समाचार

“सपनाको कर्मले कहिले नमेटिने चोट दियो”:सेवाग्राहीबाट कुटिएकी स्वास्थ्यकर्मी कुमाल

कविता घर्तीमगर,पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ ,जहाँ एकान्त बस्ति छ,चारैतिर हरियाली वाताबरण छ ,मनै लोभ्याउने डाँडाकाँडा र झुलिरहेको धानका गराका फाँटहरुको विचमा एक चिटिक्क परेको घर छ , घरबाहिर प्रकृतिले सुन्दरता प्रवाह गरेर सवै मानवबस्तीलाई खुसि दिने प्रयास गरिरहेको भएतापनि त्यहि चिटिक्क परेको घरमा बस्ने मान्छेको मन भित्र भने पिडा छ,डर छ र सन्नता पनि । पिडित स्वास्थ्यकर्मी आमा र बाबासंग छेउमा आमा भगवती कुमाल निराश र चिन्तित अनुहार लिएर खाटमा लडिरहेकी छोरी प्रजापति कुमालको घरि टाउको त… पुरा पढौ

सहीद र वेपत्ता परिवारका आश्रित परिवारलाई घरजग्गा कारोबार शुल्क पूर्ण रुपमा मिनाहा दिइने

गण्डकी प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका क्रममा सहीद र वेपत्ता भएका परिवारका आश्रित परिवारलाई घरजग्गा कारोबारमा शुल्क मिनाहा दिने भएको छ । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका क्रममा सहीद र वेपत्ता भएका परिवारका आश्रित पती, पत्नी, छोरा, छोरी तथा माता र पीताको नाममा स्वामित्व प्राप्त हुनेगरी पारित हुने लिखतमा गण्डकी प्रदेश सरकारको आर्थिक ऐन वमोजिम घरजग्गा कारोबारमा सबै प्रकारको शुल्क पूर्ण रुपमा मिनाहा गर्ने… पुरा पढौ

ट्राफिक प्रहरीले संकलन गर्ने जरिवाना प्रदेश सञ्चित कोषमा ल्याईने

पोखरा । गण्डकी प्रदेश सरकारले ट्राफिक प्रहरीले संकलन गर्ने सबै किसिमका जरिवाना प्रदेश मातहत ल्याउने भएको छ । गण्डकी सरकारका तर्फबाट अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार बजेट सार्वजनिक गर्दै प्रदेश भित्र ट्राफिक प्रहरीले संकलन गर्ने सबै किसिमका जरिवाना प्रदेश मातहत ल्याउने तयारी भएको बताएका हुन् । त्यसका लागि प्रदेश सञ्चित कोषमा दाखिला गर्ने कानूनी आधार तयार गर्ने अर्थमन्त्री बरालले उल्लेख गरे । यसले राजश्व अभिवृद्धि हुने उनको भनाई छ । पुरा पढौ

लिफ्टिङ खानेपानी आयोजनाको विद्युत महशुलमा सतप्रतिसत छुट दिने घोषणा

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लिफ्टिङ खानेपानी आयोजनामा लाग्ने विद्युत महशुलमा सतप्रतिसत छुट दिने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा यस्तो घोषणा गरेका हुन् । उनले आगामी आर्थिकबाट विध्यमान लिफ्टिङ खानेपानी आयोजनामा लाग्ने विद्युत महशुलमा सतप्रतिशत सहुलितयको व्यवस्था गरेको बताए । यस्का लागि ५ करोड विनियोजन गरिएको उनले बताए । साथै यसबाट दुर्गम ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकको लागि खानेपानीको सेवा सहज पुग्ने उनले विश्व व्यक्त गरे । पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेट छुट्टियो

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने बताएका हुन् । त्यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवा प्रवाहमा गुणात्मक वृद्धिका लागि बजेटमा आवश्यक व्यवस्था मिलाएको उल्लेख गरे । तर बजेट कति हो भन्नेबारे बजेटमा केहिपनि उल्लेख छैन । त्यस्तै, गण्डकी सरकारले… पुरा पढौ

स्थानिय तहको सहकार्यमा विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय उत्पादनकै हुनुपर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले सरकारी सहयोगमा विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय उत्पादनकै हुनुपर्ने अनिवार्य गरेको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले स्थानिय सरकारको सहकार्यमा विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय उत्पादनकै हुनुपर्ने अनिवार्य गरिएको उल्लेख गरे । उनले यसो गरेर सरकारले स्थानिय उत्पादनको व्यवसायीकरण गर्न खोजेको स्पष्ट पारे । पुरा पढौ

प्रदेशमा भूमि बैंकको सम्भाव्यता अध्ययन गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याएको हो । जसका लागि भुउपयोग नीति अनुरुप बाँझो जग्गालाई कृषि कार्यमा उपयोग गर्न प्रदेशमा भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययनका निम्ति व्यवस्था मिलाएको अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । तर बजेट भने खुलाइएको छैन । पुरा पढौ

एक निर्वाचन एक कृषि सडकका लागि ३६ करोड

पोखरा । गण्डकी प्रदेश सरकारले एक निर्वाचन, एक कृषि सडक निर्माण अभियानलाई निरन्तरता दिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा एक निर्वाचन, एक कृषि सडक निर्माणलाई निरन्तरता दिएको हो । जसको कार्यान्वयनका लागि ३६ करोड बजेट विनियोज गरिएको अर्थमन्त्री रामजीप्रसाद बरालले जानकारी दिए । पुरा पढौ

हिमाली तथा दुर्गमका विद्यालयलाई नमुना बनाइने

पोखरा । गण्डकी प्रदेशले हिमाली तथा दुर्गम स्थानका विद्यालयलाई नमुना विद्यालय बनाउने भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै त्यसको लागि २ करोड छुट्याएको बताए । उनले कोभिड–१९ बाट वुवा आमा गुमाएका बालबालिकाको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । पुरा पढौ

नयाँदिल्लीमा सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि

भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो ।देशको सङ्घीय राजधानी नयाँ दिल्लीमा एकाएक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ । स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना सङ्क्रमित थपिएका छन् । जवकी अघिल्लो दिन ६१४ जना मात्रै सङ्क्रमित भएका थिए । उनीहरुले पछिल्लो एक दिनमा ५०० सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा… पुरा पढौ