समाचार

पोखराका अभिषेकले अमेरिकामा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने

पोखरा । पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग प्रतिस्पर्धाका लागि कोर्ट उत्रदैछन । बलियो प्रतिस्पर्धी मानिएका जेम्स एटिपीका उत्कृष्ट सय भित्रका खेलाडी हुन् । प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् । १५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाएका अभिषेकले… पुरा पढौ

डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विद्यालयका प्रिन्सिपल यम वहादुर रोकाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना साथै हालका विद्यालयका गतिविधि र भावी योजनासमेत प्रस्तुत गर्नु भएको थिए । उनले नवआगन्तुक विद्यार्थीहरुलाई मन्दिर भित्रको ढुङ्गा र बाटोको ढुङ्गाको उदारण दिदै सबैले पुज्ने बन्नु पर्नेमा दिए । विद्यालयका व्यवस्थापक प्रमुख हरिप्रसाल लामिछानेले विद्यार्थीहरुका लागि विद्यालय गतिविधिलाई चुस्त राख्न गरिएको व्यवस्थाको बारेमा… पुरा पढौ

कोभिड–१९ : छ सय ५८ सङ्क्रमित

काठमाडौँ । कोरोना भाइरसबाट आज छ सय ५८ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार छ सय ४३ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ९६ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ५६ जना घर फर्किएका छन् । यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय… पुरा पढौ

स्वतन्त्र पत्रकार संघद्वारा ३ जनालाई विशिष्ट नारी सम्मान

पोखरा, ६ भदौ । स्वतन्त्र पत्रकार संघ कास्कीले विशिष्ट नारी सम्मान तथा सञ्चार क्षेत्रमा महिला सहभागिता विषयक अन्तरक्रियासहित संघको १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सञ्चारमा क्रियाशील महिलालाई सक्षम बनाउने, प्रोत्साहन गर्ने र नारी दिवसमा महिला पत्रकार सम्मान कार्यक्रम सञ्चालन गर्दैै आएको संघले सोही शृङ्खला अन्तर्गत महिलाहरूको महान् पर्व तीजको पूर्व सन्ध्यामा तीन जना प्रतिभालाई विशेष सम्मान अर्पण गरेको हो ।यसरी सम्मानित हुनेमा पोखरा महानगरका ३३ वडामध्ये एकमात्र वडामा महिला वडाध्यक्ष निर्वाचित हुन सफल पोखरा १७ की राधिकाकुमारी… पुरा पढौ

सातै प्रदेशका योजना आयोग उपाध्यक्षको भेला पोखरामा

पोखरा, ५ साउन । संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्नका लागि सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवहरु पोखरामा भेला भएका छन् । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशको आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक व्यवस्थामा आधारित समाजवाद स्थापना हामी सबैको साझा लक्ष्य हो भन्दै यसलाई संस्थागत गर्नका लागि प्रदेश सरकारहरुले थप मेहनत जरुरी रहेको बताए । संविधान र कानुनले दिएका अधिकार… पुरा पढौ

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन

पोखरा, ६ भदौ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सोमबार मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।प्रतिवेदन ग्रहणपछि मुख्यमन्त्री पोखरेलले जुन उद्देश्यले प्रतिष्ठान गठन गरिएको हो, त्यसै अनुरुप काम भएकामा सन्तोष व्यक्त गरे । नागरिकले पाउने सेवा प्रवाहको क्षेत्रमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई आवश्यकता अनुसारका तालिम प्रदान आगामी दिनमा प्रतिष्ठानले थप मेहनत गर्न मुख्यमन्त्री पोखरेलले निर्देशन दिए । संघीयतालाई संस्थागत… पुरा पढौ

नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ४१ अङ्कले ओरालो लागेर दुई हजार ५३ दशमलव १३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ९७ दशमलब ११ मा सीमित भएको छ । कूल दुई सय २२ कम्पनीको ५२ लाख ३० हजार सात सय ६३ कित्ता शेयर रु एक अर्ब ७२ करोड ६२… पुरा पढौ

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट विनियोजन’

लुम्बिनी । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चारसय श्यया बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताएका छन । रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमामा उनले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताए । निकट भविष्यमा प्रतिष्ठानलाई छसय श्ययाको बनाउने गरी योजना अघि बढेको उनको भनाइ छ । दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन सकिएको भन्दै यसको तत्काल जडानको… पुरा पढौ

छाकटार्ने माध्यम बन्दै निहुरो र खोलेसाग

गलेश्वर । जाँगरिला मानिसका लागि खोल्साखाल्सी र वनजङ्गलमा बिना लगानी र बिना श्रम प्राकृतिकरुपमा नै पाइने टुसा, मुना र वनस्पति पनि आम्दानीका गतिला माध्यम बन्दारहेछन् भन्ने प्रशस्त उदाहरण यहाँ भेटिन्छन् । उत्तरी र पश्चिमी म्याग्दीका विद्यालय उमेरका विपन्न बालबालिका, महिला र फुर्सदिला प्रौढ व्यक्ति यतिबेला वनजङ्गल र चिस्यानयुक्त खोल्सा खाल्सीमा निउरो र खोलेसाग टिपेर बजारमा बिक्री गर्न व्यस्त छन् । वर्षायाममा जङ्गलमा पाइने निहुरो बेचेर यहाँका ग्रामीण महिला र विपन्न विद्यार्थीले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाले पढाइ… पुरा पढौ

पूर्व नगरप्रमुख अमानसिंह एमालेमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराएका छन । एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरेका हुन । कार्यक्रममा एमालेका नेताहरुको सहभागिता थियो । यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गरेका थिए ।रासस पुरा पढौ