समाचार

नाइजेरियामा द्रुत रुपमा कुपोषण बढ्दो

संयुक्त राष्ट्रसङ्घले नाइजेरियामा निकै द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । खासगरी नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या विगतका तुलनामा बढेकाले सो क्षेत्रमा उपचारका साथै आवश्यक पोषण तत्वको उपलब्धताका लागि संयुक्त राष्टसंघले आग्रह गरेको छ । सन् २०२१ को यो अवधिका तुलनामा यस वर्षको सुरुका सात महिनामा कुपोषित हुने बालबालिकाको संख्या निकै ठूलो सङ्ख्यामा बढेको पाइएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएको छ… पुरा पढौ

सुनको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेर रु ९५ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९५ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार एक… पुरा पढौ

पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

लमजुङ । मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन् । पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।रासस पुरा पढौ

पिएन क्याम्पस अनेरास्ववियुमा दुई समूह : पोखरेल समूहलाई काउण्टर दिन सुधारात्मक कमिटी गठन

पोखराको पृथ्वीनारायण क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा देखिएको विवाद उत्कर्षतर्फ उन्मुख भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुमा उत्पन्न विवाद समूहगत लडाईंमा परिणत भएको हो । केहि समयअघि अनेरास्ववियूको एक समूहले विष्णु पोखरेलको अध्यक्षतामा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी गठन गरेको थियो । सो समूहले एकलौटी रुपमा कमिटी गठन गरेको विद्रोही पक्षले आरोप लगाएको छ । विधि विधान मिच्नुका साथै आफू निकटकालाई मात्रै जिम्मेवारीमा लगेको, बैठकमा अनुपस्थितलाई जबरजस्ती पदाधिकारी बनाएकोलगायतका आरोप विद्रोही पक्षको छ । विद्रोही पक्षले बुधबार… पुरा पढौ

चोटका कारण युएस ओपन टेनिसबाट बाहिरिन् सानिया

भारतीय टेनिस स्टार सानिया मिर्जाले युएस ओपन २०२२ बाट नाम फिर्ता लिएकी छन् । कुहिनोको चोटका कारण सानियाले यो निर्णय लिएकी हुन् । सानिया मिर्जाले इन्स्टाग्राममा लेखेकी छिन्, ‘यो राम्रो खबर होइन । दुई साताअघि क्यानडामा खेल्दा कुहिनोमा चोट लागेको थियो । हिजोसम्म मलाई थाहा थिएन कि, चोट यति नराम्रो छ भनेर । स्क्यान गर्दा दुर्भाग्यवश मेरो टेन्डन्स (हड्डी जोड्ने तन्तु) र मांसपेशी च्यातिएको पाइयो । म केही हप्ता खेल्न सक्दिनँ र यूएस ओपनबाट फिर्ता भएँ । यो एक धेरै… पुरा पढौ

एक दिवसीय क्रिकेट वरीयातामा नेपाल यथावत स्थानमै

नेपालको एकदिवसीय अन्तराष्ट्रियको वरीयता यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ ।नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ। एकदिवसीय अन्तराष्ट्रियको वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ । २० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेका छ । २० औं स्थानमा पपुवान्युगिनी रहेको छ । पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : पोखरा रंगशालामा स्वास्थ्य केन्द्र सञ्चालन

आसन्न नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रंगशालामा खेलकुद स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले राष्ट्रिय खेलकुदलगायत प्रदेश र जिल्ला छनोटलाई मध्यनजर गर्दै खेलाडीको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्र नियमित सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य उपसमितिको बैठकमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीको सहज पहुँच र उनीहरुको प्राथमिक उपचारका लागि ध्यान केन्द्रित गर्न उपसमितिका सदस्यलाई आग्रह गरे ।… पुरा पढौ

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक १२ वर्षका लागि जेल चलान

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष कैद भुक्तान गर्न जेल चलान गरिएको छ । उक्त सजाय मिनाहाका लागि उनले गरेको अपिल उच्च अदालतले अस्वीकार गरेको हो । ६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोष १ मलेसिया डेभलपमेन्ट बर्हाड (१ एमडीबी) मा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो । सन् २०२० को जुलाईमा अभियुक्त ठहराइएका उनी अपिल दर्ता गरी जमानतमा रिहा भएका थिए । अदालतले आफ्नो सजाय कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अन्तिम अनुरोध पनि अदालतले अस्वीकार गरेको छ… पुरा पढौ

कंगोमा इबोलाका नयाँ संक्रमित भेटिए

अफ्रिकी देश कंगोमा इबोला भाइरसका नयाँ संक्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार त्यहाँ एकजनामा सोमबार इबोला भाइरसको संक्रमण भेटिएको हो । कंगोको स्वास्थ्य मन्त्रालयले कंगोको उत्तरी प्रान्त किभुमा एकजनामा इबोला भाइरसको संक्रमण देखिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको संक्रमण देखिएको थियो । इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो । यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कंगोका दुई… पुरा पढौ

मनाङमा सूचना विभागको घुम्ती शिविर

हिमाली जिल्ला मनाङमा पहिलो पटक नेपाल सरकार सूचना तथा प्रसारण विभागले घुम्ती शिविर सञ्चालन गरेको छ । विभागले नेपाल पत्रकार महासंघ मनाङ शाखाको सहकार्यमा हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा दुई दिने घुम्ती शिविर गरेको हो । घुम्ती शिविरमार्फत सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने उद्देश्यले विभागको टोलीले मनाङ पुगी तालिम सञ्चालन गरेको हो । शिविरमा पत्रकारलाई नयाँ परिचयपत्र तथा अनलाइन मिडियाको दर्ता र नवीकरण सेवासमेत दिइएको सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । जिल्लाका पत्रकारका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम गर्ने… पुरा पढौ