समाचार

सैनिक कार्गो जहाज दुर्घटना चारको मृत्यु

एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्गो विमान दुर्घटनामा परेको थियो । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा शुक्रबार बिहान सो जहाज दुर्घटनामा परेको थियो । त्यस दुर्घटना कार्गो विमानको परीक्षण उडानका बेलामा भएको बताइएको छ ।सो जहाज कार्गो जहाज रहेको भए पनि उडानमा कुनै सामान नराखी परीक्षण स्वरुप गरिएको थियो । त्यसैक्रममा दुर्घटनामा परेको र त्यसमा रहेका… पुरा पढौ

नागरिकता विधेयक अघि बढाउन माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे ।सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुनेगरी बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गरे । उनले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गर्दै ढिलै भए पनि गृहमन्त्रालयले यस सम्बन्धमा पहल गरेकामा सरकारलाई धन्यवाद… पुरा पढौ

बाढी विपद् जोखिम व्यवस्थापनको तयारीमा जनप्रतिनिधि

दमक । वर्षासँगै खोला नदीका बस्तीमा जोखिम बढेपछि झापाको अधिकांश स्थानीय सरकारले पूर्वतयारीस्वरुप विपद् व्यवस्थापनको तयारीमा जुटेका छन् । नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा रहेका स्थानीय सरकारले विपद् जोखिमको व्यवस्थापन गर्न आन्तरिक पूर्वतयारी सुरु गरेका छन् ।जिल्लाका विभिन्न खोला नदीको कटान र डुबानको उच्च जोखिममा रहेकाले र त्यसले आइपर्ने चुनौतीको बेलैमा व्यवस्थापन गर्नुपर्ने भन्दै स्थानीय सरकारले विपद् जोखिम व्यवस्थापनका लागि पूर्वतयारी थालेका हुन् । विपद्को जोखिम मानिने स्थानीय तहमध्ये अहिले कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले खोला नदीमा बाढी आउन थालेपछि… पुरा पढौ

भूकम्पपीडितहरु खाना र आश्रयविहीन

अफगानिस्तानमा दुई दशक भन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्तिहरू शुक्रबार खाना, आश्रयबिहीन भएका छन् । भीषण वर्षापछि आएको बाढीको कारण पीडालाई अझै बढाएको छ । बाढीको कारण भएको बाधाले राहत कार्यकर्ताहरू पुग्नको लागि कठीन भएको र भूकम्प प्रभावित गाउँहरूमा मानिसहरु पर्खिरहेका बताइएको छ । गत बुधबारको आएको ५।९ म्याग्निच्युडको भूकम्पले पाकिस्तानसँगको सीमावर्ती क्षेत्रमा सबैभन्दा ठूलो धक्का पु¥याएको र यसमा परी एक हजार भन्दा बढीको मृत्यु भएको छ । हजारौं व्यक्ति घरवारबिहिन भएका छन् । भूकम्पले सबैभन्दा बढी… पुरा पढौ

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताए । अब उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि राष्ट्रपतिले लालमोहर… पुरा पढौ

२५ लाखको अक्षयकोष स्थापना

महोत्तरी । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आफूले औपचारिक शिक्षा प्रारम्भ गरेको विद्यालयमा २५ लाखको विद्यार्थी कल्याण अक्षय कोष स्थापना गरेका छन ।आफ्नो पैतृक थलो महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीस्थित श्री शुकदेव माध्यमिक प्राविधिक विद्यालयलाई सचिव पुष्करले रु २५ लाख रकमको अक्षयकोष रकम बिहीबार हस्तान्तरण गरेका हुन । अक्षयकोषको रकमको ब्याजबाट सुगाभवानीपट्टी बस्तीका दलित, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उद्देश्य छ । सचिव पुष्करले कोषबापतको रु २५ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई हस्तान्तरण गरेका हुन । कोष रकम… पुरा पढौ

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

नवलपरासी । गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बिहीबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी भत्ता उपलब्ध गराइने गैँडाकोट नगरका स्वास्थ्य शाखा प्रमुख… पुरा पढौ

शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ ; शिक्षामन्त्री पौडेल

रुपन्देही । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताएका छन । विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले शिक्षा मन्त्रालयमार्फत सरकारले शिक्षातर्फको बजेट बढाउँदै लगेको सन्दर्भमा त्यसको उपलब्धि विश्वविद्यालयमार्फत प्रतिविम्बित हुन आवश्यक रहेकामा जोड दिए । लुम्बिनीमा आज आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहमा उनले बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान् जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी स्वदेश तथा… पुरा पढौ

तल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो

मनाङ । हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् ।जिल्लाको तल्लो मनाङका भेगमा चैतमा लगाइएको बाली वर्षायामसँगै गहुँ, करु काटेर अहिले भित्र्याउन लागेको नासो गाउँपालिका–८ ताचेका कृषक हुमजङ्ग गुरुङले बताए ।जिल्लामा अन्य समयमा हिउँले सेताम्य हुने यहाँ अहिले करु र गहुँ पाकेर पहेंलपुर अवस्थामा रहेको छ । बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । चामे गाउँपालिकाको थानचोक, तिमाङ… पुरा पढौ

बागलुङ नगरपालिका नीति ः ‘बागलुङ नगर कृषि गाडी’

बागलुङ । बागलुङ नगरपालिकाले किसानका लागि आवश्यक मल, बीउ तथा कृषिजन्य उत्पादनको ढुवानीका लागि ‘बागलुङ नगर कृषि गाडी’ सञ्चालनमा ल्याउने भएको छ । स्थानीय सहकारीसँगको सहकार्यमा कृषि गाडी सञ्चालनमा ल्याइने भएको हो । कृषि व्यावसायलाई प्रवद्र्धन गर्न नगरपालिकाको ५० प्रतिशत अनुदान तथा कृषि समूह र सहकारीको ५० प्रतिशत लागत सहभागितामा कृषि सञ्चालनको नीति ल्याइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। गाडीको व्यवस्थापन तथा सञ्चालन भने कृषि समूह वा सहकारीले गर्नेछन् ।बागलुङको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम… पुरा पढौ