समाचार

एमाले अध्यक्ष ओली र सिपिसीका प्रमुख लिउबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । नेपाल र चीनले एक अर्काको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने बारेमा छलफल भएको भन्दै विदेश विभाग प्रमुख भट्टराईले चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको बताए । नेपाल चीनका लागि एक… पुरा पढौ

कृषकको पाखोबारीमै पुगे मेयर आचार्य

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् । मंगलबार विहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा जानकारी लिएका हुन् । निर्वाचनको बेला समेत घरदैलोमा नटेकेका मेयर आचार्यलाई आफ्नो बगैचा र आँगनमा भेट्दा पोखरा २१ का सुन्तला कृषक खुशी देखिन्थे । आठ रोपनी भन्दा बढी जमिनमा सुन्तला खेति गरेका कृषक रुद्धलाल सुवेदीले आफ्नो बँगैचामा विना असिना सुन्तला झरेको भन्दै मेयर आचार्य घरमै… पुरा पढौ

‘विभेदरहित र मानवअधिकारमैत्री समाज बनाउनुपर्ने’

काठमाडौँ । सांसद राज्यलक्ष्मी गैरेले विकृति, विसङ्गतिरहित समाज निर्माणका गरी मानव अधिकारमैत्री र विभेदरहित समाज निर्माणमा ध्यान दिन अग्रह गरेका छन ।राष्ट्रियसभाको आजको विशेष समयमा उनले नेपालको संविधान र कानुनले हिंसारहित समाजको परिकल्पना गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा मानव अधिकारमैत्री समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन । युवालाई रोजगार दिने विषयमा राज्यले सोच्नुपर्ने र विभेदरहित समाज निर्माण गर्न मानव अधिकारमैत्री, सभ्य समाज निर्माण गरी विभेद उन्मूलन गर्नुपर्नेमा उनको जोड थियो । सांसद तुलप्रसाद विश्वकर्माले पेट्रोलियम पदार्थ र खाद्य… पुरा पढौ

मानवस्रोत नीति सरकारले बनाउनुपर्छ ः सांसद डा राई

काठमाडौँ । सांसद डा विमला राई पौडेलले नेपालको १५ वर्षमाथि र ६५ वर्षमुनिका जनसङ्ख्यालाई उपयोगमा ल्याउने नीति बनाउन सरकारको ध्यानाकर्षण गराएका छन । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भए पनि उक्त मन्त्रालयले नेपालको जनसङ्ख्याको विषयलाई प्राथमिकता दिन नसकेकामा ध्यानाकर्षण गराउँदै मानव स्रोत योजना नामक छुटै मन्त्रालय बनाउन जरुरी भएको बताएका हुन । जनसङ्ख्या बढ्यो भनेर दुःख मान्ने विषय नभएको उल्लेख गर्दै उनले जनसङ्ख्या हुनु देशका लागि अवसरको विषय भएको र जनसङ्ख्याको उपयोग गर्नका लागि सरकारको नीति… पुरा पढौ

यमनलाई लिएर संयुक्त राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले यमनको मानवीय अवस्था कमजोर हुदै गएकामा चिन्ता व्यक्त गरेको छ । यमनमा लागि उपप्रमुख जोसी एमसुयाले सो चिन्ता गरेका हुन् । उनले यमनमा दिन प्रतिदिन मानवीय सहयताको खाँचो रहेको र यो अवस्था बढ्दै गएकाले आगामी दिनमा आवश्यक सहयोग र यसका लागि तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।यहाँ खाद्यान्नका साथै औषधि समेतको अभाव हुनसक्ने अवस्था रहेको र यो अवस्था प्रतिदिन बढ्दै गएको भन्दै यसका लागि सहयोगको तयारी गर्न विश्व समुदायलाई आग्रह गरिएको छ ।यमनमा लामो समयदेखि… पुरा पढौ

आयुर्वेदमा सेवाग्रहीको आकर्षण बढ्दो

कर्णाली । सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयमा सेवाग्रहीको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्न थालेपछि यसमा सेवाग्रहीको आकर्षण बढेको हो । औषधालयको विगत तीन वर्षको तथ्याङ्क नियाल्दा आयुर्वेदिक चिकित्सा सेवा लिने सेवाग्रहीको सङ्ख्यामा वृद्धि भएको हो । आर्थिक वर्ष २०७६÷७७ मा २८ हजार ३५५ र आव २०७७÷७८ मा ३० हजार ५३६ जनाले आयुर्वेद सेवा लिएकामा आव २०७८÷७९ मा ४० हजार ८५ जनाले सेवा लिएका औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले राससलाई बताए… पुरा पढौ

कोरियाको आम्दानीः कुखुरापालनमा लगानी

गलकोट । सानै उमेरदेखि व्यावसायिक सोच बनाएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देखेका उनि आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया गए । इपिएस भाषा अध्ययन गरेर कोरिया गएका जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । उनले छ वर्ष कोरिया बसाइँ टुङ्ग््याएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आएका हुन्। जिसीले चार वर्षदेखि व्यावसायिकरुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आएका छन् । “व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर… पुरा पढौ

गण्डकी प्रदेशले बुधबार सार्वजनिक बिदा दिने

कास्की । गण्डकी प्रदेश सरकारले भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भानु जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो । गण्डकी प्रदेश, आन्तरिक मामिला मन्त्रालयले निकालेको सूचना अनुसार भानु जयन्तीको अवसरमा असार २९ गते बिदा दिने उल्लेख गरिएको छ । यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा २०७९ सालको असोज २३ गते, गण्डकी प्रदेश सरकारको स्थापना दिवस फागुन ४ गते र चैते दशै चैत्र १५ गते सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदले गएको चैत्र १८ गते निर्णय गरेको सूचनामा… पुरा पढौ

राष्ट्रियसभाः सदनमा उपसभामुख र उपाध्यक्ष नभएकामा ध्यानाकर्षण

काठमाडौँ । सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताए । उनले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गरेर काम नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताए ।रासस पुरा पढौ

मोटरसाइकल दुर्घटनामा मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । प्रमुख केसीका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको हो ।बिहान ५ः १० बजेको समयमा दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ… पुरा पढौ