समाचार

पालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उनले बताएका छन् । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । प्रतिलिटर दूधमा… पुरा पढौ

कुश्मामा ज्ञादी पुलले खोलेको पर्यटनको ढोका

अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौं लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज बनेको छ । यस झोलुङ्गे पुलले स्थानीयका लागि सहजता मात्र थपेन, पर्यटनको ढोकासमेत उघारिदियो । नेपालकै अग्लो तथा लामो झोलुङ्गे पुलका रुपमा देशभरि चर्चा बटुल्न पनि सफल भएको छ । ‘उनताका दूध बेच्न कुश्मा बजार आइन्थ्यो, बडगाउँबाट घाँस काटेर घर फर्कनुपथ्र्यो’, शंकरपोखरकी ७२ वर्षीया उमाकुमारी तिवारीले भनिन्, ‘बिहान घरबाट हिँडेको फर्कदा ३÷४ बज्थ्यो, छोटो दिनमा त रातै हुन्थ्यो ।’ अहिले… पुरा पढौ

नवलपुर–२ मा एमालेबाट तिलक सिफारिस, १ मा ३ जना

नेकपा एमाले नवलपुरले आगामी संघीय र प्रदेश निर्वाचनका लागि उमेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । यसअघि, नवलपुर–२ संघतर्फ प्रत्यक्षमा सांसद तिलक महतको एकल नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ भने ज्ञानबहादुर बोटे, सुरजकुमार कहार र दानकुमारी पाण्डेको नाम सिफारिस गरेको छ । त्यसैगरी, नवलपुर प्रतिनिधिसभा–१ मा प्रत्यक्ष र समानुपातिक गरी ६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ कृष्ण पौडेल, रवीन्द्र अधिकारी र नारायणप्रसाद तिमिल्सिना तथा समानुपातिकतर्फ दीपक अधिकारी, सुनिता खातुन र रेखा पौडेलको नाम सिफारिस गरेको छ ।… पुरा पढौ

नवलपुरबाट ४४ जनाको नाम सिफारिस, क्षेत्र नं १ बाट प्रचण्डको सिफारिस

माओवादी केन्द्र नवलपुरको देवचुलीमा हालै बसेको जिल्ला समन्वय समितिको बैठकले संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिक उम्मेदवार गरी ४४ जनाको नाम सिफारिस गरेको छ । जिल्लामा भएको २ वटा संघ र ४ वटा प्रदेशको क्षेत्रमा ५/५ जनाको नाम माग गरेको थियो । त्यसैअनुसार, प्रत्यक्षमा मात्रै ३० जनाको नाम परेको छ । नवलपुर क्षेत्र नं.१ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको नवलपुर माओवादी श्रोतले बताएको छ । नवलपुरको क्षेत्र १ को प्रतिनिधि सभामा प्रचण्डसहित… पुरा पढौ

शिक्षामन्त्री पौडेल बागलुङका २ वटै क्षेत्रबाट सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका २ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनको स्थायी घर बागलुङ क्षेत्र नम्बर– १ मा पर्दछ । बागलुङ क्षेत्र नम्बर–१ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम सिफारिस गरिएको सो बागलुङ माओवादी केन्द्र श्रोतले बताएको छ । यस्तै, बागलुङ क्षेत्र नम्बर–२ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको नाम सिफारिस… पुरा पढौ

लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि ८ जना महिला सिफारिस

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ । प्रदेश सभा प्रत्यक्षतर्फ १ जना र समानुपातिकतर्फ २१ जनाको नाम सिफारिस भएको छ । नेपाली काँग्रेसबाट ३ जना महिला, नेकपा एमालेबाट २ जना महिला, माओवादी केन्द्रबाट २ जना र नेपाल समाजवादी पार्टीबाट १ जना महिलाको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो । नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ… पुरा पढौ

