समाचार

कोरोनाबाट फिलिपिन्समा एकै दिन उन्पचास जनाको मृत्यु

फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घन्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार छ सय ४३ जनामा कोरोना सङ्क्रमण भएकोे छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा सङ्क्रमण रहेको थियो ।… पुरा पढौ

प्रजापतिद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

पोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवार पवनकुमार प्रजापतिले प्यानल घोषणा गरेका छन् । संघको अध्यक्षमा यसअघि नै सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका प्रजापतिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर संघको नया नेतृत्वका लागि प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २४ र २५ गते पोखरामा हुने ३४ औं महाधिवेशनले नया नेतृत्व चयन गर्दैछ । संघको नया नेतृत्वका लागि अध्यक्षमा प्रजापतिसँगै अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । प्रजापतिले प्यानल घोषणा गरेपनि… पुरा पढौ

न्यायालयमा सुधारको प्रयास भइरहेको छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन । विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै आज उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आए पनि विकृति र विसङ्गतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको बताएका हुन । न्यायालयमा भएका विकृति विसङ्गतिलाई न्यूनीकरण गर्नका लागि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरिरहेको र न्यायपालिका तथा बारबीच सुमधुर समन्वय गरेर अघि बढेन उनको भनाइ थियो । अध्यक्ष घिमिरेले तीन वर्षभित्र सम्पूर्ण कानुन व्यवसायीलाई करको दायरमा ल्याउने तयारी रहेको… पुरा पढौ

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडाँै । नीति अनुसन्धान प्रतिष्ठानले यही भदौ १० देखि १२ गतेसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । तीन दिनसम्म हुने ‘अन्तर्राष्ट्रिय सम्बन्धःनेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थापित शैक्षिक संस्था तथा विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहेका नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका एकसय जना विज्ञ युवाको सहभागिता रहनेछ । सम्मेलनमा विज्ञले आफ्ना कार्यपत्र प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए… पुरा पढौ

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।रासस पुरा पढौ

प्रसिद्ध भैरवस्थानमा हरेलो मेला सुरु

बलेवा । बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि पहिलो पटक आयोजना गरिएको हरेलो मेला आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा मेला सुरु भएको हो । भैरवस्थान मन्दिर पुनःनिर्माण तथा हरेलो मेला व्यवस्थापन उपभोक्ता समितिले मेलाको आयोजना गरेको हो । मेलाको मूल समारोह मङ्गलबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । आज स्थानीय पञ्चेबाजा र भजनको विशेष प्रस्तुति रहेको हमालले बताए । तीज गीत प्रतियोगितासमेत आजदेखि नै सुरु… पुरा पढौ

झापामा घटेन हात्तीको आक्रमण

झापा । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्युु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिए । आर्थिक वर्ष २०७८÷७९ मा मात्र… पुरा पढौ

राजनीतिसँगै माछापालन व्यवसाय

विराटनगर । राजनीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने मोरङका एक राजनीतिककर्मी कृषि पेसालाई पनि आगाडि बढाएका छन । विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिसँगै कृषि पेसालाई अगाल्नुको कारण राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउने उनको धारणा छ । इमानको राजनीतिक गर्दा हुने खर्च जुटाउन कृषि पेसा अपनाएको र यसैका माध्यमबाट आफ्ना निर्वाचन क्षेत्रमा विकास र जनताको सेवालाई अझ प्रभावकारी ढङ्गले लैजाने उनले स्पष्ट पारे । उनी मोरङ निर्वाचन क्षेत्र नं ६ ९क० का प्रदेश… पुरा पढौ

रामपुरमा शहीद स्मृति पार्क निर्माण

रामपुर । पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो । रु १४ लाख ४२ हजार केन्द्रीय बजेट तथा स्थानीयको रु एक लाख ४५ हजार जनश्रमदान गरी करिब रु १५ लाख ८७ हजारको लागतमा पार्क निर्माण गरिएको समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठले बताए । यहाँ नवनिर्मित पार्कको प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले आइतबार उद्घाटन गर्दै शहीदको सम्झनाका लागि निर्माण गरिएको पार्कले पर्यटकीय विकासमा टेवा… पुरा पढौ

भारी वर्षा र बाढीबाट पचास जनाको मृत्यु

भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यसमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ… पुरा पढौ