समाचार

नवौं राष्ट्रिय खेलकुदः पुलिसको दोस्रो जित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विभागीय टोलीको नेपाल पुलिस क्लबले पुरुष क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो। पुलिसले दिएको २०५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२८ रनमा समेटियो। लुम्बिनीका लागि बसिर अहमदले अविजित ४६, सौरभ खनालले २४, दीपेन्द्र रावतले अविजित १३ र प्रज्वल थापाले १० रन बनाए। बलिङमा पुलिसका ललित राजवंशीले ३, करण केसीले २ तथा गुल्सन झाले १ विकेट लिए। यसअघि,… पुरा पढौ

नेपाल महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा

घरेलु नेपालको टोलीले साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। नेपाल समुह ‘बी’ बाट समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो। नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको हो। श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र गरेको थियो। नेपालका लागि अमिषा कार्कीले २, रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी, दिपा शाहीले १/१ गोल गरे। नेपालका लागि खेलको १० औं मिनेटमा रश्मीले पहिलो गोल गरेकी थिइन् भने खेलको ११ औं मिनेटमा सरुले दोस्रो… पुरा पढौ

तनहुँस्थित पृथ्वी राजमार्गमा फेला परेको अजिंगरको उद्धार

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलबिरेमा फेला परेको अजिंगरको उद्धार गरिएको छ। मुग्लिन–पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिंगरलाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो। सडक आयोजनाअन्तर्गत काम गरिरहेका कामदारले अजिंगर देखेपछि डिभिजन वन कार्यालय तनहुँमा खबर गरेको थियो। वनको टोलीले अजिंगरलाई उद्धार गरी डिभिजन वन कार्यालयको खोरमा सुरक्षित राखेको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। उक्त अजिंगरको तौल १० केजी र लम्बाइ ६.५ फिट रहेको छ। पुरा पढौ

तनहुँमा राहदानीबाट ४ करोड ४२ लाख राजस्व संकलन

तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। सो आवमा जिल्लाबाट ६ हजार ६१९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। त्यस्तै, ८ हजार ८५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ। कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट ४ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत,… पुरा पढौ

सूचनाको हक पोखरा महानगर सञ्जालले वडाभित्रका टोल–टोलमा उपसमिति गठन गर्दै

पोखरा महानगर सञ्जालले सूचनाको हकका लागि पोखराका ३३ वटै वडाका टोल–टोलमा उपसमिति विस्तार गर्ने भएको छ। सूचनाको हक पोखरा महानगर सञ्जालको हालै बसेको पहिलो बैठकले वडालगायत टोल–टोलमा उपसमिति विस्तार गर्ने निर्णय गरेको समितिका सचिव सागर कार्कीले जानकारी दिएका छन्। आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई महानगर सञ्जालले घरघरमा सचेतना जगाउन पनि महानगर समितिले यस्तो निर्णय गरेको पोखरा महानगर समितिका अध्यक्ष अनिल थापाले बताए। त्यस्तै, सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की सञ्जालको पहिलो बैठकले दिपक आचार्य, यदुनाथ बञ्जारा र रेशम खड्कालाई… पुरा पढौ

जिसस कास्कीको आयोजनामा बालबालिकासम्बन्धी घटना ब्यवस्थापन अभिमुखिकरण

जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा आयोजित स्थानिय तहमा बाल अधिकार संरक्षण र बालबालिकासम्बन्धी घटना ब्यबस्थापन दुईदिने अभिमुखिकरण तालिम सोमबारदेखि सुरु भएको छ। कास्कीका ५ वटा पालिकाका उप–प्रमुखसहित सम्बन्धित बिषय हेर्ने जनप्रतिनिधि तथा बिभागीय प्रमुख, कर्मचारीहरू र सरोकारवाला निकायहरूको सहभागिता रहेको तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका हुन्। पौडेलले विभिन्न बहानामा बालबालिका पीडित हुन परेको र ती घटनाहरुको न्यूनिकरणमा जन–प्रतिनिधिहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे। उनले बालबालिकामा हुने घटनाहरूको प्रक्रियागत ब्यबस्थापनमा… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन कल्चरबीच भगिनी सम्बन्ध कायम

गण्डकी प्रज्ञा प्रतिष्ठान र रशियन सेन्टर अफ साइन्स एण्ड कल्चरबीच भगिनी सम्बन्ध कायम भएको छ। पोखरामा सोमबार दुवै पक्षबीच सम्झौता भएको हो। सम्झौता पत्रमा रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरकोतर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा सदस्य सचिव श्रेष्ठले आफूहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको बताए। सम्झौता पश्चात हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने उनको भनाई छ। ‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदान–प्रदान हुनेछ’ श्रेष्ठले भने।… पुरा पढौ

मन्त्री थापा र जनप्रतिनिधिलाई कुँवर समाजको सम्मान

पोखरा महानगरपालिका–८ स्थित कुँवर समाज समिति र भवानी आमा समुहले प्रदेश मन्त्री तथा वडा प्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ। माननीय कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, पोखरा–८ का वडा अध्यक्ष रुद्रप्रसाद बराल र वडा सदस्य हिराकाजी श्रेष्ठलाई शनिबार स्वागत तथा सम्मान गरेको हो। कुँवर समाज समितिका वरिष्ठ उपाध्यक्ष बसन्तबहादुर कुँवर र भवानी आमा समुहकी अध्यक्ष समीक्षा कुँवरले उनीहरुलाई सम्मान पत्र, दोसल्ला र खादा लगाएर सम्मान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा सम्मानीत ब्यक्तित्व कानुन, संचार तथा… पुरा पढौ

कोन सामुदायिक बचत तथा ऋण सहकारीको २४ औं साधारण सभा

पोखरा महानगरपालिका–१३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै वडा नं १३ का वडा अध्यक्ष किरण वरालले सहकारीलाई जनतामाझ घुलमिल गराउन प्रदेश सरकारको सहयोग जरुरी रहेको औंल्याए। उनले कोन सहकारीमा महिला सदस्य बढी भएकै कारण सहकारी राम्रो भएको प्रशंसा गरे। म्हानगरको वडा नं १३ सदैव कोनसँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको अध्यक्ष बताए। कोन सामुदायिक बचत तथा ऋण सहकारीका निर्वतमान अध्यक्ष तथा मानार्थ संरक्षक… पुरा पढौ

क्लबस्तरीय भलिबलमा एपिएफ र एसियन सुज च्याम्यियन

पोखरा । पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल -४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि जित्यो… पुरा पढौ