समाचार

अकबरे खुर्सानीबाट छ करोडभन्दा बढी आम्दानी

भोजपुर । व्यावसायिक अकबरे डल्ले खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।गएको वर्ष यसै याममा यस गाउँपालिकामा खुसार्नी विक्रीबाट रु छ करोड ५० लाखभन्दा बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो ।गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा… पुरा पढौ

सर्वसाधारणका लागि अप्पर हेवाखोलाको आइपिओ आउँदै

काठमाडौ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ० बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ । कम्पनीले… पुरा पढौ

बालिकालाई जबर्जस्ती करणी गर्ने प्रक्राउ

पाल्पा । पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले… पुरा पढौ

डुम्रे–बेँसीशहर सडक सञ्चालनमा

लम्जुङ । बाढीपहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल सञ्चालनमा आए पनि फेरि वर्षा भएमा पहिराको जोखिम भने कायम रहेको उनको भनाइ छ । सो अवरुद्ध भागमा सडक एकतर्फ सञ्चालन भइरहेको… पुरा पढौ

पहिरोका कारण पाल्पा – बुटवल सडक अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । अबिरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको हो । आज बिहानैदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि अहिले पानी परिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा यात्रुलाई कठिनाई परेको छ । सडक बन्दले यस राजमार्ग भएर गुड्ने कुनैपनि सवारीसाधन चलेका… पुरा पढौ

धान बीमातर्फ केन्द्रित हुदै किसान

चितवन । चितवन जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् । पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न सुरु गरेका छन् । कुमरोज र बछौलीमा रहेका साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र भित्रपर्ने किसानको धानको बीमा गर्न लागेका हुन् । कुमरोजका व्यवस्थापक हेम कार्कीले अहिलेसम्म २०० भन्दा बढी किसानको धानको बीमा… पुरा पढौ

गण्डकीमा ६ समुह वर्गीकरण गरि सवारी कर बढ्यो

पोखरा । आगामी आर्थिक वर्षदेखि गण्डकी प्रदेशमा १२५ सीसीसम्मको स्कुटर र मोटरसाइकलको नवीकरण तथा सवारी साधन वार्षिक कर ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । ४ समूहमा वर्गीकरण गरेर नवीकरण तथा वार्षिक सवारी कर लिइरहेको गण्डकी प्रदेशले अब ६ समूहमा वर्गीकरण गरी सबैमा कर बढाएको हो । अहिले १२५ सिसिको २७ सय तिरे पुग्छ भने १२६ देखि २ सय ५० सीसीसम्मको ४ हजार ६ सय रुपैयाँ तिरे पुग्छ । २ सय ५१ देखि ४०० सीसीसम्मलाई ९ हजार ६ सय रुपैया… पुरा पढौ

जोर्डनको वन्दरगाहमा विषाक्त ग्यास फैलियो

जोर्डनको लालसागरको वन्दरगाहमा सोमवार विषाक्त ग्यास चुहावट हुँदा १० जनाको ज्यान जानुका साथै अन्य २५ जना घाइते भएका छन्। जनसुरक्षा निर्देशनालय (पीएसडी)ले पारवहनका क्रममा रासायनिक पदार्थ भण्डार गरिएको कन्टेनर एउटा क्रेनको गल्तीका कारण अचानक खस्दा यो स्थिति उत्पन्न भएको संचारमाध्यमलाई बताएको छ। भिडियो फुटेजमा क्रेनले एउटा लोरीबाट कन्टेनर उठाउने क्रममा त्यो वन्दरगाहमा रोकेर राखेको जहाजमा खसेको देखिन्छ। त्यसको लगत्तै जहाज र वन्दरगाह उज्यालो पहेँलो ग्यासको मुस्लोले छोपेको र अत्तालिएका मानिसहरूको भागाभाग भएको पनि देखिन्छ। पीएसडीका अनुसार नागरिक रक्षा विभागले वन्दरगाहको… पुरा पढौ

नेपाल वायुसेवा निगमको लिखित परीक्षा र विज्ञापन रद्द

नेपाल वायुसेवा निगमले लिएका परीक्षा रद्द गरेको छ। निगमको मानव संसाधन विभागले सार्वजनिक सूचना जारी गर्दै परीक्षा रद्द गरेको जनाएको हो। सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगको मिति २०७९/०२/२६ गतेको निर्णय बमोजिम निगमको पदपूर्ति समितिको बैठकले आ.व. २०७५/७६ का लागि आह्वान गरिएका विज्ञापन नं. १०–१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा संचालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्द गरिएको निगमले जनाएको छ। आर्थिक वर्ष ०७६/७७ का लागि मिति २०७६/११/०२ मा निगमले प्रकाशित गरेका विज्ञापनहरूमध्ये खुलातर्फ विज्ञापन नं.… पुरा पढौ

पोविविको कलेज स्कूल अफ बिजनेसलाई क्युएए

पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेसले क्युएए प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोग, नेपालबाट विश्व विद्यालयको आंगिक कलेज स्कूल अफ बिजनेसले हालैमात्र क्युएए प्राप्त गरेको हो। पुरा पढौ