समाचार

बढ्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १६५ तोकिएकोे छ… पुरा पढौ

प्रेस युनियनको महाधिवेशन आजदेखि

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशन संचालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन्। २ दिनसम्म हेटौँडामा संचालन हुने महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र ७ वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ६५० जना संचारकर्मीको सहभागिता रहनेछन्। महाधिवेशनबाट नेपाल प्रेस युनियनको… पुरा पढौ

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्दैछ। अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन्। त्यसअघि, आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ। बैठकले मौद्रिक नीति पारित गर्नेछ। सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिनेछ। मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए। त्यसअघि, उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए। यस… पुरा पढौ

मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन्। मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा मेयर आचार्य देशभरका ७५३ स्थानीय तहको तर्फबाट सदस्य तोकिएको बताइन्छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षता रहने समितिमा ७ वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ। प्रमुख आचार्यलाई संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (ग) बमोजिमको स्थानीय तह तर्फको विषयगत समितिको सदस्य पदमा नेपाल सरकार (माननीय मन्त्रीस्तरीय)… पुरा पढौ

गण्डकी सरकारलाई गंभीर बन्न नेनिकसंघको आग्रह

नेपाल निजामति कर्मचारी संगठनले सार्वजनिक सेवाप्रति गंभीर बन्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ। संगठनको गण्डकी प्रदेश कमिटीले बिहीबार प्रदेश मुख्यमन्त्री तथा मन्त्रिी परिषदलाई ६ बुँदे ध्यानाकर्षणपत्र मार्फत सार्वजनिक सेवा प्रवाप्रति गंभीर बनी कार्यान्वयनका लागि माग समेत गरेको छ। संगठनका अध्यक्ष अशोक खनाल र महासचिव रामचन्द्र पहारी हस्ताक्षरित ध्यानाकर्षणमार्फत प्रदेशमा क्रियाशील राष्ट्रियस्तरका ट्र्ेड युनियन, आधिकारिक ट्रेड युनियन र सरोकारवालासँग छलफल गरी प्रदेश निजामति सेवा ऐन तत्काल जारी लगायतका माग राखेका छन्। अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई पुनः काममा फर्काउने… पुरा पढौ

नेपाली काँग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे

नेपाली काँग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे चयन भएका छन्। पार्टीको हिँजो (बिहीबार) बसेको बैठकले पालिखेलाई प्रवक्तामा चयन गरेको सचिव भानु ढकालले जानकारी दिएका छन्। पार्टी सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको बैठकले पालिखेलाई प्रवक्तामा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो।गत मंसीरमा सम्पन्न जिल्ला अधिवेशनबाट पालिखे सदस्यमा निर्वाचित भएका थिए। पुरा पढौ

जोकोभिचले युएस ओपन गुमाउने संभावना

सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले युएस ओपन गुमाउने संभावना बढेको छ। कोरोनाविरुद्धको खोप लगाउन अस्वीकार गर्दै आएका जोकोभिचले खोपकै कारण युएस ओपन पनि खेल्न नपाउने संभावना बढेको बीबीसीले जनाएको छ। अमेरिका प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य गरिएको छ। तर, जोकोभिचले खोप लगाउन अस्वीकार गर्दै आएका छन्। जोकोभिचले यसअघि ३ पटक युएस ओपनको उपाधि जितेका छन्। युएस ओपन आयोजकले खोपको विषयमा अमेरिकी सरकारको नियमको सम्मान गर्ने बताएसँगै जोकोभिचले प्रतियोगिता गुमाउने संभावना बढेको हो। खोप नलगाएकै कारण उनले यसै वर्षको सुरुमा… पुरा पढौ

भदौ २२ गते भलिबल संघको निर्वाचन

नेपाल भलिबल संघको निर्वाचन भदौ २२ गते हुने भएको छ। भक्तपुरमा बिहीबार जारी भलिबल संघ कार्यसमितिको पूर्ण बैठकले निर्वाचन भदौ २२ गर्ने निर्णय गरेको एक पदाधिकारीले बताएका छन्। ‘संघको चुनाव भदौ २२ गतेका लागि तय भएको छ। अहिलेलाई यति भनौँ,’ संघका एक पदाधिकारीले भनेका छन्। कार्यकाल सकिएको झण्डै २ वर्ष बितिसक्दा पनि कोभिड–१९ तथा नयाँ खेलकुद ऐनका कारण संघको नयाँ निर्वाचन हुन सकेको थिएन। संघको निर्वाचनमा अहिलेकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरिसकेकी छिन्। संघमा अहिलेसम्म अन्यले… पुरा पढौ

उडेको १५ मिनेटमै जहाजको आकस्मिक अवतरणपछि पाइलटको मृत्यु

इन्डोनेसियामा बिहीबार यात्रुवाहक जहाजको आकस्मिक अवतरण गरेपछि पाइलटको मृत्यु भएको छ। एबीसी न्युजका अनुसार सिटिलिंक एयरलाइन्स कम्पनीको एयरबस ए ३२० विमान उडेको १५ मिनेटपछि पाइलटको स्वास्थ्यमा समस्या आएको थियो। उडान क्रममा चालकको स्वास्थ्यमा समस्या आएको बताएपछि विमान सुराबायाको जुआन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न अनुमति दिइएको थियो। जहाजमा भएका १०० जना यात्रु सबै सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तव्यमा पु¥याइएको छ। उडान क्रममा स्वास्थ्य समस्या देखिएका पाइलट ४८ वर्षीय ब्वाइ अवालिया थिए। उनलाई तत्कालै अस्पताल लगिएको थियो। अस्पताल लगेको… पुरा पढौ

द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएर इतिहास रचेकी छन्। सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की ६४ वर्षीया उमेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन्। जितसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी नेतृ बनेकी छन्। उनी १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन्। तेस्रो चरणको मत गणना हुँदा उनले ५० प्रतिशत मत कटाएकी छन्। उनलाई विपक्षी उमेदवार यशवन्त सिन्हाले बधाई दिइसकेका छन्। विभिन्न दलका ५३८ सांसदले निर्वाचनअघि नै उनलाई समर्थन गरेका थिए। तर, तीमध्ये केहीले मतदान गरेनन्। ८ सांसद राष्ट्रपति निवाचनको मतदानमा… पुरा पढौ