आज र भोली समानूपातिकतर्फको बन्दसूची पेश गर्ने तालिका तय गरेको छ । उम्मेदवारको बन्दसूची छानबीन गरि आवश्यकता अनुसार सच्याउन असोज ४ देखि ९ गतेसम्मको समय दिइएको छ । यस्तै, सो बमोजिम राजनितिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरि पेश गर्नका लागि असोज १० गते देखि असोज १६ सम्मको… पुरा पढौ

‘गुरिल्ला पदमार्ग’ प्रवर्द्धन गर्न ३५ दिनको पदयात्रा

गत दशैंमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको सम्झनाले उनलाई एक वर्ष नपुग्दै पुनः डो¥यायो । त्यसैले यसपटकको उनको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’सम्म नै पुग्यो । अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सकेका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गरे । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङ साइकल र पदयात्रामार्फत पर्यटन प्रवर्द्धनमा लाग्दै आएका छन् । यसपटक… पुरा पढौ