समाचार

साफ यु–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

श्रीलंकामा आयोजना भएको साफ यु–१७ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो। जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो। भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले १/१ गोल गरे। खेलको १८ औँ मिनेटमा बोबीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ३० औँ मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए। खेलको ३९ औँ… पुरा पढौ

टेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्दै

नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ। टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो। इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन्। हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ। नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइनेछ। नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई तत्काललाई इ–सिम उपलब्ध नभए पनि निकट भविष्यमै… पुरा पढौ

नाट्टा गण्डकीमा बाल संरक्षण तथा मानव बेचबिखनविरुद्धको अन्तक्रिया

पोखरामा बाल संरक्षण तथा मानव बेचबिखनविरुद्ध अन्तक्रिया गरिएको छ। बाल दिवसको अवसरमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना, शक्ति समुह, काठमाडौंको सहयोगमा अन्तरक्रिया कार्यक्रम गरिएको हो। शक्ति समुहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले समग्र बिषयबस्तुमाथि प्रकाश पारेकी थिइन्। शक्ति समूहकी प्रोजेक्ट म्यानेजर सरला तामाङले बाल दिवसको सन्दर्भमा कार्यक्रम गरेको उल्लेख गरिन्। नेपालमा ४ सय भन्दा बढी बालगृहहरु छन। जसमा ११ हजार भन्दा बढी बालबालिका छन्। धेरै जसो परिवारहरूले आफ्ना बालबालिकालाई अनाथ बनाएर बालगृहमा राख्ने गरेको तामाङले… पुरा पढौ

पर्यटकीयस्थल टोड्केमा सिद्धबाबा पार्क

म्याग्दीको पर्यटकीय स्थल टोड्केमा सिद्धबाबापार्क निर्माण गरिएको छ। रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकलाई लक्षित गर्दै रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो। पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं ५ झिँको सिद्ध सामुदायिक वनमा उक्त पार्क निर्माण गरिएको हो। विभागको रू. ७० लाख र गाउँपालिकाको रू. ३१ लाख गरी रू. १ करोड १ लाख पार्क निर्माणको लागत अनुमान गरिएको थियो। खुसीहोम बिल्डर्सले रू.… पुरा पढौ

बागलुङ बजारमा पुसभित्रै शुद्ध खानेपानी

खानेपानी अभावको समस्या भोग्दै आएका बागलुङ बजारवासीले आगामी पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन्। बर्खाको समयमा बागलुङ बजारमा धमिलो पानी वितरण गरिएको भन्दै आन्दोलन गरेपछि यहाँका बासिन्दाले आगामी पुसभित्रै शुद्ध खानेपानी पाउने भएका हुन्। दूषित पानी वितरण भइरहेको अवस्थामा यहाँका नागरिकले खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामा तालाबन्दी गरेका थिए। अहिले बागलुङ बजारमा मागको आधा मात्र पानी जिल्लाको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइएको छ। तर, टाढाबाट पानी ल्याउँदा पहिरोका कारण पानीको वितरण अनियमित हुने… पुरा पढौ

अवैध संरचना हटाउने पोखरा महानगरको काम जारी छ

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने काम जारी राखेको छ। गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानून मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। सोमवार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ। तोकिएको समयावधिभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरे कानूनबमोजिम अघि बढ्ने वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बताए। ‘फुटपाथ पसल, सडकछेउका पार्किङस्थल र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना… पुरा पढौ

अवैध संरचना हटाउने पोखरा महानगरको काम जारी छ

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने काम जारी राखेको छ। गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानून मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। सोमवार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ। तोकिएको समयावधिभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरे कानूनबमोजिम अघि बढ्ने वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बताए। ‘फुटपाथ पसल, सडकछेउका पार्किङस्थल र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना… पुरा पढौ

नीलसागर सेवाश्रम पोखरालाई खाद्यान्न सहयोग

पोखरा–६ बैदामस्थित नीलसागर सेवाश्रम पोखरालाई खाद्यान्न सहयोग प्रदान गरिएको छ। पोखरा–६ बैदाम निवासी केदार, रामजी, मीना र गोमा पहारीले आफ्ना बुवा शिवलाल र आमा नन्दमाया पहारीको स्मृतिमा आश्रममा रहेका अनाथहरुलाई खाद्यान्न सहयोग गरेका हुन्। कास्की जिल्लाको मालपोत कार्यालयको पश्चिमपट्टी संचालनमा आएको आश्रममा एक वर्षदेखि विभिन्न जिल्लाका १८ जना अनाथ महिला/पुरुष बस्दै आएका छन्। उनीहरुले चामल, दाल, तरकारी, बिस्कुटलगायतका खाद्यसामग्री प्रदान गरेको नीलसागर सेवाश्रम पोखराका सचिव राम जिसीले जानकारी दिए। सरिता खनाल अध्यक्ष रहेको उक्त संस्थाले सडकमा रहेका वेसाहारा एवं अनाथ… पुरा पढौ

शक्ति समूहद्वारा बालबालिकालाई शैक्षिक सहयोग

मानव बेचविखनविरुद्धको सवालमा काम गरिरहेको संस्था शक्ति समुहले कमजोर आर्थिक अवस्थाले बीचमै विद्यालय छोड्न सक्ने बालबालिकाहरुलाई विद्यालयमा निरन्तरताको लागि शैक्षिक सहयोग गरेको छ। शक्ति समुहले राष्ट्रिय बाल दिवसको अवसर पारेर पोखरा महानगरभित्रका ५ वटा ‘विद्यालयमा आज ‘ओ यु आर’को आर्थिक सहयोगमा सञ्चालित परियोजनामार्फत सो सहयोग उपलव्ध गराइएको हो। पोखराका तालबाराही मावि, धर्मस्थली आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय, ज्ञानभुमि मावि र मसिना आधारभुत विद्यालयका २५ जना बालिकालाई झोला, पोशाक, स्विटर, जुत्ता, मोजा, कापी, कलम, क्यालकुलेटरलगायत एक वर्षको शैक्षिक सामग्री सहयोग गरेको… पुरा पढौ

एभरेस्टकर्मी नारायण शाही ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित

पत्रकार नारायण शाही सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन्। सहारा क्लबले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९’बाट पत्रकार नारायण शाहीलाई सम्मान गरेको हो। २०६४ सालदेखि पोखरामा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकार शाहीलाई पोखरा महागरपालिकाका मेयर धनाराज आचार्यले सम्मान गरे। पुरस्कार राशी २० हजार ५ सय ५५ रुपैयाा नगदसहित दोसल्ला र ताम्रपत्र छ। सोही अवसरमा क्लबको मानार्थ सदस्यबाट बरिष्ठ पत्रकार नारायण कार्की र उत्कृष्ट सदस्यबाट सिद्धार्थ थापामगरलाई सम्मान गरेको छ। कार्यक्रममा महानगरप्रमुख आचार्यले सामाजिक… पुरा पढौ