समाचार

चाडवाड लक्षित छुट योजना संचालन गर्न पोउवा संघको आग्रह,छुट दिने बस्तुगत संघहरुको प्रतिवद्धता

पोखरा । पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघअन्तर्गत रहेका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा सो आग्रह गरेका हुन् । ‘ चाडवाडमा सहुलियत दरमा उपभोग्य सामग्री बिक्री–बितरण गर्दा व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध सुमुधुर हुन्छ’,उनले भने,‘त्यसले व्यवसाय विस्तारमा पनि सघाउँछ,सामाजिक उत्तरदायित्व पनि बहन हुन्छ ।’ अध्यक्ष प्रजापतिले स्वच्छ व्यवसाय गर्न तथा चाडवाडलक्षित अनुगमनलाई सघाउन पनि व्यवसायीहरुसँग आग्रह गरे । अनुगमनको नाममा हुने… पुरा पढौ

बालबालिकालाई विद्यालय निरन्तरताको लागि शैक्षिक सहयोग

पोखरा । कमजोर आर्थिक अवस्थाले बीचमै विद्यालय छोड्न सक्ने बालिकाहरुलाई विद्यालयमा निरन्तरताको लागि मानव बेचविखन विरुद्धको सवालमा काम गरिरहेको संस्था शक्ति समुहले शैक्षिक सहयोग गरेको छ । शक्ति समुहले राष्टिय बाल दिवसको अवसर पारेर पोखरा महानगरभित्रका ५ वटा ंविद्यालयमा आज “ओ यु आर”को आर्थिक सहयोगमा सञ्चालित परियोजना मार्फत सो सहयोग उपलव्ध गराइएको हो । पोखराका तालबाराही मावि, धर्मस्थली आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय, ज्ञानभुमि मा.वि र मसिना आधारभुत विद्यालयका २५ जना बालिकालाई झोला, पोशाक, स्विटर,जुत्ता, मोजा,कापी,कलम, क्यालकुलेटर लगायत एक वर्षको… पुरा पढौ

संविधान जोगाउन गठबन्धन सरकार बनेको हो : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान जोगाउन गठबन्धन सरकार बनेको बताएका छन । काठमाडौँमा आज आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले तत्कालीन नेकपा सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरी दुई पटकसम्म संसद् भङ्ग गरेकाले संविधान जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन । तत्कालीन ्नेकपाको सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको उनको भनाइ थियो । बागमती नदी किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ अङ्कले ओरालो लागेर एक हजार नौ सय २४ दशमलव ४८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव १३ मा सीमित भएको छ । कूल दुई सय ३२ कम्पनीका ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता शेयर रु दुई अर्ब १२ करोड… पुरा पढौ

डेङ्गु रोगको नियन्त्रण कीटनाशक औषधि छर्न माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गरेका छन । सांसदहरुले मिटरब्याजीको समस्या समाधानका लागि भएका पहलबारे जानकारी माग गरेका थिए । साथै उनीहरूले मन्त्रीले कार्यकक्षमा जाँदा सांसदहरुलाई उचित समय नदिएको भन्दै सवारी दुर्घटना रोकथाम गर्न र दार्चुलाका बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिनसमेत माग गरेका थिए । शून्य समयमा सांसदहरू उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मदनकुमारी साह गरिमा, राजेन्द्रलक्ष्मी गैह्रे र सुरेशकुमार आलेमगरले बोलेका थिए… पुरा पढौ

मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु

काठमाडौँ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सो प्रणालीको सुरुआत गरे । प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने… पुरा पढौ

स्मार्ट कृषि : कृषकलाई बाख्रापालनमा सघाउँदै

रामपुर । बाख्रापालन व्यावसायलाई दीगोरुपमा सञ्चालन गर्ने उद्देश्यले पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रममा जोड दिइएको छ । जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकामा बाख्रापालन र रैनादेवी छहरामा तरकारी तथा खाद्यान्न बालीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित छ । बाख्रापालनलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमबाट उत्पादन वृद्धि गर्नुका साथै कृषकको जीवनस्तर उकास्ने र संस्थागत विकास हुने भएकाले कार्यक्रम प्रभावकारी देखिएको भेटरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा चन्द्रबहादुर राना बताउछन । विनियोजन… पुरा पढौ

सेतो पुर्जाले दिएको खुसी

अन्नपूर्ण । पोखरा महानगर–७ प्रगति टोलकी भुजामती पुन बुधबार भावुक मुद्रामा देखिए। अनपढ उनलाई आफ्नो उमेर कति पुग्यो भन्नेसमेत थाहा छैन तर सुकुम्बासी भएर सो स्थानमा बस्न थालेको १० वर्ष पुगेको भुजामतीले सुनाए । काठमाडौँमा श्रीमान्सँगै ज्याला मजदुरी गरेर बस्ने उनको जीवनमा विसं २०६७ मा बज्रपात प¥यो । श्रीमान्को मिर्गौला देखिएको खराबीका कारण मृत्यु भयो । त्यसपछि विसं २०६८ मा पोखरा आएर पोखरा–७ को सुकुम्बासी बस्तीमा भुजामती बस्न थाले । आफू बसेको जमिन आफ्नो होइन भन्ने उनलाई राम्रोसँग थाहा थियो… पुरा पढौ

भूकम्पमा परी दशको मृत्यु

पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७।६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका छन् । उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । यस भूकम्पको केन्द्रबिन्दु ६।३० डिग्री दक्षिण अक्षांश र १४६।५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त… पुरा पढौ

जङ्गली जनावरबाट बाली जोगाउनै समस्या

बेदकोट । महाकालीपारि दोधारा चाँदनी नगरपालिका–१ स्थिती पूर्णागिरी टोलमा हरिना धामीले करिब १२ कठ्ठा जमिनमा धानखेती गरेका छन । उनले खेतमा लगाएको धानमा बाला पलाएको छ । सँगै जङ्गली जनावरबाट धानबाली कसरी जोगाउने भनेर उनका मनमा चिन्ता पलाएको छ । उनको जमिन नेपाल–भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टि जङ्गल छ । सोही जङ्गल भएर आउने जनावरबाट बाली जोगाउन अचेल उनी दिनरात टिन ठटाउने र होहल्ला गरेर जनावर धपाउनमा व्यस्त छन । वर्षौँदेखि जङ्गली जनावरको समस्या झेल्दै आएको हरिना गुनासो… पुरा पढौ