समाचार

शिक्षण अस्पतालमा रोकिएको बीमा सेवा सुचारु

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अस्पतालले बुधबार एक विज्ञप्ती जारी गर्दै १४ असार (हिजो)सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम आज(१५ असार) देखि पनि निरन्तरता दिइएको जनाएको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय भएको जानकारी दिए। अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको उल्लेख छ। पुरा पढौ

गण्डकीमा भारी वर्षा हुने, पहाडी भू–भागमा पहिरोको जोखिम

गण्डकी प्रदेशमा आज (बिहीबार) पनि भारी वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज गण्डकी प्रदेशसहित प्रदेश १ बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १÷२ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। यि प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव बढ्न सक्न भन्दै सतर्कता अपनाउन महाशाखाद्धारा आग्रह गरिएको छ। देशभर  आज सामान्यदेखि पूर्ण बदली रहनेछ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। आज… पुरा पढौ

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं – मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा रहेको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवशीय सूचना, प्रविधि र चलचित्र पत्रकारिता सम्बन्धि कार्यशालाको उद्दघाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । ‘प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा छ । आगामी आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरिएको छ। चलचित्र विकास बोर्डको गठनका लागि आवश्यक ऐन निर्माण गर्ने गरी अगाडि बढीनेछ ।’,उनले… पुरा पढौ

रुपामा चक्लाबन्दी गरिएको जग्गामा सामुहिक रोपाईं

पोखरा । कास्कीको रुपा गाउँपालिकामा बुधबार सामुहिक रोपाईं गरिएको छ । रुपा–४ खाल्टेमा चक्लाबन्दी गरिएको जग्गामा बुधबार सामुहिक धान रोपाईं गरिएको हो । त्यहाँ स–साना टुक्रा जग्गालाई चक्लाबन्दी गरिएको थियो । संघियतासँगै स्थानीय तह र प्रदेश सरकार मिलेर कृषिमा यान्त्रिकीकरणलाई बढावा दिने गरी जग्गा चक्लाबन्दी गरी सामुहिक खेती गर्ने कार्यक्रम ल्याएपछि उक्त ठाउँको ८५.५ रोपनी जमीनलाई चक्लाबन्दी गरिएको थियो । स्थानीय बुद्धिबहादुर गुरुङको नेतृत्वमा चक्लाबन्दी गरिएको जग्गामा बुधबार सामुहिक रोपाइँ गरिएको छ । पोल्याङटार टाकञ्जा कृषक समूहको आयोजना तथा सिद्ध… पुरा पढौ

रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै

पोखरा । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ । पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए । ‘नाला निर्माण र ग्रावेल भरेर सम्याउने काम भएसंगै बसपार्क अब हिलो र धुलो मुक्त हुँदैछ ।’ उनले भने,… पुरा पढौ

मानव अधिकारमैत्री वातावरण निर्माणमा सरकार प्रतिवद्ध छ मन्त्री थापा

पोखरा। गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकी प्रदेश सरकार मानव अधिकारमैत्री वातावरण निर्माणका लागि प्रतिवद्ध रहेको वताएका छन्।क्रियाशील पत्रकार महिला ९डव्लु डव्लु जे ०गण्डकीले बुधबार पोखरामा आयोजना गरेको मानव अधिकार प्रवर्द्धनमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री थापाले मानव अधिकारकारको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै मानवअधिकार मैत्री वातावरण सृजना गर्न नागरिक समाज र पत्रकारको पनि महत्त्वपूर्ण भुमिका रहने बताए । उनले पत्रकारले सुचनाको हकको प्रयोग गर्दा व्यक्तिको गोपनियताको हकलाई… पुरा पढौ

अन्नपूर्ण गाउँपालिका भलिबल संघको अध्यक्षमा ‘अमृत’

कास्की । अन्नपूर्ण गाउँपालिका अन्तर्गत भलिबल संघको अध्यक्षमा अमृत लामा गुरुङ निर्विरोध चयन भएका छन् । गत आइतबार कास्की जिल्ला भलिबल संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनको संयोजकत्वमा बसेको भेलाबाट लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङ नेतृत्वको ११ सदस्यीय समित गठन गरिएको हो । गुरुङको नेतृत्वमा बनेको कार्यसमितिको उपाध्यक्षमा भलिबल खेलाडी अनिल घमाल, सचिवमा अतित गुरुङ, सह¬–सचिवमा जिवन सापकोटा र कोषाध्यक्षमा श्याम गुरुङ चुनिए । यसैगरि सदस्यमा गम बहादुर गुरुङ, हरिचन्द्र सुनार, मनोज गुरुङ, ईश्वर गुरुङ, विष्णुबहादुर गुरुङ र… पुरा पढौ

अन्नपूर्ण व्याण्ड नेपालको ‘भो’ सार्वजनिक

पोखरा । अन्नपूर्ण व्याण्ड नेपालले अफिसियल म्युजिक भिडियो ‘भो’ सार्वजनिक गरेको छ । व्याण्डको आधिकारिक युट्युब च्यानलमार्फत ‘भो नगर भो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको । आशिम गुरुङ र अप्सरा गुरुङको अभिनय (फिचरिङ) रहेको उक्त गीतमा कलाकार छुतमान गुरुङको स्वर भरेका छन् । निर्माण पक्षका अनुसार अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ धान्द्रुक तथा आसपासका कलाकारलाई पर्दामा देखिने सो म्यूजिक भिडियोको कथा नितेश विक्रम भट्टले बुनेका हुन् भने उक्त भिडियोलाई निर्देशन र सम्पादन नविन थापाले गरेका छन् । यसैगरि भिडियोमा दिपेश गुरुङले… पुरा पढौ

प्रतिभा माविका विद्यार्थी धान रोपाईंको प्रत्यक्ष अनुभव गर्न रोपाईं स्थलमा

पोखरा, असार १५ पोखरा–३ नदीपुरस्थित प्रतिभा माविका विद्यार्थीले धान रोपाईंको प्रत्यक्ष अनुभव गरेका छन् । सो विद्यालयका मन्टेश्वरीदेखि कक्षा ४ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले पोखरा–१४ चाउथेमा गरिएको धान रोपाईं स्थलमा पुगेर धान रोपाईंको प्रत्यक्ष अनुभव गरेका हुन् । ‘मानो खाएर मुरी उब्जाउने’ दिन अर्थात धान दिवसको अवसर पारेर प्रतिभा माविले विद्यार्थीहरुलाई धान रोपाईंको प्रत्यक्ष अवलोकनका लागि चाउथेस्थित विद्यालयको आफ्नै जग्गामालगेको थियो । त्यहाँ विद्यार्थीले धान रोपाईंको अवलोकन गर्नुका साथै आफैपनि धान रोपेर धान रोपेको प्रत्यक्ष अनुभव गरेका थिए । ‘विद्यार्थीलाई… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड : निरज, रिजन र रेकमायामा कस्ले मार्ला बाजी ?

पोखरा । छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले गर्ने गरेको हो । पोखरा… पुरा पढौ