समाचार

डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण कार्यक्रम

बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकाले एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । पालिकाभर रहेका मतदाता सङ्ख्या बराबर वृक्षारोपण गरिने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । उक्त गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही सङ्ख्यामा वृक्षारोपण गरिने योजना छ । कार्यक्रमका लागि गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिन आग्रहसमेत गरेको छ । फलफूलका बिरुवाका लागि अगामी असार २ गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको र कार्यक्रममा… पुरा पढौ

नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा टर्मिनल भवन शिलान्यास र विमानस्थल गौचर हाताभित्र बुटिक अवधारणाअनुसार नव निर्मित वाटर फाउन्टेनको कार्यक्रममा उनले नेपालका विमानस्थलका थप विकास तथा विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउने खालका बनाइने बताए । मन्त्री आलेले आफू नागरिकको सेवक भएकाले नागरिकसहित देशकै हितका काममा तल्लीन रहने बताए । उनले यात्रुको पाँच… पुरा पढौ

त्रियुगाका किसानलाई आधुनिक बीउ

उदयपुर। त्रियुगा नगरपालिका क्षेत्रमा अधिक धान उत्पादन गरेर किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले जेठको दोस्रो हप्तादेखि आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएको छ ।नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडाका धान उत्पादक किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ उपलब्ध गराएको हो । शाखाका प्रमुख माधव राउतका अनुसार अहिलेसम्म झण्डै आठ टन धानको बीउ वितरण गरिसकिएको र अझै पनि वितरण जारी छ किसानलाई वितरण गरिएका बीउमा राधा, सवरसव, रञ्जीत, रातो बासमती, रामधानलगायत आधुनिक धानको बीउ रहेको उहाँले जानकारी दिए । आधुनिक… पुरा पढौ

किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

काठमाडाँै। खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग गरे । सांसद लक्ष्मीकुमारी चौधरीले अहिले अनलाइनका समयमा पनि विद्यार्थीलाई किताब दिन नसक्नु विडम्बनापूर्ण भएको र यसले राज्यको प्राथमिकतामा विद्यालय नपरेको शङ्का उब्जाएको भन्दै तत्काल समस्या समाधन गर्न… पुरा पढौ

तनहुँमा योजना ; अदुवा प्रशोधनदेखि जल यातायातसम्म

दमौली। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा तनहुँका महत्वपूर्ण योजना समावेश गरिएको छ ।गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जिल्लामा अदुवा प्रशोधन केन्द्र स्थापना गर्नेदेखि जल यातायात सञ्चालन गर्नेसम्मका योजना समेटिएको हो । त्यस्तै पर्यटकीय पदमार्ग, औद्योगिक क्षेत्र, सडकखण्डलगायतका योजना पनि सरकारको नीति तथा कार्यक्रममा समावेश भएको छ । सरकारले भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकालाई अदुवा उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्दै उत्पादित अदुवाको प्रशोधन गरी… पुरा पढौ

बगुवा पुनर्वास खानेपानी आयोजना अन्तिम चरणमा

गोरखाको भीमसेन थापा गाउँपालिका–५, बगुवामा झण्डै रु एक करोड ६० लाखको लागतमा निर्माण भइरहेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । बगुवाको लामाचौर अमरबस्ती, रिट्टेपानी, भोटेनीलगायत क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानीको पुहँच पु¥याउन उक्त आयोजना निर्माण भइरहेको पूर्व वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विसं २०७४ देखि क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको उक्त आयोजनाबाट डवल लिफ्टििङ गरेर बगुवाको गैराबस्तीमा ७५ घरमिटरको ट्याङ्की निर्माण गरी खानेपानी वितरण गर्न लागिएको उनले बताए ।विद्युत्को अभावमा पानी तान्न समस्या नहोस् भनेर आयोजनमा सोलार र बिजुली दुवै… पुरा पढौ

माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

रोल्पा ।रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ ।रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो ।रासस पुरा पढौ

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कार्बाही गरिने

बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ ।सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ ।जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका… पुरा पढौ

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी, कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन्। चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ ।उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शङ्कर निकै चिन्तित छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सकेका छैन्न । बैंकबाट ऋृण निकालेर व्यवसाय गरेका शङ्करले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताए ।यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै… पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको शिलान्यास

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो । एक वर्षमा काम सम्पन्न गरि सक्ने गरी रु पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शिविल इन्जिनियरङ शाखाका प्रमुख हरि अधिकारीले जानकारी दिए। पछिल्लो समयमा थपिँदै गएको आन्तरिक… पुरा पढौ