समाचार

तनहुँको चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना लगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए । रासस पुरा पढौ

जनप्रियले संझियो गणेशमान पालिखेलाई,गंगादेवीद्वारा ४ लाखको अक्षयकोष स्थापना

पोखरा । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले रक्तचन्दनको वृक्ष रोपी कार्यक्रमको उद्घाटन गरिन । गंगादेवीले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले हेरक वर्ष पालिखेको स्मृति दिवसका अवसरमा प्रदान गर्ने… पुरा पढौ

भारतमा आठ हजार ५८२ नयाँ सङ्क्रमित

भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल सङ्क्रमितको ०।०६ प्रतिशत भएको जनाइएको छ । शनिबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७१ प्रतिशत रहेको छ ।कोरोना… पुरा पढौ

बाढीबाट जोगिन पूर्वतयारीमा जुट्यो टीकापुर

कैलालीको टीकापुर नगरपालिका बाढीको विपद्बाट जोगिन पूर्वतयारीमा जुटेको छ । नगरपालिकाले मनसुनको अवधिमा हुनसक्ने सम्भावित बाढी र त्यसको असर न्यून गर्न पूर्वानुमानमा आधारित पूर्वकार्य तथा विपद् उत्तरदायी सामाजिक सुरक्षासँग सम्बन्धित विस्तृत कार्ययोजना तयार गरेको हो । पूर्वतयारीका लागि नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ ३०, ३१ र असार १ गते बाढीमा कृतिम घटना अभ्यास गर्ने निर्णय गरेको छ । नगरपालिकाले बाढीको जोखिमबाट बच्न सरोकारवाला सबै सङ्घ संस्था र संयन्त्रलाई तयारी अवस्थामा रहन आग्रह गर्नाका साथै विभागको शुक्रबारकोे मौसम… पुरा पढौ

आँप र लिची जोनको परियोजनामा स्याङजाको चापाकोट

स्याङ्जा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याङ्जाको चापाकोट नगरपालिकालाई ‘आँपरलिची जोन’ निर्धारण गरी परियोजना सञ्चालन गरिएको छ । विसं २०७८र७९ मा चापाकोटका १० वडा र गल्याङ नगरका केही वडालाई समेटेर आँपरलिची जोन निर्धारण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका प्राविधिक इन्द्र सुवेदीले जानकारी दिए । कालीगण्डकी नदीको किनारमा रहेको समथर भूभाग आँप र लिची खेतीका लागि उपयुक्त हावापानी रहेकाले उक्त ठाउँलाई आँपरलिचीको जोन निर्धारण गरी कार्यक्रम अगाडि बढाइएको उनले बताए। यस ठाउँमा पहिलेदेखि नै स्थानीय रैथाने जातका आँपका बगैँचा रहे… पुरा पढौ

सिकलसेलसम्बन्धी अस्पताल खोल्न माग

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद तेजलाल चौधारीले थारुलाई मात्रै लाग्ने सिकलसेल इमिनिया नियन्त्रणका लागि अनुसन्धानमा मात्रै सीमित नभएर लुम्बिनी र सुदूरपश्चिममा त्यस रोगसम्बन्धी अस्पतालसमेत स्थापना गर्न माग गरेका छन् । विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले तराई–मधेसका थारु जातिको स्वास्थ्यमा सरकारले ध्यान दिन नसकेको तथा सरकारी क्षेत्रका अस्पतालमा सुविधा, जनशक्ति र क्षमता बढाउन आग्रह… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग

प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।आर्थिक वर्ष २०७९÷८० को बजेटको विभिन्न शीर्षकमाथि मन्त्रालयअन्तर्गतको छलफलका क्रममा दलीय आधारमा सांसद डा भीम रावलले भारतसँग जोडिएका सिमानाका बारेमा सरकारको जवाफ माग गरे । उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने र संविधानविपरीत कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिए । सांसद खगराज अधिकारीले सहरी विकासमन्त्रीले कास्कीको पोखरामा सबै बजेट कटौटी गरिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेटको कमी भएको तथा जनताको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको बताए । सांसद शक्तिबहादुर… पुरा पढौ

डुलुवाको भ्रमण आठौं दिनमा, जम्मु कस्मिरमा पत्रकार भेटघाट

पोखरा । पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपाल सहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली डुलुवा टोली भारतको जम्मु कस्मिरमा पुगेको छ । टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनका बारेमा जानकारी गराएको छ । टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्र्तक्रिया पनि गर्दै अगाडी बढेको छ । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले आफुहरुलाई राम्रो स्वागत सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताए । टोलीले उनीहरुलाई पोखरामा रहका कस्मिरी समुदायका… पुरा पढौ

पोखराको बिरौटामा सबस्टेसन निर्माण गर्ने वातावरण मिलाईदिनुस्: निर्देशक घिसिङ

पोखरा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा महानगर १७ बिरौटा सबस्टेसनको अवरोध हटाइदिन प्रदेश सरकार र स्थानीय निकायसँग आग्रह गरेका छन् । निर्देशक घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई सबस्टेसन स्थापना गर्ने प्रकृयामा स्थानीयको अवरोध हटाउन आवश्यक पहल गरिदिन आग्रह समेत गरेका हुन् । पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा प्राधिकरणले प्रस्तावित सबस्टेसन निर्माण अघि बढाएको थियो । तर स्थानीयले ३… पुरा पढौ

सुनको मूल्य १५ सयले बढ्यो

काठ्माडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार ५०० ले बढेर रु ९९ हजार २०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले… पुरा पढौ