समाचार

गण्डकी प्रदेश बजेट : धौवादी फलाम खानीका लागि १५ करोड

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आव २०७९÷८० को बजेटमा धौवादी फलाम खानी संचालनका लागि १५ करोड बजेट छुट्टाइएको छ। नेपाल सरकारसँगको सझेदारीमा उक्त फलामखानी संचालन गर्ने प्रदेश सरकारले बजेट भाषणमा उल्लेख गरेको छ। प्रदेशभित्रका संभावित प्राकृतिक खानी, खनिजजन्य पदार्थको पहिचान गरी खानीजन्य उद्योगको संभाव्यता अध्ययन गर्ने जनाइएको छ। स्थानीय तह र स्थानीय प्रशासनसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई नियमित, प्रभावकारी उपभोग्य वस्तु र सेवाको आपूर्ति व्यवस्था सहज तुल्याउने उल्लेख गरेको छ। प्रदेशभित्र उत्पादन भएका र बाहिरबाट आयात गरिने उभोग्य वस्तुको… पुरा पढौ

गण्डकी प्रदेश बजेट : खेलकुद पूर्वाधार विकासमा १५ करोड

गण्डकी प्रदेशको प्रस्तुत बजेटमा ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा एउटा सुविधासम्पन्न रंगशाला रहेपनि बाँकी जिल्लामा खेलकुद गतिविधिहरु हुन सकेका छैनन्। गण्डकी प्रदेशमा भलिबल खेलको संभावना भएको प्रदेशका रुपमा लिइन्छ। प्रदेशभित्रका खेल मैदानको निर्माण, मर्मत, संभार, स्तरोन्नती गर्ने बजेटमा उल्लेख गरिएको छ। प्रदेशभित्र खेलकुद पूर्वाधार विकासका लागि बजेटमा १५ करोड विनियोजन गरेको छ। पुरा पढौ

गण्डकी प्रदेशको बजेटः प्रदेशका खेलाडीको बिमा गर्ने योजना

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा प्रदेशभित्रका खेलाडीको बीमा गर्ने उल्लेख छ। अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सो कार्यक्रम उल्लेख गरिएको हो। बजेटमा प्रदेशभित्र रहेका प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडीको बीमा गरिने उल्लेख छ। प्रदेशमा साहसिक खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताइएको छ। पुरा पढौ

प्रदेशस्तरीय बसपार्क निर्माण प्रारम्भ गर्न बजेट विनियोजन

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशिक बसपार्क बनाउनका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । सरकारले पोखरा महानगरपालिकासँगको साझेदारीमा प्रदेशस्तरीय बसपार्क निर्माण प्रारम्भ गर्न बजेट विनियोजन गरिएको मन्त्री बरालले बताए । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखराको लेकसाईड र लेखनाथसम्म पुग्नसक्ने वैकल्पिक मार्ग सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको उनले बताए… पुरा पढौ

रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउन ५ करोड विनियोजन

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै अस्पतालबाट रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बुधबार गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गर्दै सो कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताए ।यस्तै शिशु, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई निरन्तरता दिन १३ करोड विनियोजन गरिएको छ ।… पुरा पढौ

प्याराग्लाईडिङको वैकल्पिक स्थानको खोजी गर्न छुट्टीयो बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले प्याराग्लाईडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट छुट्याएको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बनेसँगै पोखराको सराङ्कोट र तोरीपानी क्षेत्रबाट उडान भर्ने प्याराग्लाईडिङ बिस्थापन गर्ने नीति लिएसँगै सरकारले प्याराग्लाईडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट विनियोजन गरेको हो । त्यस्तै प्रदेशभित्र क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जीपलाईन, बञ्जीजम्प, वीच… पुरा पढौ

पोखरामा राप्रपाको विरोध प्रदर्शन : प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्र

पोखरा । विभिन्न १९ बुंदे मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शन गरेको छ । दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने सम्मका माग राख्दै पार्टीले विरोध जनाएको हो । सोही क्रममा पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय देशमा देखिएको भ्रष्टाचार र कृषकले मल, बिऊविजन नपाउँदाको समस्यालाई पनि चाँडो भन्दा चाँडो व्यवस्थित गर्नुपर्ने राप्रपाले माग गरेको छ… पुरा पढौ

पोखरा रंगशालाको स्तरोन्नतिका लागि संघीय सरकारसंग साझेदारी गर्ने : अर्थमन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाको स्तरोन्नतिका लागि नेपाल सरकारसंग साझेदारी गर्ने भएको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । उनले प्रदेशमा खेलकुद पूर्वाधारको निर्माणमा जोड दिँदै पोखरा रंगशाला, कर्भड हल, प्रदेश राजधानी पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरि संघिय सरकारसंगको साझेदारीमा पोखरा रंगशालाको स्तरोन्नत्ती गर्ने व्यवस्था मिलाएको बताए । उनले… पुरा पढौ

गण्डकी प्रदेशको बजेट ३६ अर्ब

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९० लाखको बजेट घोषणा गरेका हुन् । यो चालु आर्थिक वर्ष २०७८/७९ को बजेट भन्दा ५ अर्ब ८६ करोड ९५ लाख ७३ हजारले कम हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट ल्याएको थियो । सरकारले आगामी… पुरा पढौ

य‍ौन हिंसा सम्बन्धि हदम्यादको विद्धमान व्यवस्था सम्बन्धि अन्तरक्रिया

पोखरा । पोखरामा यौनजन्य हिंसा तथा जबरजस्ती सम्बन्धि अपराधमा हद म्यादको विद्धमान व्यवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेरणा नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा यौन हिंसा तथा जबरजस्ती करणीसम्बन्धी वर्तमान कानूनका कारण यसलाई सम्बोधन गर्न नसकेको कार्यक्रममा सहभागी वत्ताहरुले जोड दिएका छन् । कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य विन्दा पाण्डेले यौनजन्य हिंसा तथा जबरजस्ती करणी सम्बन्धी वर्तमान कानुनमा रहेको हदम्यादले यौनहिंसा र अपराधलाई सम्बोधन गर्न नसक्ने बताईन् । उनले वर्तमान समाजलाई अध्ययन गरि विभिन्न विज्ञ र सरोकारवाला निकायसंग छलफल… पुरा पढौ