समाचार

रुपाहिल दोहोरी साँझले वाषिकोत्सवमा राष्ट्रिय कलाकारहरुको जमघट गर्दै

पोखराको चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव मनाउँदैछ । सोमबारदेखि शुक्रबारसम्म राष्ट्रिय कलाकारहरुसहितको सांगीतिक माहौलसँगै वार्षिकोत्सव मनाउने तमु कलाकार संघ गण्डकीका अध्यक्ष समेत रहेका गायक सुरेन्द्र गुरुङले जानकारी दिएका छन् । उनका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ । सांगीतिक साँझमा २० गते भागिरथ चलाउने, २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्तिमगर, २३ गते शिला आलेमगर र २४ गते चन्द्र शर्मालगायत सुरेन्द्र गुरुङ, अंसु गुरुङलगायत… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा कंडेल निर्विरोध निर्वाचित

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा विभिन्न पदमा निर्वाचन हुँदैछ । कार्यसमिति सदस्य कर्पोरेटतर्फ व्यवसायी रामप्रसाद कडेंल निर्विरोध निर्वाचित भएका छन् । विगत ९ वर्षदेखि विभिन्न व्यवसायमा संलग्न हुँदै आएका व्यवसायी कंडेल आफ्नो व्यवसायमार्फत हजारौं युवालाई रोजगारी दिदैं आएका छन् । कर्तव्यनिष्ठ र सृजनशील युवा कंडेलले आफ्नो व्यवसायमार्फत पोखराका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन् । कंडेलको प्रमुख व्यवसाय अन्तर्गत चौतारी बुटिक होटल, इजि फ्यासिलिटिज प्रा.लि, इजि ट्रेडिङ प्रा.लि. तथा गोर्खाल्याण्ड सेक्युरिटी गुप्र छन् । पोखरा विश्वविद्यालयबाट… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान

काठमाण्डौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष अलङ्करण समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गरेकी हुन् ।प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आएका थिए । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको… पुरा पढौ

नवौ राष्ट्रिय खेलकुद : अध्याँरोमा रंगशालाको कभर्डहल अनि उद्घाटन लगत्तै बन्द सचिवालय

पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने दिन नजिकिदै गर्दा सचिवालयमा मा्न्छेको आवतजावतले कामको चापाचाप हुन पर्ने हो । तर पोखरा रंगशालामा भदौ ५ गते औपचारिक रुपमैे उद्धघाटन भएको सचिवालयमा खासै त्यस्तोे देखिदैन । दुई साता अघि नवौं राष्ट्रिय खेलकुदका लागि तामझामका साथ बहुउद्धेश्यिय कभर्डहलको पहिलो तलामा खोलिएको सचिवालयको ढोका त्यस पछि खुलेको छैन । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को सचिवालय झिलिमिली हुनुपर्ने हो तर यहाँ अन्धकार छ । न त सचिवालय खुल्छ । न त सचिवालयमा कर्मचारी… पुरा पढौ

नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विपप

पोखरा । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ रनको योगदान दिए भने… पुरा पढौ

प्रदेश स्तरिय साइक्लिङमा गण्डकी प्रदेशबाट १६ जना छनोट

भदौ २० पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिता अन्र्तगत सोमबार साइक्लिङतर्फको महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने १६ जना खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए । प्रतियोगितामा महिलातर्फ प्रदेशबाट क्रस कन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएका छन् । यस्तै रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श… पुरा पढौ

पोखराबाट लागू औषध सहित दुई जना पक्राउ

पोखरा । कास्की प्रहरीले २ जनालाई ठूलो परिणाममा लागुऔषध सहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा अमरसिंहचोकबाट उनीहरुलाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका – १ का नगेन्द्र थापा (३१ )र बेनी – ७ का सुरेश घर्तिमगर (२१) को साथबाट डाईजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल गरी १६८ एम्पुल लागुऔषध बरामद गरेको हो । पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि… पुरा पढौ

दुई सय २१ जना कोरोना सङ्क्रमित

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाइएको छ । आज दुई सय छ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८।६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ४४ जना पुगेको छ । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि निधन भएको… पुरा पढौ

एक दिवसीय क्रिकेट : केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य

काठमाडौँ । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनायो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले १११ बलमा सात चौका र दुई छक्काको मद्दतमा सो रन बनाएका हुन । यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको योगदान दिए भने सुखदिप सिंहले ३७ रन… पुरा पढौ

नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलिदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु दर्शकको भरपुर साथ हुनेछ । दक्षिण एशियाली राष्ट्रले भाग लिने महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासङ्घ साफले उक्त च्याम्पियनसिप सुरु गरेको हो । बङ्गलादेशबाट सुरु भएको उक्त… पुरा पढौ