समाचार

सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको माग : प्रहरी समायोजन गर, प्रदेशलाई हस्तान्तरण गर

प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले साउन मसान्तभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन्। सात वटा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले साउनभित्र प्रहरी समायोजन गर्न संघीय सरकारलाई समय दिएका हुन्। जनकपुरधाममा बिहीवार भएको मन्त्रीहरूको भेलाले सात बुँदे घोषणापत्र जारी गर्दै साउन मसान्तभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका हुन्। प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरूलाई प्रदेश मातहत ल्याउन पनि संघीय सरकारलाई आग्रह गरेका छन्। प्रदेश सभा गठन भएको ५ वर्ष… पुरा पढौ

प्रहरी प्रवक्तामा डीआईजी राई

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईलाई दिइएको छ। डीआइजी राई भर्खरैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार उनले बिहीबारदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्। पदोन्नति हुनुअघि उनी बबरमहलमा रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा थिए। यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ। पुरा पढौ

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरा । करेन्ट लागेर पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा – ५ स्थित पस्र्याङ खुडेपोखरीमा नजिकै निर्माणाधिन घरमा रङ्ग लगाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई अहिले पोखरा – १७ घारीपाटन बस्दै आएका ४० वर्षिय कृष्णबहादुर रानामगर रहेको कास्की प्रहरीले जनाएको छ । घरमा रङ्ग लगाउने क्रममा हाइटेन्सन विद्युत लाइनको तारमा छोइन पुगेका मगर घरको २ तलाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख सुन्दर… पुरा पढौ

माओवादीको स्थायी समिति ४१ सदस्यीय

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्यूरोमा रहने सदस्यको नाम प्रस्ताव गरेका हुन् । माओवादी केन्द्रीय सदस्य एवं पोलिटब्यूरोमा प्रस्तावित रामप्रसाद सापकोटाका अनुसार अध्यक्ष दाहालले ४१ सदस्यीय स्थायी समिति गठन गर्ने प्रस्ताव गरेका हुन्। उनका अनुसार नाम वाचनका क्रममा केही प्राविधिक त्रुटि देखिए पनि बैठक नियमित रुपमा चलिरहेको जानकारी दिए । माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति, दोस्रो तहका नेतालाई… पुरा पढौ

कर्मकर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार-२०७९ रुद्र श्रीस मगरलाई प्रदान गरिने

पोखरा । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिदै आएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ पत्रकार रुद्र श्रीस मगरलाई प्रदान गर्ने निर्णय भएको छ। पत्रकार हुम बहादुर गुरुङको संयोजकत्वमा र सदस्यहरु दीपेन्द्र श्रेष्ठ, एम।बि आस्था मगर, जुना कुमारी गुरुङ र दिल प्रसाद गुरुङको छनौट समितिले श्रीसलाई सिफारिस गरिएको हो। सोही कार्यक्रममा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९मा अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान… पुरा पढौ

रेन्वोद्वारा विद्यार्थी तथा शिक्षक सम्मानित

पोखरा । शिक्षक समाज नेपालद्वारा आयोजित स्टान युनेस्कोको दोस्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२२ सम्पन्न भएको छ । रेन्वो एकेडेमिक होम्स्द्वारा युनेस्को सहकार्यमा गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा प्रथम हुँदै राष्ट्रिय स्तरमा समेत प्रथम हुन सफल कक्षा १० मा अध्ययनरत मेधावी छात्र गोकुल श्रेष्ठ तथा विद्यालयका विज्ञान शिक्षक ठाकुरसिंह थापालाई विद्यालयमा आयोजित एक भब्य समारोहकाबीच सम्मान गरिएको हो । विजेता छात्र श्रेष्ठलाई ट्रफी तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने विद्यालयका शिक्षक थापालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु

पोखरा । पोखरामा बिहिबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्ररछात्रा रानङ शिल्ड प्रतियोगिता–२०७८ मा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् । छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१।२ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पारिन् भने १५०० मिटर दौड उनले ५ मिनेट २६।४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । छात्रातर्फ ८०० मिटर दौडमा तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पुरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६।०३ सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक… पुरा पढौ

बेसलाईन एकेडेमीको रजत जयन्ती विशेष कार्यक्रम भोलिदेखि शुरु हुने

पोखरा । पोखरा १३ मा रहेको बेसलाईन एकेडेमी स्कुलले रजत जयन्ती विशेष मनाउने भएको छ । स्कुलले विहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै स्कुल स्थापना गरेको २५ वर्ष पुगेको अवसरमा विविध कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको हो । रजत जयन्तीको अवसरमा स्कुलले चित्रकला प्रतियोगिता, एकल लोक नृत्य प्रतियोगिता, अंग्रेजी स्क्रयावल प्रतियोगिता, नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने जनाइएको छ । त्यस्तै, रजत जयन्ती विशेष कार्यक्रम भोलि शुक्रबारदेखि शुरु हुने स्कुलले जनाएको छ । जस अन्तर्गत सेभेन ए साईड फुटबल प्रतियोगिता, मिनी म्याराथन… पुरा पढौ

हैजाका विरामी २३ पुगे

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ । कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौँ–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ । उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी… पुरा पढौ

प्रतिनिधिसभाबाट तीन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई पारित… पुरा पढौ