समाचार

टी–२० विश्वकप ट्रफी नेपाल आउने

आइसीसी टी–२० विश्वकप ट्रफी नेपाल ल्याउने पक्का भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्व कप क्रिकेटको ट्रफी सगरमाथाको देश नेपाल भ्रणम गराउने निर्णय गरेको हो। आइसीसीका अनुसार १६ अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको ट्रफीले अगस्ट ३० देखि ३१ सम्म नेपालको भ्रमण गर्नेछ। आइसीसीले विश्वकप आउन एक सय दिन बाँकी छँदा शुक्रबार विश्वकप ट्रफीको ‘वल्र्ड टुर’ को भ्रमण तालिकामा नेपाललाई पनि समावेश गरेको हो। आइसीसीले विश्वकप ट्रफी टुर शुक्रबार देखिनै सुरुवात गरेको छ। अस्ट्रेलियाको… पुरा पढौ

आजदेखि एनएसए पौडी प्रतियोगिता

आजदेखि १० औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता आज (आइतबार) देखि हुने भएको छ। नेपाल पौडी संघको बार्षिक कार्यक्रम अन्तर्गतको प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी २२१ खेलाडीको सहभागिता रहने संघले जनाएको छ। प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्देश्यले जुनियर विधाका १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ बर्ष मुनिका प्रत्येक विधाका १ महिला र १ पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघले जनाएको… पुरा पढौ

हाम्रो फुटसल पत्रकार टिमलाई उपाधि

एनएफपीजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुटसल प्रतियोगिताको फाइनलमा हाम्रो फुटसल पत्रकार टिमले धादिङ टिमलाई ४–२ गोलले हरायो। स्वस्तीश्री गुरुकूल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ टिमको सहभागिता थियो। नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टिमबीच प्रतिस्पर्धा भएको थियो। उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), वरिष्ठ पत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, हाम्रो जन्मभूमि, नियात्रा टिभी, रेडियो पर्यावरण, फोटो पत्रकार संघ धादिङ, हाम्रो… पुरा पढौ

बकर इद मनाइँदै, देशभर सार्वजनिक विदा

इस्लाम धर्मावलम्बीले आज बकर इद (इदु उल जोहा) मनाउँदै छन्। ‘इद ऊल जोहा’ अथवा ’इद ऊल अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाँउदैछन्। इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ। नेपाल सरकारले बकर इदको अवसरमा देशभर सार्वजनिक बिदा समेत दिने गरेको छ। बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो। रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न… पुरा पढौ

आजदेखि चतुर्मास व्रत आरम्भ, हरिशयनी एकादशी (तुलसी रोप्ने दिन)

आज असार शुक्ल एकादशीका दिन अर्थात् तुलसी रोप्ने दिन। आजको दिन घर–घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदैछ। असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चतुर्मास भनिन्छ। कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सकिन्छ। विष्णु भगवान् चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मंगल कार्यहरू जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन। कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीपछि मात्र मंगल लगन तथा मुहूर्तहरू रहन्छन्। पुरा पढौ

“उच्च मनोवल र उत्साहका साथ प्रतिष्पर्धा गर्नु”–मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले खेलाडीहरुलाई उच्च मनोबल र उत्साहका साथ प्रतिष्पर्धा गर्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुन जाने गण्डकी प्रदेशका खेलाडीहरुलाई विदाई गर्दै उनले यस्तो आग्रह गरेका हुन् । मुख्य मन्त्री पोखरेलले बिदाई कार्यक्रममा सफलताको शुभकामना व्यक्त गर्दै भने–“राष्ट्रपति रनिङ शिल्डमा विगतमा गण्डकी प्रदेशले प्राप्त गरेको सफलतामा थप उत्कृष्टता हासिल गर्न यहाँहरुले उच्च मनोवल र उत्साहका प्रस्तुत हुनेमा म विश्वस्त छु ।” खेलकुदको विकासका लागि तिनै तहको… पुरा पढौ

श्रीलङ्काका प्रधानमन्त्री राजिनामा दिन सहमत

श्रीलङ्का । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत भएका छन् । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उनले सर्वदलीय बैठकको अह्वान गरेका थिए । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए । सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा… पुरा पढौ

मादीको क्यादुखोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पोखरा । कास्कीको मादी गाउँपालिका–१ स्थित क्यादुखोला थुनिएको छ । आज साँझ ५ बजेपछि पहिरोका कारण नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र जुनसुकै बेला बाढी आउन सक्ने भएकाले तल्लो भाग र मादी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई सतर्कतासाथ सुरक्षित स्थानमा बस्न आग्रह गरिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । उनका अनुसार हुगुका पर्यटन व्यवसायी एवं नमस्ते गेष्टहाउसका सञ्चालक एकजङ्ग गुरुङले आफ्ना भाइमार्फत हुगुगोठ छेउको… पुरा पढौ

वैशाखयता विपद्जन्य घटनामा ११८ को मृत्यु

काठमाण्डौं । गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ । कूल १४० चट्याङ परेकामा ११७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त विवरणमा आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरामा परेर १५, बढीका कारण तीन… पुरा पढौ

मधेसको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेकोे बताएका छन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउने सपना अधुरो रहने बताए । उनले भने, “मधेसको समस्या समाधान गर्न र मधेसी समुदायको समृद्धिका लागि म जनताको साथमा छु ।” नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिको पार्टी भएको उल्लेख गर्दै मन्त्री कार्कीले कांग्रेसले सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढिरहेको… पुरा पढौ