समाचार

विद्यालय कर्मचारी आन्दोलनमा

भक्तपुर । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा आज धर्ना दिएको छ । सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् । सरकारले विद्यालय कर्मचारीलाई विभेद गरेको र आफैले गरेको सहमति पालना नगरेका कारण काठमाडाँैं केन्द्रीत आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गा तिवारीले बताए । सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले सर्वोच्च अदालतले दिएको निर्देशन कार्यान्वयन गर्नुपर्ने, सरकार र… पुरा पढौ

मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित

मनाङ । हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताए । रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चार÷पाँच वर्षसम्म हुर्किन समय लाग्ने गरेको उनले बताए ।यहाँ उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पु¥याउन सकिने उनी बताउछन । माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका… पुरा पढौ

नेप्से परिसूचक झिनो अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलब ६७ मा पुगेको छ । कुल दुई सय २० कम्पनीको ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर रु एक अर्ब ४०… पुरा पढौ

‘पर्यटन व्यवसाय प्राथमिकतामा’

रामपुर । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन । पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हँुदा व्यवसायलाई जोड दिनुपर्ने मन्त्री राना बताउछन । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ पाल्पाको आयोजनामा भएको दोस्रो तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्नुहँुदै मन्त्री रानाले जिल्लामा ऐतिहासिक तथा धार्मिक, पर्यटकीय क्षेत्र प्रशस्त रहेका हुँदा यसको विकास गरेर नमूना पर्यटकीय सहर बनाउन सकिने बताए । लुम्बिनी र पोखराको बीच भागमा पर्ने पाल्पा… पुरा पढौ

पोखरा–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा जेष्ठ नागरिक मञ्च गठन

पोखरा, भाद्र १ । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जेष्ठ नागारिक मञ्च गठन गरिएको छ । पोखरा महानगर पालिका वडा समितिको कार्यालय– ६ को आयोजनामा बुधबार वडा नं– ६ बैदाममा रहेका जेष्ठ नागरिकहरुको भेला गरि पहिलो पटक जेष्ठ नागरिक मञ्च गठन गरिएको हो ।मञ्चको उपाध्यक्षतामा तारा देवी पहारी, सचिब गुरुदत्त पहारी र कोषाअध्यक्षमा गौमाया थापा मगर चयन भएकी छन । तेसै गरि सदस्यहरुमा टेक बहादुर भण्डारी, कृष्णा बहादुर परियार, हरिशचन्द्र पहारी, चुडामणी अधिकारी,… पुरा पढौ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र रु ४२ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मङ्गलबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौँ– १०… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : ‘सफल पार्नु प्रदेशवासीको दायित्व’

भदौ १ पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सबैले अपनत्व लिएर सफल पार्नुपर्ने विभिन्न जिल्लाका खेलकुदकर्मीले जोड दिएका छन् । उनीहरुले चार दशकपछि गण्डकीमा हुने राष्ट्रियस्तरको मेघा इमेन्ट सफल पार्नु प्रदेशवासीको दायित्वसमेत रहेको बताए । खेल मैदान अवलोकनका लागि विभिन्न जिल्लामा पुगेको खेलमैदान व्यवस्थापन उप–समितिको प्रतिनिधिमण्डलसँग उनीहरुले जिल्लामा कम्तीमा एक खेल हुनुपर्ने र यसले खेलकुदका अलावा पर्यटकीय गतिविधिलाई समेत टेवा मिल्ने बताए । टोलीले नवलपुर, गोरखा र तनहुँ जिल्लाका विभिन्न स्थानमा सम्भावित खेलमैदान अवलोकन गरेको हो । खेलमैदान व्यवस्थापन उपसमिति… पुरा पढौ

बाँकेमा दुईजनाको मृत्यु

बाँके । बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुईजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा एक एकजनाको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आरम्भ पुनःस्थापना सुधार केन्द्रमा बढैयाताल गाउँपालिका–८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनी एक साताअघि मात्रै उक्त सुधार केन्द्रमा आएका थिए । अधिकारीको मृत्युका विषयमा अनुसन्धान अघि बढायएको उनले… पुरा पढौ

पोखरामा तायाःमचा नृत्य प्रतियोगिता शनिबार हुने

पोखरा, भदौ १ पोखरामा यस पटक पनि तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । नेवाः खल कास्कीको आह्वान तथा मोहरिया–सिंहनाथ टोल तायाःमचा समिति पोखराको आयोजनामा यहि भदौ ४ गते शनिबार ‘हाम्रो प्रण ः संस्कृति संरक्षण र सम्वद्र्धन’ भन्ने नाराका साथ यस वर्षको तायाःमचा नृत्य प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिर प्राङ्गणमा रहेको विन्ध्यबासिनी पार्कमा शुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । लोपोन्मुख तायाःमचा नाचको संरक्षण गर्दै नेवारी परम्परा र संस्कृति बचाउने उद्देश्यले तायाःमचा… पुरा पढौ

पाँच वर्षमा ४८ कानुन निर्माण

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक दर्ता भएका छन् भने ६ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् । त्यसैगरी, आठ विधेयकहरु विषयगत समितिमा छलफलका क्रममा छन् । प्रदेशसभाको सुरुआतमा कानुन निर्माणलाई प्राथमिकता दिइएको भएपनि पछिल्लो समय राजनीतिक खिचातानीको मारमा परेको छ । सुरुका तीन वर्षमा ३८ कानुन बनाएको प्रदेशसभाले त्यसयताको डेढ वर्षमा १० वटा कानुन बनाएको… पुरा पढौ