समाचार

प्रसारण लाइन मर्मतका लागि आइतबार तीन आयोजना बन्द

काठमाडौ । गत वर्षको बाढी तथा पहिरोका कारण असर परेको मध्यमस्र्याङदी– मस्र्याङदी प्रसारण लाइनमा नयाँ निर्माण भएको टावरबाट तार टाग्नका लागि केही जलविद्युत्् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ । प्रसारण लाइन मर्मतका लागि भन्दै प्राधिकरणले लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत्गृहबाट आज दिनभर बिजुली उत्पादन बन्द गरेको हो । ती विद्युत्गृहमा आज बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिनेछ । गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमस्र्याङ्दी–मस्र्याङदी १३२… पुरा पढौ

दुर्घटनामा घाईते बाबु छोरीकै मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्र्षीय ईश्वर तामाङ्ग र २६ वर्र्षीया अमिना तामाङ्ग ९बाबु छोरी० रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्र्कीले जानकारी दिए। उनका अनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय एनएल ०१ एल २९७१ नम्वरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना ६१ प ४५९७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी नै सख्त घाइते भएका र उपचारको क्रममा… पुरा पढौ

२१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिलले जिते

सुनिल सुवालले २१ दिने साइकलिङ च्यालेन्जको उपाधि जितेका छन्। च्यालेन्जमा कुल ६ हजार ९ सय अंकसहित प्रथम स्थान हासिल गरेर उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हात पारेका छन्। दोस्रो स्थानमा सुधीर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरेका छन्। तेस्रो विकास तमाखु र चौथो स्थान निशान त्वायनाले ताम्राकार कर्पोरट ग्रुपको तर्फबाट वाटर बोटल प्राप्त गरेका छन्। च्यालेन्जमा मोस्ट कन्सिस्टेन्त राइडरको उपाधि निर्जला कोजु, कमिनिका न्याइच्याई र निर्मला कुटुवले जितेका छन्। उनीहरुले जुजु बाइक्सको तर्फबाट विषेश उपहार प्राप्त गरेका छन्। साइकलप्रति… पुरा पढौ

नेपाली क्रिकेट टिम क्यानाडासँग टी–२० र वान डे सिरिज खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडाको भ्रमण गर्ने भएको छ। आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक वान डे सिरिजका लागि स्कटल्यान्ड जानुअघि नेपाली टिमले क्यानाडाको भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ। क्यानाडा भ्रमणका क्रममा नेपालले क्यानाडासँग ३ खेलको टी–२० तथा समान ३ खेलको वान डे सिरिज खेल्नेछ। यसअघि, लिग–२ अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नै क्यानाडा जाने योजना बनाएको थियो तर अमेरिकाको भिसा प्रकृयामै लामो समय लागेको थियो जसका कारण नेपालको क्यानाडा भ्रमण सफल हुन… पुरा पढौ

विश्वकप लिग २ : नेपाल–अमेरिकाले बराबरी खेल्यो

आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल र अमेरिकाले बराबरी खेलेका छन्। केहीबेर अघि सकिएको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा २ सय ७५ रनको लक्ष्य अमेरिकाले ५ विकेट गुमाएर २ सय ७४ रननै बनायो। अमेरिकाका लागि स्टेभन टेलरले सर्वाधिक ११४ रन बनाए। त्यस्तै मोनाक पटेलले ८५ रनको पाली खेले। यस्तै, यरोन जोन्सले २६ रन बनाए। नेपालका मोहम्मद अदिल आलमले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए। ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले… पुरा पढौ

बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० वर्ष जेल

बोलिभियाकी पूर्वराष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। उनलाई गिरफ्तार गरेको झन्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो। अहिले ५४ वर्ष भएकी अनेजलाई गएको वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाई र अनुसन्धान प्रक्रिया चलाइएको थियो। उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन्। आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाई छ। पूर्वराष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले… पुरा पढौ

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ। अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री बन्ने मौका पाएकी हुन्। यसअघि, उपविदेशमन्त्रीको रुपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गर्नुभएको अधिकारीहरूले जनाएका छन्। कूटनीतिक सेवावाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेकी थिइन्। उनलाई अंग्रेजी भाषाको पनि राम्रो ज्ञान छ। अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्षनेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन्।… पुरा पढौ

बामताङ खोलाले बगाएर एक पुरुषको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव शनिबार बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिएका छन्। बगाएको स्थानदेखि ७ सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको बताए। रासस पुरा पढौ

फेरिएको एउटा गाउँको मुहार

पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन्। रुमबासीका दुःख र पीडामा पछिल्ला ५ वर्षको अवधिमा मलहम लागेको छ। गाउँमा सडक पुगेको छ। यो ५ वर्षको अवधिमा रुमका अधिकांश बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारबाट… पुरा पढौ

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ। यस्तै, अस्पतालमा डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले पनि निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश पोखराको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत स्वास्थ्य बीमा कार्यक्रम अनुसार लमजुङमा पनि कार्यक्रम सञ्चालन भएको हो। स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय बेंसीशहरका अनुसार सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन र थारुहट… पुरा पढौ