समाचार

पृथ्वी राजमार्ग भासिएपछि भित्ता काट्न सुरु

पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध भएपछि भित्ता काट्न सुरु गरिएको छ। यातायात सुचारु गराउनका लागि सडक छेउको भित्ता काट्न सुरु गरिएको हो। निरन्तर वर्षाका कारण शुक्रबार बिहान राजमार्ग भासिएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ। भित्ता काटेर साना गाडीसम्म संचालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। ‘डेढ मिटरसम्म भित्ता काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ भन्ने छ’, प्रजिअ अर्यालले भने, ‘बेलुकासम्म काम सकेर यातायात संचालन हुन्छ।’ सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन्। आँबुखैरेनी हुँदै चितवन, काठमाडौं… पुरा पढौ

सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ। उच्च रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट शुक्रबार काठमाडौं लगिएको हो। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउसनजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ। सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकोप्टर मगाएर काठमाडौं लगिएको परिवार श्रोतले जनाएको हो। रासस पुरा पढौ

गण्डकीका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा गण्डकी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण दिइएको छ । स्थानीय सरकार सञ्चालनमा जनप्रतिनिधिलाई काम, कर्तव्य अधिकारसँगै जिम्मेवारी, दायित्वलगायत विषयमा जानकारी दिने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई सहज, सरल एवं प्रभावकारी सेवा प्रवाह गर्नु जनप्रतिनिधिको दायित्व भएको बताए । समृद्ध गण्डकी प्रदेशको सपनालाई साकार पार्न एकापसमा सहकार्य र समन्वय गर्दै… पुरा पढौ

पोखरा महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । कार्यपालिका बैठकले ल्याण्डफिलसाइड पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक सौचालय निर्माण गर्ने र यसरी सौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न संघ सस्था र रेष्टुरेष्टका सौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुइपक्षीय संझौता गर्ने निर्णय भएको छ । यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालिन सेवा सञ्चानमा ल्याउने… पुरा पढौ

जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा खाद्यान्न बितरण

पोखरा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले पोखरा महानगरपालिका वडा नं. १७ सितापाईला स्थित पोखरा बृद्धाश्रमका जेष्ठ नागरिकको शुक्रबार स्वास्थ्य परीक्षण तथा खाद्यान्न बितरण गरेको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवशको अवसर पारेर गण्डकी प्रदेश र कास्की जिल्ला कमिटीको आयोजनामा आश्रममा रहेका ४८ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरी औषधी बितरण गरेको महासंघका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका सहइञ्चार्ज बालकृष्ण लामिछानेले जानकारी दिए । जेष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह लगायतको परिक्षण गरी औषधी बितरण गरिएको लामिछानेले बताए… पुरा पढौ

एन प्याव्सनको वादविवाद प्रतियोगितामा करुणा प्रथम

पोखरा । एन प्याव्सन कास्कीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा युनिभर्स इङ्लीस वोर्डिङकी करुण शर्मा प्रथम भएकी छन् । प्रतियोगितामा पुष्पसदन एकेडेमीका रिजन अधिकारी द्धितीय भए । त्यसैगरी हेमजा वोर्डिङ स्कूलकी सोनिका पोख्रेल, ज्ञानज्योति वोर्डिङ स्कूलकी सवानी परियार, ज्ञानज्योति विद्या कुञ्जकी खुशी गुरुङ तथा डायमण्ड मोडेल स्कूलकी कृपा अधिकारी तृतीय भएका थिए । कार्यक्रममा विजयी विद्यार्थीलाई नेशनल प्याव्सनका केन्द्रीय सहअध्यक्ष सुवाष न्यौपाने, शिक्षा विद् आरसी खनाल, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले मायाँको चिनो र मेडल प्रदान गरेका… पुरा पढौ

सरकारद्धारा २५ सेवामा हड्ताल वा अवरोध गर्न निषेध

काठमाडौ । सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हड्ताल गर्न नपाउने आदेश जारी गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी सरकारले विभिन्न २५ आवश्यक सेवामा हड्ताल गर्न निषेधको आदेश जारी गरेको हो ।… पुरा पढौ

कार्यशाला गोष्ठी

काठमाडौ । युवा पिँढीलाई लागुऔषधबाट जोगाउन र आगामी आर्थिक वर्षमा स्थानीय तहले बनाउने बजेटमा लागुऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम राख्न गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाले आज यहाँ एक कार्यशाला गोष्ठी आयोजना गरेको छ । ‘लागुऔषध निषेध तथा मदिरा नियन्त्रण’सम्बन्धी कार्यशाला गोष्ठीमा यसको प्रयोगका कारण समाज मात्र नभइ घर पनि बिग्रिने भएकाले रोकथाममा सबैले चासो दिनुपर्नेमा जोड दिइयो । करिब १२ वर्षदेखि ३५ वर्षका युवा यस्तोलतमा फस्ने भएकाले विद्यालय तहदेखि नै रोकथाममा विशेष ध्यान दिनुपर्ने र यसका लागि शिक्षकहरुले निगरानी गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले… पुरा पढौ

१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८÷७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ । कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले… पुरा पढौ

मेरिल्याण्ड गोलीकाण्डमा तीनको मृत्यु

यहाँस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताएका छन्। गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाएका छन् ।आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २।३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ । गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको… पुरा पढौ