समाचार

प्रधानमन्त्री देउवासँग अध्यक्ष ली को शिष्टाचार भेटवार्ता सिंहदरबारमा सुरु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि देखि शिष्टाचार भेटवार्ता सुरु भएको हो । सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए… पुरा पढौ

परराष्ट्रमन्त्री डा खड्का र अध्यक्ष लीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन । आज यहाँ भएको भेटमा आपसी हित, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए ।रासस पुरा पढौ

कुमुदिनी होम्सका बिद्यार्थीले गरे कास्कीकोटमा सरसफाई

पोखरा । कुमुदिनी होम्सका बिद्यार्थीहरुले ड्यूक अफ इडेनबर्ग इन्टरनेसनल अवार्ड अन्तर्गत दोश्रो बर्षको कार्यक्रम हालै सम्पन्न गरेका छन्।अवार्डका विभिन्न वर्ग मध्ये भोलन्टियर सर्भिस अन्तर्गत २६ जना विद्यार्थीले कास्कीकोटको ऐतिहासिक गुप्तकालिका मन्दिर सरसफाई गरेका हुन् । सरसफाईकालागि टिम लिडर अभिषेक विश्वकर्मा टोलीसहित मन्दिर पुगेका थिए ।विद्यार्थीहरुलाई सामाजिक क्रियाकलापमा सहभागि गराई उनीहरुलाई पनि सामाजिक कार्य गर्न प्रेरित गर्ने उद्देश्य रहेको टिम लिडर बिश्वकर्माले बताएका छन् । मन्दिरमा कुमुदिनी होम्सका बिद्यार्थीहरुले करिब साढे ३ घण्टा सरसफाई गरेका थिए । पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३० अङ्कले उकालो लागेर एक हजार नौ सय ३४ दशमलव शून्य चार अङ्कमा उक्लेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८३ अङ्ककले उकालो लागेर तीन सय ७६ दशमलव १७ मा पुगेको छ । कूल दुई सय ३१ कम्पनीको ३१ लाख ४६ हजार नौ सय ९६ कित्ता शेयर रु… पुरा पढौ

मुन्धुमी पर्यटकीय गन्तव्यको अध्ययन सुरु

म्याङ्लुङ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले पूर्वी पहाडी जिल्ला तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लालाई मुन्धुमी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । नगरपालिकाले यहाँका आदिवासी जनजाति लिम्बू जातिको आस्था जोडिएकाले पनि मुन्धुमी पदमार्गको अवधारण ल्याएको हो । त्यसका लागि नगरपालिकाले अध्ययन पनि सुरु गरेको छ । सो क्षेत्रको पदमार्गको अध्ययनका लागि वनस्पति विज्ञ कमल मादेन, वातावरण विज्ञानमा चीनबाट विद्यावारिधि गर्दै आएका दीपक खड्का, मुन्धुमविद् तथा नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ, पर्यटन पत्रकार सङ्घ प्रदेश नं १ का विराट अनुपमलगायत टोलीमा २१… पुरा पढौ

मेलम्चीमा खेल गतिविधि बढ्दो

सिन्धुपाल्चोक । चाँडपर्व नजिकिएसँगै मेलम्चीमा खेल गतिविधि बढेको छ । कोरोना सङ्क्रमण तथा गत वर्षको बाढीले खेल गतिविधि ठप्प छ । सिन्धुपाल्चोकको मेलम्ची–७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योङ स्टार युवा क्लब मेलम्ची–७ को आयोजनामा हुने उक्त प्रतियोगिता यहीँ असोज १३ देखि असोज १५ गतेसम्म दुवाचौर खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु ७० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ः ४० हजार,… पुरा पढौ

गाउँपालिकाको एकीकृत सेवा घरदैलोमा

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदानगर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको हो । भदौ २४ गतेको कार्यपालिकाको बैठकको निर्णयअनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरी जनतालाई घरदैलोबाट सेवा दिइने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । घुम्ती शिविरमै चालु आर्थिक वर्षका लागि सञ्चालन गरिने योजनाको सम्झौता पनि गरिनेछ । कृषि, पशु, स्वास्थ्य, घरनक्सा, पञ्जीकरण लगायतका सेवा शिविरबाट प्रदान गरिने गाउँपालिकाले जनाएको छ । घुम्ती शिविरबाट विषयगत… पुरा पढौ

श्राद्ध गर्ने रकम क्यान्सर रोगीलाई सहयोग

गलेश्वर । म्याग्दीकी एक मनकारी महिलाले पितृ कार्य श्राद्धमा खर्च गरिने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गरेका छन । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुराको श्राद्धको तिथि पारेर आज पेटको क्यान्सर रोगबाट पीडित रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीका ४७ वर्षीय रीमबहादुर विकलाई आर्थिक सहयोग गरेका हुन । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका विकको आर्थिक उपचारमा समस्या भएको थाहा पाएपछि घिमिरेले आफ्ना दिवङ्गत ससुरा रुद्रबहादुर घिमिरेको श्राद्ध तिथि पारेर रु सात हजार पाँच सय पाँच आर्थिक सहयोग गरेका क्यान्सर… पुरा पढौ

दुई सय ९० स्थानीय तहमा बालसंरक्षण कार्यविधि

काठमाडौँ । बालअधिकार महासन्धीको कार्यान्वयनका क्रममा हालसम्म मुलुकका दुई सय ९० स्थानीय तहमा बालअधिकार संरक्षण तथा संवद्र्धनसम्बन्धी कार्यविधि तर्जुमा गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को आव २०७८÷७९ को तथ्याङ्कअनुसार दुई सय छ स्थानीय तहमा स्थानीय बालअधिकार समिति गठन र दुई सय तीन तहमा बालकल्याण अधिकारी तोकिएको छ । यस्तै एक सय ८० तहमा बालकोष स्थापना भई सञ्चालनमा आएको छ । राष्ट्रिय योजना आयोगको सन् २०२० को तथ्याङ्कअनुसार पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता दर ७७।२ प्रतिशत पुगेको छ । नेपालमा बालश्रम प्रतिवेदन,… पुरा पढौ

जङ्कफुडको सट्टा लिटो र जाउलो

चौतारा । पाँचपोखरी थाङ्गपाल गाउँपालिका–४ रैथानेको लुत्ती तामाङले अचेल आफ्नो बच्चालाई लिटो र जाउलो खुवाउन थालेका छन । दोस्रो सन्तानलाई लिटो र जाउलो खुवाएकी तामाङले यसअघि चाउचाउ र विस्कुटलाई पोसिलो खानाका रुपमा लिँदै आएका थिए । बजारका जङ्कफुडको तुलनामा आफ्नै घरमा बन्ने खाना बच्चाको लागि बढी पोसिलो हुने जानकारी पाएपछि उनले आफ्नो दोस्रो सन्तानलाई लिटो, जाउलो जस्ता खाना खुवाउन थालेकी हुन । सुआहारा कार्यक्रममार्फत बालबालिकालाई आवश्यक पोषणको विषयमा जानकारी पाएपछि उनी बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व मिसिएको छ कि… पुरा पढौ