इस्लाम धर्मावलम्बीले आज बकर इद (इदु उल जोहा) मनाउँदै छन्।
‘इद ऊल जोहा’ अथवा ’इद ऊल अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाँउदैछन्।
इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ। नेपाल सरकारले बकर इदको अवसरमा देशभर सार्वजनिक बिदा समेत दिने गरेको छ।
बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो। रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्दछन्।
यस पर्वमा अल्लालाई खुसी पार्न मुस्लिम धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन्।
धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख…






