समाचार

सत्र खेलबाट दुई सय ७९ खेलाडी छनोट

मङ्गलबारे । राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ खेलबाट दुई सय ७९ खेलाडी छनोट गरिएको हो । बुद्धिचालतर्फ सबैभन्दा कम खेलाडीअर्थात् पुरुष दुई र महिला एक गरेर तीन खेलाडी छनोट गरिएको… पुरा पढौ

वीरगञ्ज नाकाको आर्थिक कारोबार घट्दै

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८÷७९ मा सङ्कुचन देखिएको छ । वीरगञ्जलाई प्रयोग गरी हुने मालबस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको हो । गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम अर्थात् ११ हजार आठ सय ४८ वटा प्रज्ञापनपत्रमात्र… पुरा पढौ

दश वर्षमा वडा कार्यालय भवन बन्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ शिखमा सुरु भएको दश वर्षमा भवन निर्माण सकिएको छ । तत्कालीन जिल्ला विकास समितिले थालेको गाउँ विकास समिति हालको वडा कार्यालय भवन निर्माण पुरा हुन दश वर्ष लागेको हो । जिविसले विसं २०६९ देखि एक तलाको चार कोठे भवन निर्माण सुरु गरेको थियो । लपत्र परेको भवन निर्माणलाई पूर्णता दिएर यसै हप्तादेखि कार्यालय सञ्चालन गरिएको अन्नपूर्ण–५ का वडाध्यक्ष राजेश तिलिजाले बताए । चुहिने समस्या रहेको भवनमा ढलान र जस्तापाताले छाएर एक तला थपिएको छ । गत… पुरा पढौ

लिटिल स्टेप मा.वि मा स्वागत तथा अभिमुखिकरण कार्यक्रम

पोखरा । लिटिल स्टेप माध्यामिक विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई स्वागत र अभिमुखिकरण कार्यक्रम गरिएको छ । संस्थाका संस्थापक प्राचार्य पम्फा गुरुङ्गको अध्यक्षतामा तथा संस्थाका संस्थापक अध्यक्ष शेर बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाका सल्लाहकार समितिका सदस्य भिमनाथ बराल र संस्थाका कार्यकारी निर्देशक राज कुमार गुरुङ्गको विशेष आतिथ्यता रहेको थियो । विद्यार्थी, अभिभावक, शिक्षक सम्मिलित उक्त कार्यक्रममा कक्षा १२ का छात्र छात्राहरुबाट एकल र सामूहीक नृत्य ÷गायन पस्तुत भएको थियो । कार्यक्रममा संस्थापक गुरुङले विगत… पुरा पढौ

ओझेलमा दिदीबहिनी झरना

बागलुङ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद स् कास्कीमा तेक्वान्दो छनोट सम्पन्न

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा तेक्वान्दो खेलको छनोट सम्पन्न भएको छ । नवौंका लागि ग्योरोगी र पुम्सेतर्फ गरी कुल १६ जना खेलाडी प्रदेशस्तरिय प्रतिष्पर्धाका लागि छनोट भएका हुन् । कास्की जिल्ला तेक्वान्दो संघले विभिन्न तौल समुहमा खेलाडी छनोट गरिएको अध्यक्ष कुमार गुरुङले जनाएका छन् । छनोट भएका खेलाडी ग्योरोगीतर्फ पुरुष ५४ केजीमा अनुगमन विक, ५८ केजीमा अमृत गुरुङ, ६३ केजीमा राजकुमार चौधरी, ६८ केजीमा हेमन्त गुरुङ, ७४ केजी मुनी तौलमा आविष्कार बस्ताकोटी, ८० केजीमा सकिल लामगाडे र… पुरा पढौ

शुभकामना आमा समुहको अध्यक्षमा कोकीला

पोखरा । शुभकामना आमा समुह पोखरा १७ को २० औं साधारण सभा एवम् १० अधिवेशनले कोकीला श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ । दुई बर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा अञ्जु गुरुङ, सचिवमा मिना द्धारे खाँण, सहसचिवमा सिर्जना खनाल, कोषाध्यक्षमा गंगा कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् । सो समितिको सदस्यहरुमा मिठु द्धारे खाँण, टिकादेवी पौडेल सुवेदी,प्रमिला कुमारी शर्मा,लेस्ली ठुसाजु,शारदा थापा, निरमाया क्षेत्री, मिनाकुमारी गुरुङ, कमला सुनार रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.१७ का… पुरा पढौ

लोकतान्त्रिक मूल्य, मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताए । प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासमा योगदान गर्ने विश्वास पनि उनले व्यक्त गरे । जनता लोकतन्त्र रक्षाका लागि जुट्ने प्रधानमन्त्री देउवाको… पुरा पढौ

डायमण्ड मा.वि.मा तिज गित प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा तिज गित प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु बिच भएको प्रतियोगितामा सामाजिक विसंगति तथा विभिन्न समसामयिक विषय वस्तुहरुमा गित प्रस्तुत गरेका थिए । प्रतियोगिता कक्षा चार देखि पाँच र कक्षा छ देखि दश सम्म गरि दुई भागमा निर्णय गरिएको थियो जसमा कक्षा चार देखि पाँच सम्ममा कक्षा चार सि र कक्षा चार ए प्रथम तथा कक्षा पाँच बि , कक्षा पाँच… पुरा पढौ

३२ युनिट रगत संकलन

पोखरा । माझठाना—पोखरा सम्पर्क समाजको आयोजना एवम् रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारा सहित अमरसिंह चोकमा आज आयोजित खुल्ला रक्तदान कार्यक्रममा चार महिला तथा तीन जना नयाँ रक्तदाता सहित ३२ जनाले रक्तदान छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले पहिलो रक्तदाता रामचन्द्र तिवारीलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न युवा वर्गलाई आव्हान गरे । समाजका अध्यक्ष… पुरा पढौ