समाचार

समानुपातिकतर्फ निवेदन आह्वान

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फका लागि निवेदन आह्वान गरिएको हो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले भदौ १० देखि १२ गतेसम्म राजनीतिक दललाई निवेदन दर्ता गर्न आह्वान गरिएको जानकारी दिएका छन् । आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए ।… पुरा पढौ

वाइसीएलको नयाँ नेतृत्वद्वारा शपथ

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले पद तथा गोपनीयताको शपथ लिएको छ । वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटाले मंगलबार आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यही भदौ ३ गते शुक्रवारदेखि सुरु भएको वाइसीएलको दोस्रो भेला यही भदौ ५ गते आइतबार अबेर सम्पन्न भएको थियो । भेलाले वाइसीएलको अध्यक्षमा सुबोधराज शेर्पालीलाई निर्वाचित गरेको थियो । भेलाले ६१ सदस्यीय पदाधिकारी र तीन सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित… पुरा पढौ

गठबन्धन दलबीच सहमतिमै उम्मेदवार : नेता श्रेष्ठ

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताएका छन् । पत्रकार भेटघाटमा सांसद श्रेष्ठले तनहुँ क्षेत्र नं १ मा उम्मेदवारीका विषय धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उम्मेदवार तय गरिने बताए । उनले भने, ‘राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज–जसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ–१ मा मेरो दाबी स्वाभाविक हो ।’ आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीले भनेको मान्नुपर्ने बताउँदै उनले भने, ‘पार्टीले कञ्चनपुर,… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनोट

गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ । जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनोट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गरिने उनले बताए । भदौ ९ गते उसुको घिरिङमा, बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल… पुरा पढौ

आस्था र विचारभन्दा माथि उठेर विकासमा लाग्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबै राजनीतिक दल आस्था र विचारभन्दा माथि उठेर देशको विकासमा लाग्नुपर्ने बताएका छन् । आस्था र विचारका पछि लागेर मात्रै व्यावहारिक विकास नभएको र जनताले सुविधा नपाएको उनको भनाइ थियो । उनले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापनलगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको उनले उल्लेख गरे । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले मात्रै सामाजिक क्षेत्रको विकास हुने उनको तर्क थियो । समुदायको तत्परता बिना विकास निर्माण सम्भव नरहेको उनले… पुरा पढौ

पोखरा–२८ को माझठानामा सामाजिक सुरक्षा सचेतना

पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौरेमा सामाजिक सुरक्षा सचेतना एवं अभिमुखिकरण कार्यक्रम गरिएको छ । शान्तिका लागि साझा अभियान ( कोक्याप) गण्डकी प्रदेशले आयोजना गरेको उक्त अभिमुखिकरण कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले सिकेका कुराहरुलाई आफ्नो टोल, गाउँ छरछिमेकमा व्यवहारमा लागु गर्न आग्रह गरे । वडावासीहरु सामाजिक सुरक्षा, मानवअधिकार लगायतका विषयमा सचेत हुनु जरुरी रहेको उनले औंल्याए। सहयोगी संस्थाहरुले गर्ने विभिन्न कार्यक्रमहरुमा स्थानीय सरकारले सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता थियो । यसैगरी, रािष्ट्रय मानवअधिकार आयोग गण्डकी… पुरा पढौ

नेपाल उद्योग व्यापार महासंघ गण्डकीको अध्यक्षमा पराजुली

पोखरा । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा जनक राज पराजुली चयन भएका छन् । महासंघको प्रथम गण्डकी प्रदेशस्तरिय भेलाले पराजुलीको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ट उपाध्यक्ष अर्जुन चोखाल,उधोग उपाध्यक्ष गणेश लामीछाने,वाणिज्य उपाध्यक्ष मोहन सुवेदी महिला उपाध्यक्ष हेमा कुमारी तराङ (सामना),माहासचिव गोविन्द थापा,कोषाध्यक्ष गोकुल कँडेल ,उप माहासचिव विरेन्द्र कुमार श्रेष्ठ ,सचिव सडानन्द सापकोटा,मोतिलाल पौडेल,नारायण श्रेष्ठ रहेको पदाधिकारी सहित ६१ सदस्य समिती चयन गरेको छ। सदस्य हरुमा सुवर्ण रिजाल –म्याग्दी,ईस्वर खत्री–म्याग्दि,कृष्ण प्रसाद श्रेष्ठ–पर्वत… पुरा पढौ

पोखरामा चिनिया मेडिकल टिमको दुईदिने स्वास्थ्य शिबिर सम्पन्न

पोखरा । चिनियां मेडिकल टिमले आईतबार र सोमबार गरी पोखरामा २ दिने स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । चिनियां मेडिकल टिम चितवनका चौधजना स्वास्थ्यकर्मीले पोखरामा निर्माणधिन बिमानस्थल परिसरमा त्यहां कार्यरत चिनियां मजदुर तथा अन्य लाई स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको प्राप्त समाचारमा जनाइएको छ ।शिबिरमा १५० जना चिनियां मजदुर तथा अन्य र करिब २०० जना नेपाली गरि ३५० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । चाईना सोसाईटी पोखराको समन्वयमा भएको शिविरमा जिया छियापेंग, जूनियर परामर्शदाता, सिएमटि नेता / मूत्र शल्य… पुरा पढौ

नेराशिसं कास्कीद्वारा मेयरलाई १७ बुँदे ज्ञापन पत्र

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले पोखरा महानगरपालिका र मादी गाउँपालिकामा शिक्षकका माग राखी ज्ञापनपत्र बुझाएको छ । संगठनले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत वीरन्द्रदेव भारती, शिक्षा महाशाखा हेमप्रसाद आचार्यको उपस्थितिमा शिक्षकका विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको हो । शिक्षकहरुमाथि राज्यद्वारा गरिएको चरम विभेदको अन्त्य गर्न, असमान ग्रेड, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक प्रतिवेदन सार्वजनिक गर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्न, विभिन्न मितिमा शिक्षक कर्मचारीका पेसागत सङ्गठनहरुसँग गरिएका सम्झौता अविलम्ब कार्यान्वयन गर्नलगायतका १७ बुँदे माग… पुरा पढौ

सत्तागठबन्धनमा सिट बाँडफाँटबारेको छलफल निष्कर्ष विहिन

काठमाण्डौं । पाँच दलीय सत्ता गठबन्धनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको छ । सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भएको र चाँडै निष्कर्षमा पुग्ने जानकारी दिए । उनले नेपाली कांग्रेस नेता एवं गठबन्धनको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको अस्वस्थताका कारण बैठक केही प्रभावित भएकाले बैठक भोलि पुनः बस्ने जानकारी दिए । प्रधानमन्त्री एवं नेपाली… पुरा पढौ