समाचार

भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने

काठमाडौँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको हो । कविता पठाउने अन्तिम दिन सोमबारसम्म सो कविता प्राप्त भएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि ८७ जनाको कविता प्राप्त भएको छ । उक्त कविताहरु असार २८… पुरा पढौ

म्याग्दीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गलेश्वर । म्याग्दीमा सोमबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलमा अनुशासन सबैभन्दा महत्वपूर्ण हुने बताउँदै खेलाडीहरुले अनुशासनपूर्वक प्रतिस्पर्धा गर्न आग्रह गरे । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेल समावेश गरिएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । सहभागी खेलाडीले ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाअनुसार कबड्डी, भलिबल, एथ्लेटिक्सतर्फ ट्र्याकमा एक सय, दुई सय,… पुरा पढौ

किसानलाई आधुनिक प्रविधि वितरण

खलङ्गा । जुम्ला कृषि विकास कार्यालयले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिए। कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका आठवटै स्थानीय तहका व्यावसायिक किसानलाई जोत्नेदेखि तेल पेल्ने, पिस्ने घट्टका साथै जौँ, गहुँ र धान चुट्नेसम्मका उपकरण उपलब्ध गराएको हो । चुट्ने अठार, दुई तेल पेल्ने, तीन कुटानी पिसानी र १६ खेत जोत्ने उपकरण वितरण गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।… पुरा पढौ

राप्ती हाइड्रोको आइपीओ आउँदै

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) खुला गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयरमा बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कूल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८… पुरा पढौ

काठमाडौँमा थप दुई जनामा हैजा

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए । हैजा तथा… पुरा पढौ

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बलेवा। वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिरासँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । यो सडक अवरुद्ध… पुरा पढौ

म्याग्दीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

हिमाली जिल्ला म्याग्दीको बेनीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट खेल समावेश गरिएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए। प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गरे। सहभागी खेलाडीले ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। यस पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका अनुसार कबड्डी, भलिबल, एथ्लेटिक्सतर्फ ट्रयाकमा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३… पुरा पढौ

तनहुँमा भानु कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु

तनहुँको भानु नगरपालिका–१ भन्सारमा सोमबारदेखि राष्ट्रिय खुल्ला नकआउट भानु कप फुटबल प्रतियोगिता सुरु भएको छ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीका अवसरमा आचार्यको जन्मनगरमा भानुकप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा आँबुखैैरेनी गाउँपालिका–४ स्थित पुलजीप युवा क्लब विजयी बनेको छ। भानु नगरपालिका–२ स्थित ब्राइट फ्युचर युवा क्लब र पुलजीप युवा क्लबबिच भएको खेलमा पुलजीप १–० अन्तरले विजयी भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जयन्तीलाई कुनै न कुनै कार्यक्रमको माध्यमबाट सम्झिनुपर्ने… पुरा पढौ

एक्स–गोर्खा कास्कीलाई महिला फुटसल उपाधि

एक्स–गोर्खा कास्कीले फुटसल प्रतियोगिताको उपाधि जितेको छ। लमजुङको बेसीसहरमा पहिलोपटक आयोजित प्रथम महिला फुटसल प्रतियोगिताको उपाधि एक्स–गोर्खा कास्कीले जितेको हो। सोमबार भएको फाइनल खेलमा घरेलु टिम मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हरायो। विजयी एक्स–गोर्खा कास्कीले उपाधिसहित ३० हजार रुपियाँ पुरस्कार पाएको छ। उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार रुपियाँ प्राप्त गरेको छ । ‘हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ आयोजना गरिएको महिला फुटसल प्रतियोगितामा लमजुङको बाघेता क्लवलाई जितेर एक्स–गोर्खा फाइनलमा प्रवेश गरेको थियो। फुटसल एरिना… पुरा पढौ

माओवादीको केन्द्रीय समिति बैठक जारी

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो। सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको १० पृष्ठको संक्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ। बैठक आज (मंगलबार) सम्म चल्ने बताइएको छ। प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ। पहिलो दिनको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेस प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो… पुरा पढौ