समाचार

तीज पर्वमा भड्किलो नगर्न प्रशासनको आग्रह

तनहुँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन यहाँको जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो । कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिकरूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भड्किलो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजअनुरूप मनाउन आग्रह गरिएको उनले बताए… पुरा पढौ

पार्टीभित्रको एकता बलियो बनाउन एमाले अध्यक्षको आग्रह

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता बलियो भएमा आउँदो निर्वाचनमा धेरै स्थानमा जित्न सकिने बताएका छन् । एमालेमा गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातबारे छानबिन चलिरहेको छ । एमालेको पर्सा जिल्ला कमिटीले आज काठमाडौँमा आयोजना कार्यक्रममा अध्यक्ष ओलीले आफू उम्मेदवार नभए वा अवसर नपाएमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने प्रवृत्ति त्यागेर जिताउने भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जनता र कार्यकर्तासँग विनम्र, भद्र र शालीन भएर पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै… पुरा पढौ

आस्था र विचारभन्दा माथि उठेर विकासमा लागौँ : शिक्षामन्त्री पौडेल

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आस्था र विचारभन्दा माथि उठेर सबै राजनीतिक दल देशको विकासमा लाग्नुपर्ने बताएका छन् । आस्था र विचारका पछि लागेर मात्रै व्यावहारिक विकास नभएको र जनताले सुविधा नपाएको उनको भनाइ थियो । उनले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापनलगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले मात्रै सामाजिक क्षेत्रको विकास हुने बताए । समुदायको तत्परता बिना विकास निर्माण सम्भव नरहेको भन्दै मन्त्री पौडेलले त्यस्ता… पुरा पढौ

माउन्ट अन्नपूर्णमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

पोखरा । पोखराको माउन्ट अन्नपूर्ण माविले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको हो । म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा गरी अध्ययन अध्यापन हुने माउन्ट अन्नपूर्णमा यो वर्ष दुवै विषयमा गरी २ सय जना विद्यार्थीहरु भर्ना भएको विद्यालयका सञ्चालक चिजकाजी गुरुङले बताए । नव आगन्तुक विद्यार्थीहरुको सम्मानमा आयोजित उक्त कार्यक्रमको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले उद्घाटन गरेका थिए । उनले सो अवसरमा… पुरा पढौ

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा एक हजार खेलाडीले गरे दर्ता, दर्ताको क्रम जारी

पोखरा । पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ तर्फ गरी १ हजार भन्दा वढि खेलाडीले आफ्नो नामा दर्ता गराएको आयोजकले जनाएको छ । काठमाण्डौमा मंगलबार एक पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे आयोजकले जानकारी दिएको हो । आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सय भन्दा वढी आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा बलराम आचार्यद्वारा उम्मेदवारी घोषणा

पोखरा, भदौ ७ पोखरा उद्योग वाणिज्य संघको महासचिवमा बलराम आचार्यले उम्मेदवारी दिने भएका छन् । आचार्यले पवनकुमार प्रजापति समूहबाट महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्य वर्तमान कोषाध्यक्ष हुन् । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते पोखरामा हुँदैछ । संघको अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति र वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेल भिड्दैछन् । आचार्यले विगत ८ वर्षदेखि निरन्तर संघको कार्यसमितिमा बसेर काम गर्दै आएका छन् । २७ वर्षदेखि फेन्सी व्यवसायमा रहेका… पुरा पढौ

डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विद्यालयका प्रिन्सिपल यम वहादुर रोकाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना साथै हालका विद्यालयका गतिविधि र भावी योजनासमेत प्रस्तुत गरेका थिए । उनले नवआगन्तुक विद्यार्थीहरुलाई मन्दिर भित्रको ढुङ्गा र बाटोको ढुङ्गाको उदारण दिदै सबैले पुज्ने बन्नु पर्नेमा जोड दिए । विद्यालयका व्यवस्थापक प्रमुख हरिप्रसाल लामिछानेले विद्यार्थीहरुका लागि विद्यालय गतिविधिलाई चुस्त राख्न गरिएको व्यवस्थाको बारेमा… पुरा पढौ

नेप्से परिसूचकमा झिनो सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्कट एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार ५४ दशमलब ९८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ९७ दशमलव ६९ मा पुगेको छ । कूल दुई सय २२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर रु एक अर्ब ३३ करोड ३५ लाख… पुरा पढौ

तीज पर्वमा भड्किलो नगर्न प्रशासनको आग्रह

तनहुँ । हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन यहाँको जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो । कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिकरूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भड्किलो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजअनुरूप मनाउन आग्रह गरिएको उनले बताए… पुरा पढौ

मकवानपुर जिल्लामा पाँच हजार सुकुम्वासी

बाग्मती । मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्याङ्कले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार जिल्लाको १० वटा स्थानीय तह रहेकोमा सो सङ्ख्यामा घरपरिवार भूमिहीन रहेको बताइएको छ । आयोगका सदस्यसचिवसमेत रहनुभएका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटा स्थानीय तहमा गरी तीन हजार दुई सय २१ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी रहेका छन् । साथै ३३ हजार तीन सय २६ जना अव्यवस्थित बसोबासीले… पुरा पढौ