समाचार

तालाबन्दी खोल्न आग्रह

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका महाशाखा प्रमुखहरुले लगातारको तालाबन्दी कायम रहेमा आसन्न बडादसैँमा तलब दिन नसकिने स्थिति उत्पन्न हुने बताएका छन । विश्वविद्यालयका सबै महाशाखा प्रमुखले यससम्बन्धी एक विज्ञप्ति जारी गर्दै तालाबन्दीकै कारण विश्वविद्यालयमा कार्यरत कर्मचारीको तलब भत्ता र पेन्सन आदि गत असार महिनादेखि रोकिएको उल्लेख गरेका छन । काम बापत पाउनु पर्ने न्यूनतम पारिश्रमिकसमेत नपाउँदा कर्मचारी मर्माहत भएकाले तत्काल तालाबन्दी खोलिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । तालाबन्दीले दैनिक अत्यावश्यक काम रोकिनुका साथै विश्वविद्यालय नै धरासायी हुन लागेको भन्दै तत्काल तालाबन्दी… पुरा पढौ

दक्षिण भारतको सिकन्दराबादको होटलमा आगलागी, आठ जनाको मृत्यु

नयाँदिल्ली । भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । सोमबार राति भएको आगलागीमा परी घाइते भएकाको स्थानीय अस्पतालमा भर्ना गरिएको तथा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । दुई वटा तलामा विद्युतीय मोटरसाइकलको प्रदर्शनी कक्ष रहेको बहुतले उक्त होटलमा आगो लाग्दा त्यहाँ राखिएका सबै मोटरसाइकल जलेका छन् । आगलागीको कारण खुलेको छैन । स्थानीय वारूणयन्त्रका एक जना अधिकारीले आठ वटा शव होटलको भवनबाट… पुरा पढौ

राप्रपाः संसदीय समिति गठन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ । आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ । पार्टीका नेता तथा कार्यकर्ताले साङ्गठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको छ । यसअघि अध्यक्ष लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन कमिटीसमेत… पुरा पढौ

अघि बढ्यो तीनकुने पुल निर्माण

काठमाडौँ । लामो समयसम्म अलपत्र रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्नेगरी डिजाइन एण्ड विल्ड मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कूल ४२ महिनामा सम्पन्न गर्नेगरी यसको ठेक्का वाइ÷पि÷किरातेश्वर जेभीलाई दिइएको छ । गत महिना ठेक्का भएकामा अहिले पेश्की दिइएको र कम्पनीले काम सुरु गर्न… पुरा पढौ

बागलुङमा बढ्दै विद्युतीय चुलो

गलकोट । बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उहाँले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेका थिए । खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण आम उपभोक्ता विद्युतीय इन्डक्सन चुलोप्रति आकर्षित हुन थालेका हुन् । ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न थालेपछि दुई महिनामा सकिने ग्यास सिलिन्डर चार महिना बित्दासमेत नसकिएको बताउँदै उनले सुरुको विद्युतीय चुलोको लगानी नजोड्ने हो भने लगभग… पुरा पढौ

असहाय बालबालिकाको अभिभावक ‘कमला’

वालिङ । सडकमा हिंँड्दै गरेका सहाराविहीन बालबालिका देख्दा कमलाको मन छोयो । अभिभावक कोही भएको भए त अरु बालबालिका जस्तै घरमै बस्थे होलान्, पढ्थे होलान्, आमा बुवाको काखमा रमाउँथे होलान् भन्ने कुराले मनमा चसक्क घोच्यो । दुई÷तीन यस्ता असहाय बालबालिकाको अभिभावक बन्छु भन्ने त उनलाई भयो तर आफूले दुई÷तीनको अभिभावकत्व लिँदैमा समाजमा थप अरु असहाय बालबालिकाको अभिभावक को बन्छ त रु उनलाई यही कुराले बारम्बार झकभकाइ रहयो । दुई ÷तीन जनाको अभिभावक बनेर साहारा दिन्छु भन्ने सोच मनैबाट पलाए पनि… पुरा पढौ

बागलुङमा डेङ्गुबारे सचेतना अभियान सुरु

बागलुङ । बागलुङको गलकोटमा डेङ्गु रोगबारे सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय जुनसुकै स्थानमा पनि डेङ्गु देखिन थालेपछि स्वास्थ्यकर्मी र सरोकारवालाको अगुवाइमा डेङ्गुबारे सचेतना अभियान सुरु भएका हुन् । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम भएकाले सतर्कता आवश्यक पर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए । सोमबार स्वास्थ्य कार्यालय हटिया, उद्योग वाणिज्य सङ्घ गलकोट, महिला स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संस्थासमेतको सहभागितामा बजार क्षेत्रमा डेङ्गुबारे सचेतना ¥यालीसमेत सञ्चालन भएको थियो । जथाभावीरुपमा थुपारिएका गाडीका… पुरा पढौ

विकट गाउँमा स्वास्थ्यको सहज पहुँच

बागलुङ । बागलुङको सबैभन्दा दुर्गम मानिन्छ तमानखोला । भौगालिक हिसाबले निकै विकट मानिने तमानखोला गाउँपालिकामा पाँच वर्ष अगाडि तीन वटा मात्रै स्वास्थ्य चौकी भए पनि त्यहाँ सामान्य औषधि पाउन पनि मुस्किल हुन्थ्यो । स्थानीयवासी बिरामी पर्दा स्वास्थ्य संस्थाभन्दा धामी झाँक्रीकोमा पुग्थे । अस्पताल जानै परे घण्टौको यात्रा गरेर बुर्तिबाङसम्म झर्ने गर्थे । अहिले गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था छन् । छ वटा वडा रहेको तमानखोलाको तीन स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ र तीन स्थानमा स्वास्थ्य… पुरा पढौ

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बलेवा। बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ । “बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ”, उनले भने… पुरा पढौ

यु–१७ फुटबलः नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्यो

नेपाली राष्ट्रिय यु–१७ फुटबल टोलीले फाइनलमा आफ्नो स्थान पक्का बनाएको छ। गएराती सम्पन्न खेलमा घरेलु टोली श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। खेल सुरु भएदेखि नै नेपालले श्रीलंकालाई दबाबमा राख्दै पहिलो हाफमा ४–० गोलको अग्रता लिएको थियो। कप्तान प्रशान्त लक्ष्यमले पहिलो हाफको २१ औं मिनेटमा पाएको पेनाल्टी प्रहारलाई गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको लगत्तै २३ औं मिनेटमा हरिष भट्टले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए। खेलको ३० औं मिनेटमा सुभाषले गरेको… पुरा पढौ