समाचार

घरमै सामाजिक सुरक्षा भत्ता

जाजरकोट । यहाँका दुई स्थानीय तहले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन् । बर्सातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौँ लाग्ने र सुरक्षाबापतको भत्ता बाटामै सकिने भएकाले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ तर ज्येष्ठ… पुरा पढौ

करेन्ट लागेर मृत्यु

झापा । मोरङको विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस पुरा पढौ

कारबाहीमा ५७ जना आतङ्ककारी मारिए

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिएका हुन् ।नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नो र योबेमा सो कारबाही गरिएको थियो । यहाँको सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारबाही गरेको थियो । उक्त कारबाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७… पुरा पढौ

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ । नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको उनले बताए । अहिलेको सरकार बन्नुअघिको सरकारले ऐन कानुन नबनाइदिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने परिस्थिति बनेको उनले धारणा राखे । उनले अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुने बताए । उहाँले… पुरा पढौ

अज्ञात रोगले ६० पशु मरे

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् । यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का धनबहादुर रोकायाले बताउनुभयो । अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् । गाउँपालिकाले पठाएका कर्मचारी औषधि… पुरा पढौ

पोउवा संघमा प्रजापति–पोखरेलको प्यानल आमने–सामने

निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । संघको यही भदौ २४ र २५ गते हुने ३४ औं महाधिवेशनबाट नेतृत्व हत्याउन पवनकुमार प्रजापति र अर्जुन पोखरेल समूह बनाएरै चुनावी मैदानमा उत्रिएका हुन् । संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापति वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् भने पोखरेल वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन् । १० वर्षअघि सदस्यबाट संघको कार्यसमितिमा प्रवेश गरेका प्रजापति कोषाध्यक्ष, उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन् । त्यस्तै, पोखरेल… पुरा पढौ

पीएन क्याम्पसका पहिलो स्ववियु सभापति पुष्पकमल

पुष्पकमल सुवेदी कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनमा पहिलो पुस्ताको बीचतिरका गौरव गर्न लायक श्रद्दाका प्रतीक हुन् । उनमा भएको कम्युनिस्ट क्रान्तिकारी बिचार,सिद्धान्त र ब्यवहारको तालमेल जो कोही कम्युनिस्ट पार्टीका सदस्य, नेता र कार्यकर्ताले देखासिकी गर्नुपर्दछ र कम्युनिस्ट पार्टीमा संगीन परिस्थितिमा लागेकै कारण, नेतृत्व गरेकै कारण प्रताडित र बिक्षिप्त उनको परिवार, उनकी सहधर्मिनी र परिवारको सम्मान र अभिनन्दन गर्नु अपरिहार्य छ । पृथ्वीनारायण बहुमुखी क्याम्पसका पहिलो स्वबियु सभापति, तत्कालीन बेलामा गण्डकी –धौलागिरी क्रान्तिकारी माले कोअर्डिनेशन कमिटीका एक संस्थापक (संयोजक जयप्रकाश बास्तोला, हेम्जा,… पुरा पढौ

विद्युतको लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी

गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कदा छोरालाई देख्दिनन् । सधैँजसो स्कुलबाट आएर खेल्न गएको होला ठानेर आफ्नो घरयासी काममा लागेकी उनलाई केही छिनमा कसैले ‘तिम्रो छोरोलाई करेन्ट लाग्यो, बेहोस भएको छ,’ भनेर फोन गरिदिन्छ । यो खबरले उनी अर्धचेत अवस्थामा पुगिन् । त्यसपछि छोरालाई चार महिना काठमाडौंको अस्पताल भर्ना गरियो । पछि फूलमाया छोरासँगै कुश्मा फर्किएकी… पुरा पढौ

म्यानमारमा बेलायती पूर्वराजदूत पक्राउ

म्यानमारको सैनिक सरकार (जुन्टा)ले म्यानमारका लागि बेलायतकी पूर्वराजदूत विकी बोम्यान र उनका पतिलाई पक्राउ गरेको छ । बोम्यानविरुद्ध भिसाका नियम उल्लंघन गरेको र उनका पतिविरुद्ध उनलाई म्यानमारमा बस्न सहयोग गरेको आरोप लगाइएको छ । अदालतमा उनीहरूविरुद्धको आरोप प्रमाणित भए अधिकतम पाँच वर्ष लामो कारावास भोग्नुपर्ने हुन्छ । बोम्यानले सन् २००२ देखि २००६ सम्म म्यानमारमा राजदूतको पद सम्हालेकी थिइन् । उनले बर्मेली कलाकार तथा पूर्वराजनीतिक बन्दी तेइन लिनसँग विवाह गरेकी थिइन् । उनले यांगुनमा म्यानमार सेन्टर फर रेस्पोन्सिवल बिजिनेस सञ्चालन गर्दै… पुरा पढौ

इथियोपियामा पुन: हिंसा बढ्यो, संयुक्त राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुन: हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन्, ‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दु:खी तुल्याएको छ, म स्तब्ध भएको छु । गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ ।’ उनले यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्तिवार्ताका लागि पनि जोड दिएका छन् । तर, वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका… पुरा पढौ