समाचार

मकवानपुर गोल्डकप : उपाधिका लागि आर्मी र घरेलु टोली भिड्दै

हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सोमबार हुँदैछ। उपाधिका लागि मकवानपुरको घरेलु टोली विजय युथ क्लब र नेपाल आर्मी क्लब भिड्दैछन्। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दुई टोली दिउँसो ३ः३० बजे आमनेसामने हुनेछन्। यसअघि तेस्रो संस्करणमा पनि आर्मी विजेता र विजय युथ उपविजेता बनेको थियो। प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५/२५ हजार… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक

पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको संख्या घट्न थालेको छ। हप्ता १० दिन अघिसम्म दैनिक २ सय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८–१० मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए। उनका अनुसार वर्षायाम सुरु हुन लागेको र बाटोहरुमा समस्या हुने, बेसिजन समय भएकाले पर्यटक घट्न थालेको हो। विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक यस अन्नपूर्ण पदमार्ग मानिन्छ। यहाँ विगतमा ५÷६ सय भन्दा बढी दैनिक… पुरा पढौ

एमाले सचिवालय बैठक बस्दै, एजेण्डा तय

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आज (सोमबार) सचिवालय बैठक बस्दैछ। केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि एजेन्डा समेत तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा लगायतका एजेन्डा तय गरेको हो। केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई असार २ र ३ गते गरिने प्रशिक्षण, विभागको पूर्णता तथा समसामयिक विषयमा छलफल गर्नेगरी एजेन्डा तय गरेको हो। पुरा पढौ

भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत ३ असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित छन। अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुवाआमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ। बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो… पुरा पढौ

पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिंह मार्ग’

पृथ्वी राजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्र गरिने भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिंह मार्ग कालोपत्र गर्न लागिएको हो। दमौलीदेखि सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रेका लागि टेन्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। कार्यालयका अधिकृत दधिराज पौडेलले उक्त सडकखण्डमा कालोपत्रका लागि टेन्डर निकालिएको जानकारी दिए। प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ। प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले यस वर्ष उक्त सडकका लागि ४६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन्। ‘प्रदेश… पुरा पढौ

जिसस स्याङ्जामा गोलाप्रथाबाट प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले

स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोलाप्रथाबाट नेतृत्व टुंग्याइएको छ। नेपाली काँग्रेस र नेकपा (एमाले)ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्वको चयन गरेका हुन्। ११ स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११÷११ जना निर्वाचित भएपछि प्रमुखसहित ४ सदस्य र उपप्रमुखसहित ५ सदस्य रहनेगरी गोलाप्रथा गरिएकामा प्रमुखसहित ४ सदस्य काँग्रेसलाई र उपाध्यक्षसहित ५ सदस्य एमालेलाई परेको हो। प्रमुखसहित ४ सदस्य नेपाली काँग्रेसले पाउने भएपछि पार्टीको बैठकले निर्णय गरेर उम्मेदवार टुंग्याएको काँग्रेस प्रवक्ता भरतराज लम्सालले जानकारी दिए। उनका अनुसार नेपाली काँग्रेसले प्रमुखमा श्रीप्रसाद जिटीसहित… पुरा पढौ

पवित्र सहकारीको रक्तदानमा ३५ युनिट संकलन

पोखरा । पवित्र वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्र्तगत आईतबार रक्तदान कार्यक्रम गरेको छ । पोखरा–२६, कालिकाचोक स्थित कंधनीडाँडा भाट समाज भवनमा आयोजित उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक तथा अन्तराष्ट्रिय एथलेटिक्स खेलाडी खड्गबहादुर रानाभाटले पहिलो रक्तदाता वसन्त वञ्जराभाटलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले रक्तदान जस्तो अरु कुनै पुण्य काम नभएको भन्दै नियमित रक्तदानले व्यक्ति निरोगी हुने बताए । कार्यक्रममा सहकारीका अध्यक्ष… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ अन्तिम साता

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनको मिति तय भएको छ । संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार सम्पन्न बोर्ड बैठकले आउँदो भदौ २४ र २५ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ । संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि संघका पूर्वअध्यक्ष तथा सल्लाहकार दिपक श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । चुनावले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष,… पुरा पढौ

पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच सहकार्यको सहमति

पोखरा । पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच पर्यटन र व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । दुबै उद्योग वाणिज्य संघले निजी क्षेत्रका साझा एजेण्डा तय गर्दै अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । जिल्ला नगर उद्योग वाणिज्य संघको अवलोकन भ्रमणको क्रममा आइतबार पोखरा आइपुगेको पाल्पा उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य संघबीच भएको अन्तक्र्रियाको क्रममा सो सहमति बनेको हो । पहाडकी रानी भनेर चिनिने पाल्पा र पर्यटनको राजधानी पोखराका व्यवसायीहरुबीचको सहकार्यले यो क्षेत्रको आर्थिक समृद्धिमा टेवा… पुरा पढौ

श्रमिकको सुरक्षामा सरकार कटिबद्ध छ : गृहमन्त्री खाण

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणले श्रमिकको सुरक्षामा सरकार कटिबद्ध रहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले मजदुर र श्रमिकको सुरक्षाका लागि गृह मन्त्रालय दत्तचित्त भएर लागिपर्ने उल्लेख गरे । “गरिबीको रेखामुनि रहेका श्रमिकलाई कसरी सहज रुपमा अगाडि बढाउन सकिन्छ त्यही हाम्रो लक्ष्य हुनुपर्छ, श्रमिकको हक, हित र सुरक्षा गर्ने सरकारको मुख्य दायित्व हो,” मन्त्री खाणले भने । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आम नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकिएको उल्लेख गर्दै उनले आम नागरिकको… पुरा पढौ