तनहुँ–१ काँग्रेसबाट वरिष्ठ नेता पौडेलसहित, भट्टराई र भण्डारीको सिफारिस

नेपाली काँग्रेसले तनहुँ क्षेत्र नम्बर १ बाट संघीय निर्वाचनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै केन्द्रीय सदस्यहरु शंकर भण्डारी र गोविन्द भट्टराईको नाम सिफारिस गरेको छ । हालै बसेको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ ३ जनाको नाम वरिष्ठताका आधारमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको तनहुँ काँग्रेस श्रोतले बताएको छ । बैठकले समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि रामचन्द्र पोखरेल, नेतृ मीरा जोशी तथा यमुना खड्का वि.क.को नाम सिफारिस गरेको छ । काँग्रेस श्रोतका अनुसार क्षेत्रबाट जिल्लामा प्राप्त सिफारिसकै आधारमा तनहुँका २ वटै क्षेत्रको नाम केन्द्रमा… पुरा पढौ

स्याङ्जाको वालिङमा असोजको दोस्रो साता ‘लियो मिनी म्याराथुन’ हुने

स्याङ्जाको वालिङमा असोजको दोस्रो साता ‘लियो मिनी म्याराथुन’ हुने भएको छ । लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथुन प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । खेलकुदलाई शहर केन्द्रीत मात्र नभई यसको संस्थागत विकास लागि स्थानीय तहको तल्लो तहसम्म पु¥याई नयाँ नयाँ प्रतिभाहरुको खोजी गर्ने, खेलकूदसँगै रचनात्मक कार्यहरुमा युवाहरुलाई आकर्षित गर्दै निरन्तरता दिने लक्ष्यसहित प्रतियोगिताको आयोजना गरिएको लियो क्लब अफ ३२५ एम नेपालका डिष्ट्रिक सेक्रेटरी दिक्षान्तप्रताप खाँणले जानकारी दिएका छन् । विशेषगरी, ठूला भनिएका शहर… पुरा पढौ

गण्डकी प्रदेशभित्र सार्वजनिक यातायातमा स्वचालित भाडा लागू गर्छौः मन्त्री खड्का

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का प्रदेशमा स्वचालित मूल्य प्रणाली लागू गरिने बताएका छन् । इन्धनको मूल्य बढ्दा स्वचालित रुपमा सवारी भाडा वृद्धि हुने र मूल्य घट्दा भाडा घट्ने गरी मूल्य प्रणाली तत्कालै लागू गरिने प्रतिवद्धता मन्त्री खड्काको छ । पोखरेली ट्याक्सी सेवा प्रालि पोखराको सोमबार सम्पन्न चौथो साधारणसभाको उद्घाटन गर्दै उनले मुल्यवृद्धिपछि भाडा समायोजनका लागि यातायात व्यवसायीले मन्त्रालयमा निवेदन लिएर आउनुपर्ने बाध्यता अन्त्य हुने गरी मन्त्री परिषद्बाट निर्णय गर्न लागिएको उनको… पुरा पढौ

पोखरा जेसीजद्धारा विभूतिपार्कमा वृक्षारोपण र सरसफाई

पोखरा जेसीजद्धारा विभूतिपार्कमा वृक्षारोपण तथा सरसफाई गरेको छ । पोखरा जेसीजले ‘जेसीज सप्ताह–२०२२’ अन्तर्गत सोमबार पोखरा महानगरपालिका–१८ स्थित राष्ट्रिय विभूतिपार्कमा वृक्षारोपण तथा सरसफाई गरेको हो । पार्कको सुन्दरता एवं स्वच्छ वातावरण निर्माणमा योगदान दिने उद्देश्यले पार्कमा पिपल, कपुर, बेलपत्र लगायतका ५० वटा विरुवा रोपेको अध्यक्ष मीनराज खड्काले जानकारी दिएका छन् । पार्कमा सरसफाई गरिएको र १० वटा डस्बीन समेत राखिएको उनले बताए । यस्तै, तेस्रो दिन आइतबार पोखरा महानगरपालिका–२३ स्थित फेवा आधारभूत विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको कार्यकारिणी… पुरा पढौ