समाचार

सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

काठमाडौँ । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो । मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ । ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक… पुरा पढौ

बढ्यो सुनको मूल्यः चाँदीको स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ ।अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २००ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला… पुरा पढौ

प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्ज अस्पतालमा स्तरोनन्ति

दमक । झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीस्थित प्राथमिक स्वास्थ्य केन्द्र अब अस्पतालका रूपमा सञ्चालन हुने भएको छ ।आर्थिक वर्ष २०७९÷८० को साउन १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र १५ श्ययाको गौरीगञ्ज अस्पतालका रूपमा स्वीकृति पाउने भएको गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य केन्द्रमा डा विनोद साहसहित तीन चिकित्सक कार्यरत छन् । स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विस्तार गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेपछि साउन १ गतेदेखि विधिवत् अस्पतालमा बिस्तार हुने गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले बताए । भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको गौरीगञ्ज आसपास… पुरा पढौ

प्रदेशस्तरी योजना तर्जुमा गोष्ठी

बागमती । संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी पञ्चवर्षीय योजनातर्जुमाका लागि बागमती प्रदेशस्तरीय परामर्श गोष्ठी आज हेटाँैडामा सम्पन्न भएको छ । गोष्ठीमा सन् २०२३ देखि २०२७ सम्म हुने पञ्चवर्षीय संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोगको रुपरेखासम्बन्धी प्रस्तुतीकरण गर्नुका साथै त्यसको जानकारी गराइएको थियो । कार्यक्रमको उद्देश्य नेपालमा संयुक्त राष्ट्रसङ्घीय सहयोगको समन्वयका लागि अल्पकालीन र मध्यकालीन विकासका प्राथमिकता माथि छलफल र परामर्श गर्नका लागि तथा नेपालको विकासमा संयुक्त राष्ट्रसङ्घको रणनीतिक साझेदारीलाई थप सुदृढीकरण गर्नुरहेको छ । बागमती प्रदेशको प्रदेश नीति तथा योजना… पुरा पढौ

विराटनगरमा बकरिद हर्षोल्लासका साथ मनाइयो

मोरङ । इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद९ईद उल अजहा० आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाजप्रार्थना गरिएको छ ।इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौँ दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बी बिहानै नुहाएर शरीरलाई शुद्ध बनाइ नयाँ बस्त्रधारण गर्छन् । त्यसपछि मस्जिद… पुरा पढौ

उदयपुरमा २७ प्रतिशत रोपाइँ

यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ । उजिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार यसपटक सुरुदेखि नै वर्षा पर्याप्त भए पनि कृषकको धानको बीउ समयमा हुर्कन नसकेका कारण जिल्लाका धेरै स्थानमा धान रोपाइँ ढिला हुन पुगेको छ । जिल्लाको मुख्य धान उत्पादन क्षेत्रको पकेट मानिएको त्रियुगा नगरपालिकाको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, बगाहा, राजाबास तथा गैरुन र चुहाडे, असारी क्षेत्रमा अझै पनि धान रोपाइँ आधा पनि सकिएको छैन । कतिपय स्थानमा रोपाइँ सुरु… पुरा पढौ

नवलपुरका दुग्ध उत्पादक किसानलाई अनुदान

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो ।कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डां. टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु १।२५ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा नगरभित्रका चार सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको शाखा प्रमुख पौडेलले बताए। यहाँका चार सहकारीमा सङ्कलन भएको… पुरा पढौ

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताए हुन् । प्रधानमन्त्री देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति र सभ्यताका माध्यमबाट देश तथा विदेशमा राष्ट्रको पहिचान गराउन सफल हुने विश्वाससमेत व्यक्त गरे । उनले भने, “भाषा, साहित्य, संस्कृति सङ्गीत, नाट्यकलालगायत विधा हाम्रो… पुरा पढौ

विराटनगरमा हर्षोल्लासका साथ मनाइयो बकरिद

इस्लाम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो चाड बकरिद(ईद उल अजहा) आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गरिएको छ ।इस्लाम धर्मावलम्बीको महान चाड बकर ईद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौँ दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बी बिहानै नुहाएर शरीरलाई शुद्ध बनाइ नयाँ बस्त्रधारण गर्छन् । त्यसपछि मस्जिद वा इदगाहामा… पुरा पढौ

वाम–लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन्। मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धि रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डो¥याउन आजको आवश्यकता भएको उनको भनाइ छ । मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्न… पुरा पढौ