समाचार

कलाकार समाजको दर्पण होः मुख्यमन्त्री शाही

काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताएका छन।केबी इन्टरटेन्मेन्ट ग्रुपद्वारा आजदेखि वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’ शुभारम्भ गर्दै उहाँले कलाकारहरूले समाजको वास्तविक कथालाई कलाका माध्यमबाट उतार्दा त्यसले नेतृत्वलाई बढी जिम्मेवार बनाउने बर्ताए । चलचित्र उद्योगले पनि मुलुक विकासमा सहयोग पु¥याउँदै आएको उनको भनाइ थियो । वरिष्ठ रङ्गकर्मी गणेशभक्त गौतमले कर्णाली आफैँमा कलाको खानी भएको र कार्यशालाले यस क्षेत्रका कलाकारलाई अझ दक्ष बनाउने विश्वास व्यक्त गरे । कर्णालीको राजधानी सुर्खेतमै चलचित्र निर्मातासहित… पुरा पढौ

जथाभावी सडक खन्दा पहिराको जोखिम

डोटी । वर्षात सुरु भएका कारण जिल्लाका नौवटै स्थानीय तहमा सडक पु¥याउने नाममा जथाभावी खनिएका सडकमा अहिले पहिराको जोखिम बढ्न थालेको छ ।केही दिनदेखि भइरहेको वर्षात्ले यहाँका गाउँघरका अधिकांश सडक बन्द हुन थालेका छन् । डोजर अपरेटरका भरमा जथाभावी सडकको ट्र्याक खन्दा पहिरोको जोखिम बढेको स्थानीयवासीको भनाइ छ । निर्वाचनका समयमा गाउँ घरमा सडक पु¥याउने नेताले गरेका वाचा अनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरुको आरोप छ । गाउँ गाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता… पुरा पढौ

रुकुम पूर्वमा वर्सेनि धान खेती घट्दै

रुकुम । रुकुमपूर्वमा धान खेती घट्दै गएको छ । पहिलेको तुलनामा पछिल्ला केही वर्षमा यस जिल्लामा धानखेती घटेको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷७५ भन्दा अघि जिल्लाको ५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको थियो ।कार्यालयका कृषि अधिकृत थलबहादुर बस्नेतका अनुसार पाँच वर्ष अघिसम्मको जिल्लाको तथ्याङ्कमा धान खेती भइरहेको क्षेत्रफल पाँच हजार ३७ दशमलव २८ हेक्टर थियो । अहिले जम्मा एक हजार ४१९ दशमलव ४२ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको… पुरा पढौ

अस्पतालका कर्मचारी मृत फेला

झापा । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए । गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ ।रासस पुरा पढौ

विदेशमा सञ्चालित नेपाली विद्यालयमा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमै पढाउन माग

काठमाडौँ । नेपाली पाठ्यक्रममा आधारित भएर विदेशमा सञ्चालन भएका विद्यालयले कक्षा ११ र १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमा अध्ययन–अध्यापन गर्न पाउने व्यवस्थाका लागि नेपाल सरकारसँग आग्रह गरेको छ ।जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले कक्षा ११ र १२ मा विज्ञान समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषयको सट्टा गणित विषय राख्न तथा व्यवस्थापन समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषय अङ्ग्रेजी भाषामा अध्ययन–अध्यापन गराउन पाउन आग्रह गरेको हो । उक्त विद्यालयका अध्यक्ष भवन भट्टले सो विषयको अध्ययन अध्यापन नेपाली भाषामै गराउनुपर्ने हालको… पुरा पढौ

फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभावले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै खाद्य नियमावली २०२७ को दफा १९ घ बमोजिम कार्वाइडको एसिटिलिन ग्यास प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि नराख्न अनुरोध गरेको हो । विभागले अनावश्यक रुपमा फलफूलमा कार्वाइडको प्रयोग गर्ने व्यवसायीलाई खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने जनाएको छ । व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीले रसायन प्रयोग गरी फलफूल पकाउन पर्ने भएमा… पुरा पढौ

युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ

भक्तपुर । एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी बृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उनको भनाइ थियो ।रासस पुरा पढौ

वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु

रुपन्देही । वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।उनका अनुसार बरहीको शवलाई परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।रासस पुरा पढौ

सभामुख सापकोटा अजरवैजान प्रस्थान

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरवैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ । सम्मेलन यही असार १६ देखि १८ गतेसम्म हुँदैछ ।प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन । उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसद्बीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवलायका प्रवक्ता डा रोजनाथ पाण्डेले… पुरा पढौ

मदन भण्डारीको शालिकमा श्रद्धाञ्जलि

मकवानपुर । तत्कालीन नेकपा एमालेका महासचिव मदनभण्डारीको ७१औँ जन्मजयन्तीको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका – ११ मा स्थापना गरिएको शालिकमा आज पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरियो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, नेकपा एमाले संसदीय दलका बागमती प्रदेशका नेता अष्टलक्ष्मी शाक्यलगायत प्रदेशसभाका सदस्यले पुष्प गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । सोही अवसरमा मदनभण्डारी फाउण्डेशन मकवानपुरद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौँडाको विभिन्न स्थानमा भएको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गर्नुभएको हेटौँडा रक्तदान केन्द्रले… पुरा पढौ