समाचार

पर्यटकीयस्थल खोप्रामा आवास सुविधा विस्तार

बेनी । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने म्याग्दीको पर्यटकीयस्थल खोप्रामा पर्यटकका लागि आवास सुविधामा विस्तार गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ खोप्रामा पाउद्वार पर्यटन सहकारीले आवास सुविधा विस्तार गरेको हो । बीस कोठामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकामा सहकारीले थप आठ कोठे आवास भवन निर्माण गरेको हो । सुविधायुक्त आवास भवन बनाउन डिभिजन वन कार्यालयले गत वर्ष रु १३ लाख बजेट उपलब्ध गराएको थियो । यस वर्ष सहकारीले भवन बनाउन रु २८ लाख ५० हजार खर्च गरेको सहकारीका संस्थापक अध्यक्ष… पुरा पढौ

आजबाट फाइजर खोप

सर्लाहीका सबै स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । जिल्लाको मलङ्गवा नगरपालिकाबाहेक अरू १९ वटा स्थानीय निकायमा सोमबार नै खोप पु¥याइएको र मलङ्गवामा मङ्गलबार नै खोप पु¥याइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार जल्लाका २० वटै स्थानीय निकायमा एकैसाथ खोप कार्यक्रम चल्नेछ । बालबालिकालाई खोप लगाउन जिल्लाका स्थानीय निकायहरुले तालिका… पुरा पढौ

जुवा खेलाउने गिरोह पक्राउ

झापा । अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अङ्ग्रेजी भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दमक–८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्वय सतप्रकाश साह र राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एन्ड फोटो स्टुडियोका सञ्चालक अरुण कार्की… पुरा पढौ

कङ्गोमा इबोलाका नयाँ सङ्क्रमित भेटिए

अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो । कङ्गोको स्वास्थ्य मन्त्रालयले कङ्गोको उत्तरी प्रान्त किभुमा एकजनामा इबोला भाइरसको सङ्क्रमण देखिएको एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो । इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो । यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कङ्गोका दुई… पुरा पढौ

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । “यसपाली वर्षा र रोगकीराको समस्या कम भएकाले उत्पादकत्व बढेको छ,” उनले भने “स्याउका लागि वर्षात् कम भएको मौसम अनुकूल मानिन्छ । नयाँ बोटमा फल लाग्न थालेकाले उत्पादन वृिद्धमा सहयोग… पुरा पढौ

पहिरो पीडितलाई दसैँमा नयाँ घर

लमजुङका बाढीपहिरो पीडितले आगामी दसैँमा नयाँ घर पाउने भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माणकार्य आगामी दसैँ अगावै सम्पन्न हुने भएकाले दसैँबाट नयाँ घरमा बस्न पाउने भएका हुन् दुई वर्ष अघिदेखि विस्थापित यहाँका १८ घरपरिवार हालसम्म कोही आफन्तको सहारा र कोही त्रिपाल एवं जस्तापातामुनि कष्टकर जीवन बिताउँदै आएका छन् । गाउँपालिकाका अनुसार अर्खलेबेँसी र अर्खलेबेँसी पारि मस्र्याङ्दी गाउँपालिका– ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको छ । गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र… पुरा पढौ

बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै

बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाएका छन । पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उनी बताउछन । मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ । अहिले भकुण्डेमा थापासहित अन्य किसानले व्यावसायिकरुपमा किबी खेती गर्दै आएका छन् । पछिल्लो समय किबी खेती गर्ने किसानको सङ्ख्यामा बढ्दै गएको छ । काँटछाँट र… पुरा पढौ

बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्डेन अवार्डबाट सम्मानित

गण्डकी । पोखरा महानगरपालिका–२५का विश्वराज बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्ड मेडल अवार्डबाट सम्मानित भएका छन । अमेरिकाको न्युयोर्क राज्यमा नेपाली तथा अमेरिकन समाजलाई कोरोना महामारीको समयमा रक्तदान कार्यक्रम तथा विविध मानवीय योगदान पु¥याएबापत उनी उक्त अवार्डबाट सम्मानित भएका हुन । अमेरिकी राष्ट्रपति जो वाईडेनद्वारा हस्ताक्षरित सम्मानपत्रमा संयुक्त राज्य अमेरिकामा अफ्ठेरो पर्दा बाँस्तोलाले पु¥याएका मानवीय सेवालाई देशले मूल्याङ्कन गरेको उल्लेख छ । उक्त अवार्ड र सम्मानपत्र नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा न्यूयोर्कमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : उद्योग उपाध्यक्षमा सापकोटाद्वारा उम्मेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य संघको उद्योगतर्फको उपाध्यक्षमा हरिहर सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । सापकोटाले आफू उद्योग तर्फको उपाध्यक्षमा उम्मेदवार बन्ने एभरेस्ट आवाजलाई बताए । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते पोखरामा हुँदैछ । संघको नया नेतृत्वका लागि हुने निर्वाचनमा आफूले उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने उनले बताए । उनले एभरेस्ट आवाजलाई भने,‘मेरो उम्मेदवारी सम्पूर्ण उद्योगीको तर्फबाट हो ।’ यसअघि प्रजापति प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा हिरामणी पण्डितले उम्मेदवारी घोषणा गरिसकेका छन् । सापकोटाले भने पोखरेल प्यानलबाट… पुरा पढौ

सामाजिक सुरक्षा भत्ता बुझ्न यातायात सुविधा

खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–१ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ । सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकमा आउन करिब एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान यातायात सुविधासहित सामाजिक सुरक्षाभत्ता बुझ्न तथा घर आउन सहजका लागि यतायाता सेवा उपलब्ध गराउन थालेको वडाध्यक्ष रतनबहादुर शाहीले जानकारी दिए । वडाका चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरी सेवा प्रदान गरिएको छ । त्रैमासिक रुपमा बैंकले तोकेको… पुरा पढौ